काठमाण्डु, ७ भदौ– मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दैछ । सामेबार दिउँसो कैलालीमा थरुहटको आन्दोलनका क्रममा एसएस्पीसहति सात प्रहरीको मृत्यु भएपछि घटनाको विश्लेषण र आवश्यक कदम चाल्नेबारेमा बैठक बस्न लागेको हो । थारुहरुको छुट्टै प्रदेश बनाउनुपर्ने माग गर्दै कैलालीमा भएको आन्दोलनका क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप...
काठमाण्डु, ७ भदौ– कैलालिको टिकापुरमा भएको थरुहट पक्षधर र प्रहरीबीचको झडपमा प्रहरी र आन्दोलनकारीको ज्यान गएको समाचार आएको छ । हजारौको संख्यामा रहेका आन्दोलनकारी भाला, बञ्चरो, छुरा लगाएतका हतियार लिएर सडकमा उत्रिएपछि भएको झडपमा एसएसपी, निरीक्षक, सुरक्षाकर्मीसहित केही आन्दोलनकारीको मृत्यु भएको हो । झडपमा...
काठमाण्डु, ७ भदौ– कैलालिको टिकापुरमा भएको थरुहट पक्षधर र प्रहरीबीचको झडपमा प्रहरी र आन्दोलनकारीको ज्यान गएको समाचार आएको छ । हजारौको संख्यामा रहेका आन्दोलनकारी भाला, बञ्चरो, छुरा लगाएतका हतियार लिएर सडकमा उत्रिएपछि भएको झडपमा एसएसपी, निरीक्षक, सुरक्षाकर्मीसहित केही आन्दोलनकारीको मृत्यु भएको हो ।...
सप्तरी, ७ भदौ-सरकारले गत मङ्गलबार प्रहरीको गोलीबाट मारिएका सप्तरीको भारदह– १ का ३५ वर्षीय राजीव राउतको परिवारलाई १० लाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार गत मङ्गलबार आन्दोलनमा मृत्यु भएका राउतका परिवारलाई १० लाख आर्थिक...
काठमाण्डु, ७ भदौ-विभिन्न राजनीतिक दलका नेताले दलित–दलितबीच मात्र प्रतिस्प्रर्धा हुने छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएका छन् । विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालद्वारा सोमबार आयोजित साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेतले सदियौँदेखि उत्पीडनमा...
भद्रपुर, ७ भदौ-प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले लामो समयदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग सक्षम रहेको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको नवनिर्मित कार्यालय भवनको सोमबार उद्घाटन गर्दै उनले २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनपछि अर्को निर्वाचन हुन नसक्नु...
काठमाण्डु, ७ भदौ-कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले कानुन सबैले जानुन् भन्नका लागि ७५ जिल्लामै सचेतना कार्यक्रम सञ्चालन गरिने कार्यक्रम राखिएको जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७२ अन्तर्गत कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमाथि सांसदहरुले उठाएका जिज्ञासाको सोमबार...
कपिलवस्तु, ७ भदौ-थरुहट मधेस प्रदेशको माग गर्दै आन्दोलन भइरहेको कपिलवस्तुमा उत्तरी क्षेत्रका सरकारी तथा निजी विद्यालय सोमबारदेखि सञ्चालनमा आएका छन् । आन्दोलनरत मधेसी मोर्चा र थरुहट मोर्चाले विद्यालय सञ्चालनमा अवरोध नगर्ने सहमति गरेपछि विद्यालय खुलेका हुन् । लगातारको बन्दबाट १२ दिनसम्म विद्यालय बन्द रहेका...
गौशाला, ७ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार घरेलु तथा साना उद्योग कार्यालय महोत्तरीमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले कार्यालय प्रमुख सञ्जयकुमार साहको कार्यकक्षमा रहेका कम्प्युटर, प्रिन्टर, मोडेम, टेलिफोन तोडफोड गरी क्षति पु¥याएका छन् । मोर्चाका...
काठमाण्डु, ७ भदौ– गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्किएको टोखा नगरपालिका–१३ गोंगबु स्थित पाल्पा बुटवल गेष्ट हाउसको भग्नावशेष हटाउने क्रममा ३ जनाको मानव कंकाल फेला परेको छ । भूकम्पको समयमा बेपत्ता भएका होटल संचालिका पाल्पा हेलाङ–९ घर भएकी २८ वर्षीया भुमिकला रेग्मी...
विराटनगर, ७ भदौ-उपराष्ट्रपति परमानन्द झाले दलगत स्वार्थभन्दा माथि उठेर संविधान निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । जैन धर्मावलम्बीको विराटनगरमा जारी चार्तुमासमा अणुव्रतको ६६औँ अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले नैतिकतालाई आत्मसात् गरी संविधान निर्माणमा जुट्न दलहरुलाई आग्रह गरे । उनले संविधानमा सबैलाई बराबर अधिकार...
काठमाण्डु, ७ भदौ- व्यवस्थापिका–संसद्मा सोमबार शून्य समयमा बोल्ने सांसदहरुले तराईका मधेसी तथा थारु समुदायका जनता प्रादेशिक सीमाङ्कनमा असन्तुष्टि जनाउँदै आन्दोलित रहेकाले समयमै उनीहरुको माग सम्बोधन गर्न माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री सुशील कोइरालाबाट प्रदेश निर्माणमा असहमति जनाएर आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन आह्वान...