प्रहरी हवल्दारको शव देख्ने वित्तिक्कै रुवाबासी मच्चियो

काठमाण्डु टुडे २०७२ भदौ १० गते १७:५१ मा प्रकाशित

kanchanpur
भीमदत्तनगर, १० भदौ-टीकापुरमा भएको हिंसात्मक झडपमा परी उपचारका क्रममा बुधबार राति मृत्यु भएका प्रहरी हवल्दारको शव परिवारजनलाई बुझाइएको छ ।

 

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–७ सिमलफाँटा घर भएका प्रहरी हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाण्डुमा मृत्यु भएको थियो । उनको शव बिहीबार दिउँसो नेपाली सेनाको हेलिकप्टरले कञ्चनपुर पु¥याएको हो ।

 

यहाँस्थित शसस्त्र प्रहरी शैलेश्वरी गणमा हेलिकप्टरले शव पु¥याएर आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाण्डुस्थित सर्वोच्च अदालतमा दरबन्दी भएका हवल्दार नेगी टीकापुर प्रहरी कार्यालयमा काजमा खटिएका थिए ।

 

उनको परिवारमा श्रीमती, दुई छोरा तीन छोरी छन् । नेगीको शव गाउँमा पुग्दा रुवाबासी मच्चिएको थियो । स्थानीयबासीले दिएको जानकारीअनुसार नेगीको बिहीबारनै महाकाली नदीमा अन्त्येष्टि गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us