रौतहट, ७ भदौ– रौतहट जिल्लामा आन्दोलनकारीले एमाले नेता माधव नोपलको घरमा समेत ढुंगामुढा गरेका छन् । आन्दोलनकारीले अदालत, नापी कार्यालयमा ढुङ्गामुढा गरी केही झ्यालका सिसा फुटाएका, भन्सार कार्यालयमा पुगी भन्सारको बेरियरमा ताला लगाएको र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमासमेत ढुङ्गामुढा प्रहार गरी क्षति पु¥याएको हुँदा...
नेपालगन्ज, ७ भदौ- जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सोमबार राति ९ बजेदेखि मङ्गलबार बिहान ९ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । प्र्रजिअ वेदप्रसाद लेखकका अनुसार नेपालगन्जको उत्तर राँझाको भुजइगाउँदेखि दक्षिण जमुनाहासम्म र पूर्वको फुलटेक्रा चोकदेखि पश्चिमको नन्दनी मिलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको छ...
रौतहटमा पनि जिल्ला प्रहरी कार्यालय घेराउरौतहट, ७ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सोमबार साँझ छ बजेदेखि जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । अहिले साँझ ४ ३० बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका सवै वडामा निषेधाज्ञा जारी गरे पनि मोर्चाका कार्यकर्ताले घेराउ...
काठमाण्डु, ७ भदौ-प्रधानमन्त्री सुशील कोइरालाले टीकापुरमा गम्भीर र दुःखपूर्ण घटना भएको बताएका छन् । व्यवस्थापिका–संसद्को सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘शान्ति, विकास र लोकतन्त्रको स्थायित्वका लागि मुलुक अघि बढिरहेको र संविधानको बारेमा सारा नेपाली चिन्तित रहेको...
कैलाली, ७ भदौ– विगत केही दिनदेखि स्वायत्त थरुहट प्रदेशको माग गर्दै थारु समुदायका मानिसहरु आन्दोलनमा उत्रिएका थिए । तराईका २२ जिल्ला बन्दसँगै कैलालीमा बन्द र प्रदर्शनको प्रभाव बढी देखिन्थ्यो । थारु आधार ईलाका भएकाले पनि होला त्यहाँ बन्द र आन्दोलनले चर्को रुप लिएको थियो...
रौतहट, ७ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आन्दोलनको क्रममा स्थिति तनावग्रस्त भएपछि रौतहट सदरमुकाम गौरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो ४:३० बजेबाट मंगलबार बिहान ५ बजेसम्म गौर नगरपालिका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो । मधेसी...
काठमाण्डु, ७ भदौ– गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा सोमबार आन्दोलनकारीले प्रहरीलाई जिउँदै जलाइएको आरोप लगाएका छन् । घटनाबारे संसदमा जानकारी दिँदै उनले टिकापुरमा प्रहरी जवान रामविहारी चौधरीलाई आन्दोलनकारीले जिउँदै आगो लगाएको बताए। उनले तीन प्रहरीको शव क्षतविक्षत अवस्थामा रहेकोसमेत बताए । थहरुट समर्थक आन्दोलनकारी...
रौतहट, ७ भदौ-बोलबम गएका रौतहटका एक व्यक्तिको सिन्धुलीमा कमला नदीले बगाउँदा ज्यान गएको छ । रौतहटको रमौली बैरिया–३ घर भएका ५० वर्षीय बाबुलाल सहनीको नदीले बगाउँदा सोमबा बिहान ज्यान गएको सिन्धुलीस्थित हत्पते प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जन्मजय यादवले जानकारी दिए । रौतहटको रमौली...
काठमाण्डु, ७ भदौ– कैलालीका टीकापुरमा थरुहट आन्दोलनाकारीहरुको आक्रमणमा परी एसएस्पीसहित १७ प्रहरीको मृत्यु भएपछि गह मन्त्रालयलमा आकस्मिक रुपमा बसेको सुरक्षा प्रमुखहरुको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । बैठकले कैलाली र सर्लाही जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर सेना परिचालन गरी...
काठमाण्डु, ७ भदौ– कैलालिको टिकापुरमा भएको थरुहट पक्षधर र प्रहरीबीचको झडपमा २० जनको मृत्यु भएको छ । हजारौको संख्यामा रहेका आन्दोलनकारी भाला, बञ्चरो, छुरा लगाएतका हतियार लिएर सडकमा उत्रिएपछि भएको झडपमा एसएसपी, निरीक्षक, सुरक्षाकर्मीसहित केही आन्दोलनकारीको मृत्यु भएको हो । झडपमा एसएसपी लक्ष्मण न्यौपाने,...
दमक, ७ भदौ-मधेसवादी शीर्ष नेताहरुले सरकारले गरेको वार्ताप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले वार्ताको वातावरण नबनाएको भन्दै वार्तामा अहिले नै जान नसकिने अडान राखेका छन् । सङ्घीय समाजवादी पार्टी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले अहिले पहिचानवादी आन्दोलनरत दलहरुसँगको सहमति र सम्झौता कार्यान्वयन नगरेसम्म...
तनहुँ, ७ भदौ-विद्यार्थीको रक्षक एवम् सुनौलो भविष्य बनाउने जिम्मा लिएका शिक्षक नै भक्षक बन्दा रहेछन् भन्ने उदाहरण तनहुँका एक शिक्षकले दिएका छन् । जिल्लाको सुन्धारा गाविसस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका प्रअ खिमलाल नेपाली कक्षा १० मा अध्ययतरत सोही गाविस वडा नं १ निवासी शुकबहादुर कुमालको...