विराटनगर, ९ भदौ-विराटनगरस्थित भारतीय राजदूतावासको इकाइ कार्यालय नजिकको सडकमा गएराति सुतलीबम विष्फोट गराएको अभियोगमा बुधबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उक्त घटनाको अभियोगमा पक्राउमा एक महिलासहित पाँच जनासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी गराए ।...
काठमाण्डु, ९ भदौ-संविधानसभाको बुधबारको बैठकमा सहभागी सभासद्ले संविधान निर्माणको अन्तिम समयमा पनि जनताका जायज मागलाई सम्बोधन हुनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको छलफलमा भाग लिँदै उनीहरुले सबैको जित हुने गरी संविधान जारी गर्नुपर्ने, उत्तर–दक्षिण हुनेगरी पाँच विकास क्षेत्र...
सुनसरी, ९ भदौ– सुनसरीको नरसिंह–९ मा पानीमा डुबेको अवस्थामा बुधबार एक पुरुषको शव फेला परेको छ । पश्चिम कुशाहा–८ बस्ने वर्ष ४५ का दीलिपकुमार उरावको शव नालाको पानीमा डुबेको अवस्थामा फेला परेको हो । मृत्युको कारण खुल्न नसके पनि शव पानीमा केही...
गोरखाबजार, ९ भदौ-जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले उत्तरी भेगको सिर्दिवास गाविससम्म सडक पु¥याउनेबारे गृहकार्य सुरु गरेको छ । अहिले गुम्दा गाविसको यममगाउँ र थुमी गाविसको हावाडाँडासम्म सडक पुगेको भन्दै समितिले थप नयाँ सडक ट्र्याक खुलाउन पहल सुरु गरेको हो । जिल्लास्थित सडक...
सुनसरी, ९ भदौ– सुनसरीको कप्तानगञ्ज गाविसमा चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर कप्तानगञ्ज–६ की ५५ वर्षीया मोहरीदेवी सरदार र उनकै नातिनी सात वर्षीया चाँदनी सरदारको मृत्यु भएको हो । बिहानको खाना बनाउने क्रममा घरमै...
नवलपरासी, ९ भदौ– नवलपरासीको परासी बजारमा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपमा २ जना घाइते भएका छन् । बुधबार आक्रोसित भीडले निषेधित क्षेत्र तोडेर अघि बढ्न थालेपछि प्रहरीले गोली चलाउँदा २ जना घाइते भएका हुन् । प्रहरीले चलाएको गाली लागेर नवलपरासीको सनइ– ९ का ५०...
भक्तपुर, ९ भदौ-सिँचाइ मन्त्री नारायणप्रकास साउदले संविधान निर्माणको सङ्घारमा कैलालीको टीकापुरमा भएको घटनामा घुसपैठ भएको बताएका छन् । समसामयिक विषयमा बुधबार रिपोर्टर्स क्लब भक्तपुर शाखाले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री साउदले सो घटना सुनियोजितपूर्ण ढङ्गबाट गराइएको खुलासा गरे । संविधान...
काठमाण्डु, ९ भदौ-उत्पीडन विरोधी संयुक्त राष्ट्रिय मोर्चाले सम्पूर्ण उत्पीडित जनताको मुद्दालाई नयाँ बन्ने संविधानमा सुनिश्चित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा बुधबार घेराउ गरेको छ । सो मोर्चाले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने तथा घेराउ गर्ने कार्यक्रमअन्तर्गत आज विरोधका कार्यक्रम गरेको...
काठमाण्डु, ९ भदौ– नेकपा एमालेका सचिव योगेश भट्टरईले थारुहरुका जायज माग पूरा गर्नुपर्ने बताएका छन् । बुधबार रफत सञ्चार क्लबले गरेको कार्यक्रममा सचिव भट्टराईले सीमांकनको नाममा भएको आन्दोलन मथ्थर पार्न थारुहरुका जायज माग पूरा गर्नुपर्ने बताए । उनले भने, ‘टीकापुर आन्दोलनले मुलुकको बेइजत भएको...
जनकपुरधाम, ९ भदौ- सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । सो पार्टीद्वारा जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले टीकापुरमा भएको घटना दुर्भाग्यपूर्ण भएको बताए । सरकारले बारम्बार वार्तामा बस्न आग्रह गरेपनि...
महोत्तरी, ९ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दका कारण महोत्तरीका सम्पूर्ण सामुदायिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । जिल्लास्थित विभिन्न शिक्षकको फ्रन्ट सङ्गठनले गरेको निर्णयअनुसार बुधबारदेखि भदौ ११ गतेसम्मका लागि शुक्रबारसम्मका लागि सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेको हो ।...
काठमाण्डु, ९ भदौ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीको टीकापुरमा सोमबार भएको घटनामा सरकारको चरम लापरबाही भएकाले गृहमन्त्री बामदेव गौतमले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर अध्यक्ष वैद्यले हजारौं प्रदर्शनकारी भएको ठाउँमा बिना हतियार केही संख्यामा सुरक्षाकर्मी...