काठमाण्डु, ११ भदौ– एमाले अध्यक्ष झलनाथ खनालले जातीयता, क्षेत्रीयता र पृथकतावादीहरुले जे सुकै भने पनि नेपालका ९९ प्रतिशत जनता छिटो संविधान बनोस् भन्ने पक्षमा रहेको बताएका छन् । संविधानको परिमार्जित मस्यौदामाथिको छलफलका क्रममा शुक्रबार संविधानसभामा बोल्दै खनालले सबै खालका अतिवादबाट मुक्त हुँदै हिमालदेखि तराईसम्मका...
म्याग्दी, ११ भदौ – बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण म्याग्दीका हिमाली भेगका कस्तुरी मृग आफ्नो बासस्थान छोडेर अन्यत्र जान थालेका छन् । धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइमेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्त मात्रामा कस्तुरी मृगको बासस्थान रहने गरेको...
झापा, ११ भदौ –झापामा घरेलु हिंसाको घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ मा एक सय ३८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । आव २०६९/७० मा ६० वटा घरेलु हिंसाका घटना दर्ता भएकामा ०७०/७१ मा उक्त...
रौतहट– जिल्लाको एक निजी विद्यालयले अनिवार्य रुपमा एक विद्यार्थी एक बिरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको साथी शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित बाल निकेतन विद्यालयले ‘एक विद्यार्थी एक बिरुवा’ अभियान सञ्चालन गरेको हो । विद्यालयमा अध्ययनरत आठ सय विद्यार्थीले...
मोरङ, ११ भदौ – संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी ओद्यौगिक करिडोर क्षेत्रका करिब पाँच सय उद्योगमा कार्यरत एक लाखभन्दा बढी मजदुर बेरोजगार भएका छन् । उद्योग सङ्गठन मोरङका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरमा बन्दकर्ताले उद्योगधन्दा सञ्चालन गर्न नदिएका मजदुर बेरोजगार भएका हुन्...
धनुषा, १० भदौ– बिहीबार साँझ जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको जानकीचोकस्थित जानकी प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनीको प्रयास गरेपछि झड भएको हो । सो घटनामा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रग्याँस समेत प्रहार गरेको छ । हज्जारौंका संख्यामा आएका प्रदर्शनकारी र प्रहरीबीच...
काठमाण्डु, १० भदौ– चुरोटको सूर्ति राख्ने ठाउँ र चप्पलको सोलमा विदेशी मुद्रा लुकाएर लैजान लागिएको आरोपमा एक एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन लगायतका मुलुकमा लैजान लागेको विदेशी मुद्रासहित ३९ वर्षीय चिनियाँ नागरिक यि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार प्रहरीले पक्राउ गरेको...
काठमाण्डु, १० भदौ-कृषि विकास बैंकको ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पु¥याउने कार्यमा संलग्न सोही बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतमसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौतमकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, बैंककी लेखापाल गीता...
काठमाण्डु, १० भदौ– काठमाण्डु महानगरपालिका–९ गौशालास्थित गौशाला गेष्ट हाउसको ११८ नम्बरको कोठामा बसेकी सर्लाही पत्थरकोट–५ बस्ने १८ वर्षीया सोनिया श्रेष्ठ बिहिबार मृत अवस्थामा फेला परेकी छन् । श्रेष्ठ र सर्लाही पत्थरकोट–३ बस्ने सिन्धुली महाकाली–९ का २७ वर्षीय अभिनाश थिङले बुधबार बेलुकी कोठा बुकिङ गरी...
काठमण्डु, १० भदौ– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायत तीनवटै सुरक्षा निकायका प्रमुखहरु रहेको उच्चपदस्थ अधिकारीहरुको टोलीले बिहिबार कैलाली टिकापुरस्थित घटनाको स्थलगत निरीक्षण गरेको छ । महानिरीक्षक अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेशराज राई, सशस्त्र...
सप्तरी, १० भदौ-मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण सप्तरीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । सदरमुकाम राजविराजमा रहेका अधिकांश पेट्रोल पम्प तथा डिपोमा पेट्रोल र डिजेलको अभाव हुनुका साथै खाद्यान्नको पनि अभाव देखिएको छ । बजारमा पेट्रोल र डिजेलको अभाव भएपछि छिमेकी...
काठमाण्डु, १० भदौ-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले टीकापुरमा भएको घटना अमानवीय तथा जघन्य अपराध भएको बताएका छन् । रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा मन्त्री रिजालले हिंसाले थप हिंसा र प्रतिहिंसाको जन्म दिने हुँदा त्यसलाई मुलुकले थेग्न नसक्ने धारणा राखे । उनले...