समाचार

मधेशमा आगो झोस्नेहरु हो, झापाबाट सिक !

२०७२ भदौ १० गते १७:५९

भद्रपुर, १० भदौ-मुलुकमा नयाँ संविधान जारी हुने समय नजिकिँदै जाँदा तराइका केही भू–भागमा भएको हिंसात्मक घटनाका कारण झापाका सम्पूर्ण राजनीतिक दलहरूबीच जिल्लामा धार्मिक, साम्प्रदायिक, सामाजिक सद्भाव मेलमिलाप शान्ति र सहिष्णुता कायम राख्न बिहीबार ६ बूँदे सहमति भएको छ ।   मुलुकका विभिन्न ठाउँमा भएका...

प्रहरी हवल्दारको शव देख्ने वित्तिक्कै रुवाबासी मच्चियो

२०७२ भदौ १० गते १७:५१

भीमदत्तनगर, १० भदौ-टीकापुरमा भएको हिंसात्मक झडपमा परी उपचारका क्रममा बुधबार राति मृत्यु भएका प्रहरी हवल्दारको शव परिवारजनलाई बुझाइएको छ ।   कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–७ सिमलफाँटा घर भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाण्डुमा मृत्यु भएको थियो । उनको शव बिहीबार दिउँसो नेपाली सेनाको...

हिंसात्मक घटनामा संलग्न भए प्रधानमन्त्रीलाई पनि कार्वाही हुन्छः कोइराला

२०७२ भदौ १० गते १७:०७

काठमाण्डु, भाद्र १० – नेपाली कांग्रेसकी सभासद तथा पूर्व मन्त्री सुजाता कोइरालाले हत्या हिंसा लगायतका मानवता विरुद्धको अपराधमा संलग्न भए प्रधानमन्त्रीलाई पनि कारबाही गर्नुपर्ने बताएकी छिन् । संविधानसभाको बिहिबारको बैठकमा नेतृ कोइरालाले कौलालीको टीमा संलग्न सबैलाई कारवाही हुनुपर्ने बताइन । सभासदहरु पनि पदिय मर्यादा...

सरकारमा कांग्रेसले एकलौटी गरेको एमालेको आरोप

२०७२ भदौ १० गते १६:४६

काठमाण्डु, १० भदौ– नेकपा एमालेले कांग्रेसले संयुक्त सरकारको आचारसंहिता र सहकार्यको संस्कृति विपरीत गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । बिहिबार बसको एमाले स्थायी कमिटीको बैठकले सरकारको नेतृत्व गरेको दलले सहकार्यको आचारसंहिता विपरीत विभिन्न राजनीतिक नियुक्ति गरेर एकलौटी ढंगबाट अघि बढेको ठहर गरेको छ...

आन्दोलनकारीले मोटरसाइकल जलाए

२०७२ भदौ १० गते १६:२०

बागलुङ, १० भदौ-बागलुङको गलकोट हटियामा आन्दोलनकारीले गएराति मोटरसाइकलमा आगजनी गरेका छन् ।   जिल्लाको पश्चिम खरबाङ बजारबाट आउँदै गरेको बा१८प ८५८ नंको मोटरसाइकलमा जारी आमहडतालको अवज्ञा गरेको भन्दै अखण्ड बागलुङको पक्षमा आन्दोलनरत दलका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।   मोटरसाइकलमा रहेका चालक...

वार्ताको औचित्य छैन:यादव

२०७२ भदौ १० गते १६:१७

जनकपुरधाम, १० भदौ-आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि पहल गरिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको कुनै औचित्य नरहेको बताएका छन् ।   आफूहरुले कुनै नयाँ मागका लागि आन्दोलन नगरेको बताउँदै उनले विगतमा भएको आठ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड...

सीमांकन र नामांकनसहितको संविधान जारी हुन सक्दैनः आचार्य

२०७२ भदौ १० गते १६:०५

भक्तपुर, भदौ १० गते – संविधानविद्व भिमार्जुन आचार्यले सीमांकन र नामांकनसहितको संविधान जारी हुनै नसक्ने बताएका छन् । बिहिबार रफत सञ्चार क्लबले गरेको कार्यक्रममा संविधानविद्व आचार्यले आम जनताले चित्त नबुझाएकाले दलहरुले पकिल्पना गरेको सीमाङ्नसहितको संविधान जारी गर्न कुनै पनि नेताको हैसियत नभएको दाबी गरे...

एमाओवादी सम्बद्ध मधेशी मोर्चाद्धारा आन्दोलनको घोषणा

२०७२ भदौ १० गते १५:५८

काठमाण्डु, १० भदौ– एकीकृत नेकपा माओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ती मोर्चा क्रान्तिकारीले अलग्गै मधेस आन्दोलनको घोषणा गरेको छ । मोर्चाले विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकरा सम्मेलन गरेर आफ्ना १० बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा भदौ ११ र १२...

असन्तुष्टिलाई राजनीतिकरुपमा सम्बोधन गर्न सभासद्को माग

२०७२ भदौ १० गते १५:४३

काठमाण्डु, १० भदौ-संविधानसभाको बिहीबारको बैठकमा सभासद्हरुले असन्तुष्ट जनता र समुदायको भावनालाई राजनीतिक तवरले सम्बोधन गर्दै सबैले अपनत्व अनुभव गर्ने संविधान जारी हुनुपर्नेमा जोड दिएका छन् ।   ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँहरुले जनस्तरबाट उठेको असन्तुष्टिलाई...

कैलाली नरसंहारबारे स्पष्टिकरण सोधेपछि अमरेस भूमिगत

२०७२ भदौ १० गते १५:३१

काठमाण्डु, १० भदौ– कैलालीको टीकापुरमा भएको नरसंहारलगत्तै नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह सम्पर्क बिहिन भएका छन् । हिंसात्मक मानसिकता भएकाहरुलाई उक्साएर कैलाली घटना घटाएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले कारवाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधपनि सिंहले पत्र बुझेका छैनन् । कैलालीलगायतका जिल्लामा सामाजिक सद्भाव भडकाउने...

सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकी हटाइयो

२०७२ भदौ १० गते १४:४३

गौशाला, १० भदौ-महोत्तरी जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्र प्रहरीका ११ वटा सुरक्षा चौकीहरु हटाइएको छ ।   सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाको बखरीचोक, मटिहानीचोक, मनरा, टिकुलिया, लक्ष्मीनियाँ, भिठ्ठामोड र सीमा क्षेत्रमा रहेका पाँच सुरक्षा चौकीहरु हटाइएको हो ।   सशस्त्र...

कैलालीको टिकापुरमा फेरि गोली चल्यो

२०७२ भदौ १० गते १४:३६

कैलाली, १० भदौ– बिहीबार जिल्लाको टिकापुरमा निषेधाज्ञा जारी गरेको स्थानमा जबर्जस्ती देखा परेका एक पूरुषमाथि प्रहरीले गोली चलाएको छ । निषेधाज्ञा जारी गरिएको स्थानमा एक्कासि देखापरेका जगत देवकोटामाथि प्रहरीले गोली चलाएको हो । सो घटनामा प्रहरीले एकजना सुरक्षाकर्मीलाई पनि सामान्य घाइते भएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us