कानुन सबैले जानुन भन्नका लागि ७५ वटै जिल्ला पुग्दैछौः आचार्य

काठमाण्डु टुडे २०७२ भदौ ७ गते १४:४८ मा प्रकाशित

narhari acharya
काठमाण्डु, ७ भदौ-कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले कानुन सबैले जानुन् भन्नका लागि ७५ जिल्लामै सचेतना कार्यक्रम सञ्चालन गरिने कार्यक्रम राखिएको जानकारी दिएका छन् ।

 

विनियोजन विधेयक, २०७२ अन्तर्गत कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमाथि सांसदहरुले उठाएका जिज्ञासाको सोमबार व्यवस्थापिका–संसद्को बैठकमा जवाफ दिँदै उनले असहाय, गरिब, विपन्न जनतालाई निःशुल्क कानुनी सहायता कार्यक्रम पनि मन्त्रालयले सञ्चालन गरिरहेको बताए ।

 

कानुनमाथि सबैको पहुँच पु¥याउन सर्वोच्च अदालतबाट सुरुवात गरिएका प्रयासलाई मन्त्रालयबाट सहयोग भइरहने वचनबद्धता पनि उनले प्रकट गरे । उनले संविधानसभालाई आवश्यक पर्ने सहयोग मन्त्रालयले दिँदै आएको जानकारी दिए ।

 

सो मन्त्रालयमाथिको छलफलमा ६१ सांसदले भाग लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us