टिकापुर घटना जघन्य अपराध होः सञ्चारमन्त्री

काठमाण्डु टुडे २०७२ भदौ १० गते १८:१३ मा प्रकाशित

minendra
काठमाण्डु, १० भदौ-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले टीकापुरमा भएको घटना अमानवीय तथा जघन्य अपराध भएको बताएका छन् ।

 

रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको अन्तक्र्रियामा मन्त्री रिजालले हिंसाले थप हिंसा र प्रतिहिंसाको जन्म दिने हुँदा त्यसलाई मुलुकले थेग्न नसक्ने धारणा राखे ।

 

उनले हिंसाको अन्त्य नभई राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्न नसकिने स्पष्ट पार्दै साम्प्रदायिक दङ्गा भडकाउने काम कुनै पनि जाति तथा समुदायले गरे त्यो अक्षम्य र दण्डनीय हुने त्यसलाई सरकारले कुनै पनि हालतमा नसहने उल्लेख गरे ।

 

उनले प्रधानमन्त्रीले असन्तुष्ट पक्षलाई वार्ताको लागि आग्रह गरिसकेको अहिलेको अवस्थामा असन्तुष्ट पक्ष वार्तामा आई समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आन्दोलनरत पक्षले कडा माग राख्ने तथा अनावश्यक अडान गर्न नहुने बताए ।

 

मन्त्री रिजालले संविधान निर्माणको काम अन्तिमचरणमा पुगेको बेला सैद्धान्तिक छलफल र त्यसपछि संसोधनमा समेत छलफल हुने भएकोले असन्तुष्ट पक्षका माग सम्बोधन हुने विश्वास ब्यक्त गरे ।

 

उनले सरकार सरकार शान्ति सुरक्षा कायम गर्न पछि नपर्ने बताउँदै संविधान जारी नहुने अहिलेसम्म कुनै आधार नदेखिएको र आपूmहरु पनि छिटो संविधान जारी गर्न लागि परेकाले यही भदौ महिनाभित्र संविधान जारी हुने जानकारी दिए ।

 

मन्त्री रिजालले प्रकृया पु¥याएर स्थापना भएका कुनै पनि सञ्चारमाध्यमलाई बन्देज नगरिने बताउँदै सञ्चार माध्यम तथा सञ्चारकर्मीले मुलुकको समसामयिक परिस्थितिमा संवेदनशील भइ सूचना प्रवाह गर्नुपर्ने सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us