समाचार

मोदीले टेलिफोन गरेर के भने प्रधानमन्त्री कोइरालालाई ?

२०७२ भदौ ८ गते १५:०२

काठमाण्डु, ८ भदौ– कैलालीको टीकापुरमा दुखदायी घटना भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले पश्चिम नेपालको कैलालीमा दुख घटना भएको भन्दै संयम अपनाउन सबैसँग अनुरोधसमेत गरेका छन् । भारतीय प्रधानमन्त्री...

चन्द्रनिगाहपुर र गौर नगरपालिका दङ्गाग्रस्त क्षेत्र घोषणा

२०७२ भदौ ८ गते १५:००

रौतहट, ८ भदौ-जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न चन्द्रनिगाहपुर सडकखण्ड तथा गौर नगरपालिका क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।   सोमबार बेलुकी अबेरतिर गौर–चन्द्रनिगाहपुर सडकखण्डको दायाँबायाँ एक किलोमिटर सडक तथा गौर नगरपालिकाका सबै वडालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको हो । दङ्गाक्षेत्र...

मृतक दुबै प्रहरी निरीक्षक कञ्चनपुरका

२०७२ भदौ ८ गते १४:५०

भीमदत्तनगर, ८ भदौ-कैलालीको टीकापुरमा प्रहरी र थरुहट आन्दोलनकारीबीच भएको हिंसात्मक झडमा परी कञ्चनपुर घर भएका दुई प्रहरी निरीक्षकको मृत्यु भएको छ ।   सोमबार दिउँसो भएको झडपमा परी सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित दुईजना प्रहरी निरीक्षकको पनि मृत्यु भएको थियो...

गृहमन्त्री गौतमले बोलाए भारतीय राजदुत

२०७२ भदौ ८ गते १४:२८

काठमाण्डु, ८ भदौ– गृहमन्त्री बामदेव गौतमले भारतीय राजदुत रणजीत रेलाई बोलाएका छन् । टीकापुरलगायत मुलुकका विभिन्न स्थानमा भएका प्रर्दशनमा भारतीय सिमा क्षेत्रबाट घुसपैठ भएको भन्दै त्यसबारे जानकारी दिन गौतमले राजदुत रेलाई बोलाएका हुन् । मंगलबार बिहान भएको चार दलको छलफलमा गृहमन्त्री गौतमले भारतको सिमा...

भारतबाट बलेरो गाडीमा आएकाहरुले कैलाली नरसंहार गराएको खुलासा

२०७२ भदौ ८ गते १४:१५

काठमाण्डु, ८ भदौ– कैलालीको टिकापुरमा सोमबार भएको नरसंहारमा भारतीय हतियारधारीहरुको संलग्नता रहेको खुलासा भएको छ । गृहमन्त्री बामदेव गौतमले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा त्यस्तो जानकारी गराएका हुन् । उच्च स्रोतका अनुसार गौतमले सिमावर्ती भारतको थक्रौलाबाट हतियारसहित दुईवटा बलेरो...

मंगलबार बन्द रहे दाङका विद्यालय

२०७२ भदौ ८ गते १४:१०

दाङ, ८ भदौ-सोमबार बेलुकी ८ बजेदेखि दाङका विभिन्न स्थानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेपछि मंगलबार स्थानीय प्रशासनले ती क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्था (विद्यालय) लाई एक दिनका लागि बन्द गर्न अनुरोध गरेको छ ।   प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर...

दलहरु र थारु कल्याणकारीरिणी समितिले सामाजिक सदभाव भड्किन नदिने प्रतिबद्धता जनाए

२०७२ भदौ ८ गते १४:००

चितवन, ८ भदौ- चितवनका राजनीतिक दल, आदिवासी जनजाति महासङ्घ र थारू कल्याणकारिणी सभाले आफ्नो आन्दोलन शान्तिपूर्ण ढङ्गले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   उनीहरुले आपसी सद्भाव खल्बलिन नदिने समेत जनाएका छन् । कैलाली घटनाको भोलिपल्ट चितवनमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले डाक्नुभएको सर्वदलीय...

अक्षम भन्दै गृहले फिर्ता बोलायो कैलालीका सिडिओ

२०७२ भदौ ८ गते १३:४४

काठमाण्डु, ८ भदौ– सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई काठमाण्डु बोलाएको छ ।     स्थानीय प्रशासनको फितलो नेतृत्वका कारण कैलाली घटना भएको निष्कर्षसहित गृह मन्त्रालयले श्रेष्ठलाई काठमाण्डु फिर्ता बोलाएको हो ।   कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा सोमबार प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित...

प्रेम विवाह गरेको झोँकमा २३ वर्षीय रेणुलाई आफ्नै दाजुले गोली ठोके

२०७२ भदौ ८ गते १३:३९

सिरहा, ८ भदौ-सिरहाको लहान नगरपालिका– २० स्थित सिंग्राहीका एक युवकले मंगलबार बिहान आफ्नै बहिनीमाथि गोली चलाएका छन् ।   गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन् । घाइते रेणुलाई उपचारका लागि विराटनगर लगिएको छ । रेणुको बिहे गत वर्ष सिरहाको...

टीकापुर घटनाको राजनीतिक समाधान खोज्ने चार दलको निर्णय

२०७२ भदौ ८ गते १३:३८

काठमाण्डु, ८ भदौ– प्रमुख चार दलले थारु समुदायले गरीरहेको आन्दोलनको राजनीतिक रुपमा समाधान खोज्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार दलको बैठकले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे छलफल भएको थियो । बैठकमा एकीकृत नेकपा माओवादीले हिंसात्मक घटना जे भए पनि आन्दोलनको...

यी हुन् एकल महिलाको उद्धार गर्ने राप्रपा नेता

२०७२ भदौ ८ गते १३:३०

खोटाङ, ८ भदौ-राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका अध्यक्ष ललितकुमार राई ‘जीवन’ले भूकम्पपीडितका रुपमा आफूले पाएको रकम एकल महिलालाई प्रदान गरेका छन् । दिक्तेल नगरपालिका–८ मा स्थायी बसोबास गर्ने अध्यक्ष राईले अस्थायी आवास निर्माणका लागि आफूले पाएको १५ हजार रकम वडा नं १५ की ५० वर्षीया...

उपेन्द्र, राजेन्द्र र अमरेशका कारण कैलाली घटनाः चुरेभावर

२०७२ भदौ ८ गते १३:१५

काठमाण्डु, ८ भदौ– बद्री न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टीले कैलाली घटना हुनुमा मधेसी दलका नेताको उत्तेजक अभिव्यक्ति जिम्मेवार रहेको ठहर गरेको छ । गत २८ साउनमा कैलालीमा आयोजित आमसभामा मधेसी नेताले पहाडी समुदायलाई मधेसबाट लखेट्न आह्वान गर्दै दिएको दिएको उत्तेजक अभिव्यक्तिको उपज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us