समाचार

दोलखामा बलात्कार र आत्महत्याका घटना बढे

२०७२ भदौ ९ गते १४:०७

दोलखा, ९ भदौ-जिल्लाका विभिन्न क्षेत्रमा बलात्कार तथा आत्महत्याका घटना बढ्नुमा भूकम्प कारक बनेको छ ।   विनाशकारी भूकम्पले घर भत्काएपछि घरबारविहीन भएका असहाय, अपाङ्ग महिला पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । बस्ने घर भूकम्पले भत्काएसँगै नागरिक पालमुनि बस्नुपर्ने बाध्यताले पनि उनीहरु असुरक्षित बन्दै...

पाँच वर्षका बालकलाई बाढीले बगायो

२०७२ भदौ ९ गते १३:५८

भक्तपुर, ९ भदौ-भक्तपुर नगरपालिका–६ सूर्यविनायकस्थित कालाचा खोलामा आएको बाढीले बुधबा पाँच वर्षको बालकलाई बगाएको छ ।   खोला किनारामा खेल्ने क्रममा चिप्लेर खसेपछि साँखु घर भई सूर्यविनायक बस्ने सीता डङ्गोलको पाँच वर्षका छोरा कृष्ण डङ्गोललाई खोलाले बगाएको हो ।   बच्चा बगाएलगत्तै प्रहरीले व्यापकरुपमा...

संविधानसभामा परिमार्जित विधेकमाथि छलफल सुरु

२०७२ भदौ ९ गते १३:३२

काठकामण्डु, ९ भदौ– संविधानसभामा बुधबारदेखि नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि छलफल शुरु भएको छ । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विधेयक संविधानसभामा पेश गरेपछि छलफल शुरु भएको हो । छलफलको प्रस्ताव पेश गर्दै सभापति सिटौलाले असन्तुष्ट पक्षलाई संविधानसभामै आफ्ना भनाइ राखेर संविधान...

कैलालीमा प्रहरीे हत्यामा संलग्न शंकास्पद १० जना पक्राउ (नामसहित)

२०७२ भदौ ९ गते १३:३१

बाँके , ९ भदौ– मनुवा गाविस–६ सिमल चौराहमा सोमबार डिउटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित सातजना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी,...

आन्दोलनरत थरुहट र मधेसवादी दललाई वार्तामा बोलाइने

२०७२ भदौ ९ गते १२:४५

काठमाण्डु, ९ भदौ– प्रमुख चार दलका शीर्ष नेताहरुले थरुहटकमो माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र मधेशवादी दलहरुलाई वार्तामा बोलाउने निर्णय गरेको छ । एमाओवादी नेता डा.बाबुराम भट्टराईले पनि आफ्नो ट्वीटरमा मधेशी मोर्चा र थारु आन्दोलनकारीलाई प्रधानमन्त्रीमार्फत् वार्तामा आउन आव्हान गर्ने निर्णय भएको उल्लेख गरेका...

संविधानसभालाई भारदारी सभा बनाइयोः थापा

२०७२ भदौ ९ गते १२:२७

काठमाण्डु, ९ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रबारे छलफल नै हुन नसक्ने गरिको अधिकार मस्यौदा समितिका सभापतिलाई नभएको दावी गरेका छन् । बुधबार संविधानसभामा संविधानको विधेयकमाथि छलफलमा भाग लिँदै अध्यक्ष थापाले प्रश्न गरेका छन्, राजतन्त्रबारे छलफल नै हुन सक्दैन भन्ने अधिकार मस्यौदा समितिको...

जोयद्वारा ७ वटा स्कुटी वितरण

२०७२ भदौ ९ गते १२:०९

प्रसिद्ध सौन्दर्य प्रसाधन उत्पादक कम्पनी जोयले आफ्नो उपभोक्ताहरुलाई लक्षित गरी एकै चोटी एकै ठाउँबाट ७ वटा होण्डा डियो स्कुटी वितरण गरेको छ । काठमाण्डुको होटल याक एण्ड यतिमा कार्यक्रमको आयोजना गरी ७ वटा स्कुटी वितरण गरियो । स्कुटी जित्ने भाग्यमानी विजेताहरु चितवनकी चिजा अधिकारी,...

दाङमा बस दुर्घटना, २७ जना घाइते

२०७२ भदौ ९ गते ११:५९

दाङ, ९ भदौ– रोल्पालिवाङबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ८३९ नम्बरको यात्रुवाहक बस बुधबार घोराही–लमहीसडक खण्डको बबई खोलामा दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार घाइतेमध्ये गम्भीर घाइते भएका दाङ बर्गदीका ११ वर्षीय झरना नेपाली, तुलसीपुर नगरपालिका–१६...

धनगढीमा निषेधाज्ञा जारी

२०७२ भदौ ९ गते ११:५१

धनगढी, ९ भदौ – टीकापुरको घटनापछि शान्तिसुरक्षाको स्थिति थप बिग्रन नदिन कैलालीको सदरमुकाम धनगढी नगर क्षेत्रमा बुधबार बिहान ११ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा भएको छलफलपछि धनगढी नगर क्षेत्रमा आज पनि निषेधाज्ञा लगाउने...

अडान त्यागेर छलफलमा आउन शीर्ष नेताहरुको अपील

२०७२ भदौ ९ गते ११:४३

काठमाण्डु, ९ भदौ– प्रमुख दलका शीर्ष नेताहरुले समयको माग अनुसार संविधान परिवर्तन गर्न सकिने भएकाले अधिकारका नाममा सामाजिक सद्भाव बिथोल्न नहुनेमा जोड दिएका छन् । बुधबार संविधानको परिमार्जित विधेयक २०७२ माथि छलफल मा भाग लिँदै शीर्ष नेताहरुले सबै दलले सबैको सहमतिमा मात्र संविधान बन्ने...

मध्यपश्चिमका १३ नगरपालिका दमकलविहीन

२०७२ भदौ ९ गते ९:१६

  बाँके, ९ भदौ – मध्यपश्चिमाञ्चलका १३ वटा नयाँ नगरपालिका दमकलविहीन भएको पाइएको छ । नौ जिल्लामा २०७१ वैशाख २५ मा र मङ्सिर १६ मा थपिएका नयाँ नगरपालिकामा दमकलको व्यवस्था हुन सकेको छैन । नयाँ १३ वटै नगरपालिकामा दमकल व्यवस्था नहुँदा सामान्य आगलागीसमेत नियन्त्रणमा...

हरेक दिन १५ मिनेट चौतारो बनाउन छुट्याउँदा १२ वटा निर्माण भए

२०७२ भदौ ९ गते ९:०५

बेनी, ९ भदौ – जिल्लाको बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुर कार्कीले प्रतिदिन १५ मिनेट श्रमदान गरेर विभिन्न स्थानमा १२ वटा चौतारी निर्माण गरेका छन् । कार्कीले एक दिनमा १५ मिनेटका दरले श्रमदान गर्न थालेपछि गाउँको सरसफाइमा निकै सुधार हुनुका साथै गाउँलेमा पनि सामाजिक कार्यतर्फ रुचि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us