समाचार

कैलाली घटनाका घाइते प्रहरी हवल्दारको मृत्यु

२०७२ भदौ १० गते ११:२४

काठमाण्डु, १० भदौ– कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक आक्रमणमा घाइते भएका एक प्रहरीको उपचारका क्रममा निधन भएको छ ।     घटनामा गम्भीर घाइते भई महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका प्रहरी हवल्दार जनक नेगीको बिहीबार बिहान निधन भएको हो ।    ...

बाबुरामले थारुलाई बोके, कमल थापालाई ठोके

२०७२ भदौ १० गते १०:३१

काठमाण्डु, १० भदौ– एमाओवादी वरिष्ठ नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले कैलाली घटनाको बहानामा थारु समुदायले उठाएका मागलाई दुत्कार्न नमिल्ने बताएका छन् । नयाँ संविधानको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बिहीबार संविधानसभामा बोल्दै उनले थारु, दलित र आदिवासी जनजातिका राजनीतिक...

बर्दियामा बालीघरे प्रथा अझै कायमै

२०७२ भदौ १० गते ९:४४

बर्दिया, १० भदौ – वर्षभरि फलामका सामान बनाएर र कपडा सिलाएबापत दिइने बालीघरे प्रथा (वार्षिक रुपमा एकमुष्ट ज्यालाका रुपमा अनाज) मध्यपश्चिम क्षेत्रमा अझै अन्त्य भएको छैन । यो प्रथालाई ठाउँअनुसार बाली घरे, खली र तिहाइका नामले समेत चिनिने गरिन्छ । धधवार–९ दफैयाका शोभाराम परियार...

भक्तपुरको हनुमन्ते खोला गाँउ पस्यो ३ को उद्धार

२०७२ भदौ १० गते ९:२३

भक्तपुर, ११ भदौ – भक्तपुरमा रहेको हनुमन्ते खोला गाँउमा पसेपछि भेलुखेल गाँउ डुवानमा परेको छ ।  गाँउ डुवानमा परेपछि विहानैदेखि उद्धारको लागि प्रहरी खटिएको छ । भेलुखेलमा रहेको काठमाण्डु विश्वविद्यालयको म्युजिक डिपार्टमेन्टको भवन डुवानमा पर्दा  फसेका ३ जनालाई उद्धार गरिएको ईनिस्पेक्टर दिनेश भण्डारीले जानकारी...

क्याम्पस जोगाउन जुटे म्याग्दीका आमा

२०७२ भदौ १० गते ८:३२

  बेनी, १० भदौ – समाजको हितका लागि भन्दा पनि पार्टीगत र व्यक्तिगत स्वार्थमा तल्लीन रहेको नेपाली समाजलाई पश्चिम म्याग्दीको बाबियाचौरका महिलाले गतिलो सन्देश दिएका छन् । राजनीतिक विचार र व्यक्तिगत कामलाई समेत थाती राखेर आर्थिक सङ्कटमा परेको गाउँको क्याम्पस जोगाउन दिनरात खटिरहेका छन्...

सिन्धुपाल्चोक केन्द्र बनाएर मध्यरातमा भूकम्पको पराकम्पन

२०७२ भदौ १० गते ७:२२

काठमाण्डु, १० भदौ– सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्पको पराकम्पन गएको छ ।   राति १२ बजेर ५१ मिनेटमा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।   यसअघि बुधबार अपराह्न हुम्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको...

सेना परिचालनविरुद्ध सर्वोच्चमा रिट

२०७२ भदौ ९ गते २०:०४

काठमाण्डु, ९ भदौ- संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले संयुक्त रुपमा दायर गरेको रिटमा सेना परिचालनले त्यहाँका...

नेपालगन्जमा निषेधाज्ञा हट्यो

२०७२ भदौ ९ गते १९:२४

नेपालगन्ज, ९ भदौ-संयुक्त थरुहट मधेस सङ्घर्ष समितिले बाँके जिल्लामा आह्वान गरेको आन्दोलन शान्तिपूर्ण र जनमुखी बनाउने लिखित सहमति गरेपछि अस्तिदेखि यहाँ लगाइँदै आइएको निषेधाज्ञा बुधबारदेखि हटाइएको छ ।   राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय टोलीको पहलमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पसल, यातायातका साधन...

प्रहरी चौकीमा आगजनी

२०७२ भदौ ९ गते १८:२९

  रौतहट, ९ भदौ– औरैया–१ स्थित प्रहरी चौकी औरैयाको प्रतिक्षालय, जवान ब्यारेक र थुनुवा ब्यारेकभित्र रहेको खाटमा मधेशी जनाधिकार फोरमका प्रदर्शनकारीहरु र मठिया गाबिसका स्थानीयबासीले बुधबार आगजनी गरेका छन् । औरैयाबासी र प्रहरी टोलीले प्रदर्शनकारीलाई लखेटी आगो नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा प्रहरीले...

अमेरिका पठाउने भन्दै ठग्दै, कतिदिन टिक्थ्यो र धन्दा…

२०७२ भदौ ९ गते १८:२४

काठमाण्डु– उच्च पदस्थ व्यक्तिहरुसँग पहुँच देखाई अमेरिका पठाउने भनि रकम ठगी गर्ने काठमाण्डु महानगरपालिका–११ टेकुस्थित सेन्ट्रल इन्भेष्टीगेसन सेक्यूरिटी फोर्स प्रालिका संचालक पक्राउ परेका छन् । सुर्खेत छिन्चु गाविस–२ का ४७ बर्षीय भागचन्द्र महरलाई महानगरीय अपराध महाशाखाले टेकुबाट पक्राउ गरेको छ । महरले म्याग्दीका राजेश...

भारतसँग गुहार माग्दै सभासदले भने, ‘नेपाली मिडिया शासकका लंगौटी’

२०७२ भदौ ९ गते १७:४२

काठमाण्डु, भदौ ९ – कैलालीको टीकापुरमा भएको अमानविय र पासविक घटनाका कारण सिंगो मुलुक स्तब्ध भइरहेको बेलामा केही मधेसवादी दलका सभासदले भारतमा पुगेर नेपाली शासक र सञ्चारमाध्यम विरुद्ध अभिव्यक्ति दिएका छन् । संघीय समाजवादी फोरम नेपालका सभासद अभिषेक प्रताप शाह, केन्द्रीय सदस्य सहसराम यादव,...

सुरक्षाको कारण देखाउँदै २१ प्रहरी युनिट हटाइयो

२०७२ भदौ ९ गते १७:०३

रौतहट, ९ भदौ– आन्दोलनकारीहरु प्रर्दशनलाई निरन्तरता दिएपछि स्थिति हिंसात्मक हुँदै गएपछि सुरक्षाको कारण देखाउँदै जिल्ला प्रहरी कार्यालयले सदरमुकाम बाहिरका २० युनिटलाई खाली गरेर त्यहाँका सुरक्षाकर्मीलाई आसपासका इलाका प्रहरी कार्यालयमा सारेको छ । स्थानीयले मंगलबार राति मठियाको प्रहरी चौकीमा आगजनीको प्रयास गरेपछि बुधबार प्रहरीका अस्थायी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us