समाचार

घैंटेको शव भिडियोग्राफीसहित दुईपटक पोष्टमार्टम गरः अधिकारकर्मी

२०७२ भदौ ६ गते १५:५१

काठमाण्डु, ६ भदौ– अधिकारकर्मीहरुले पुलिसको ईन्काउण्टरमा मारिएका कपुरधाराका कुमार श्रेष्ठ (कुमार घैटे) प्रकरणको न्यायिक छानविन गर्नुपर्ने माग गरेका छन । आईतबार राजधानीमा सामखुसी यूवा क्लबले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रम बोल्दै अधिकारकर्मी एवम कानून व्यावसायी दिनेश त्रिपाठीले नेपालमा अदालतले समेत मृत्यूदण्ड दिन नसक्ने अवस्थामा प्रहरीले...

मन्त्रिपरिषद बैठकमा शान्ति सुरक्षाबारे के भने गृहमन्त्रीले ?

२०७२ भदौ ६ गते १५:३४

काठमाण्डु, ६ भदौ-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा प्रमुख चार राजनीतिक दलबीच सङ्घीय प्रदेशको सीमा निर्धारणपछि उत्पन्न परिस्थिति र मुलुकको समग्र शान्ति सुरक्षाको स्थितिका बारेमा जानकारी गराएका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री गौतमले देशका विभिन्न ठाउँमा संविधान निर्माणको...

बन्दको विकल्प खोज्न व्यवसायीको आग्रह

२०७२ भदौ ६ गते १५:०८

दाङ, ६ भदौ – लगातारको बन्दले व्यवसाय धारासाही हुँदै गएको भन्दै व्यवसायीहरुले बन्दको विकल्प खोजन आग्रह गरेका छन् । आइतबार दाङमा भएको अन्तरक्रियामा सहभागी तुलसीपुर क्षेत्रका उद्योगी ब्यवसायीहरुले करिव २ हप्ताको बन्दले गर्दा सर्वसाधारण सहित उद्योगी, व्यवसायीको दैनिकी कष्टकर बन्दै गएको भन्दै बन्दको बिकल्प...

रेडियो नेपाललाई थप सुधार गरिने

२०७२ भदौ ६ गते १५:०६

काठमाण्डु, ६ भदौ-मुलुकमा आइपरेका ठूला विपद्का बेला रेडियो नेपालले अहोरात्र जनतामा सत्यतथ्य सूचना प्रवाह गरेको उदाहरणबाट यसको महत्व बढेको महसुस गरिएको छ ।   रेडियो नेपालले आइतबार आयोजना गरेको शान्ति प्रवद्र्धनका कार्यक्रमको समीक्षा र भावी योजना तर्जुमासम्बन्धी गोष्ठीका वक्ताहरुले भूकम्पको सन्त्रास व्याप्त रहेका बेला...

नक्कली भूकम्पपीडित बनेर कार्ड बनाउनेलाई कार्बाही भएन

२०७२ भदौ ६ गते १४:०५

मेलम्ची, ६ भदौ-सिन्धुपाल्चोक जिल्लामा झुटा विवरण दिएर भूकम्पपीडित परिचयपत्र तथा राहत रकम लिनेलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले कारबाही गर्ने भने पनि अहिलेसम्म कसैमाथि कारबाही भएको छैन ।   गलत विवरण दिएर परिचयपत्र बनाउने र अस्थायी बासस्थानका लागि भनेर दिएको १५ हजार लिनेलाई ठगी...

चार दलले असन्तुष्ट दलहरुसँग वार्ता गर्ने

२०७२ भदौ ६ गते १३:५५

काठमाण्डु, ६ भदौ-नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको आइतबारको बैठकले असन्तुष्ट पक्षसँग वार्ता गरी मस्यौदालाई परिमार्जन गर्ने समझदारी गरेको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा संविधान जारी गर्ने...

सामाजिक सद्भाव खलबल्याउन पाइँदैन: सांसदहरू

२०७२ भदौ ६ गते १३:२७

काठमाण्डु, ६ भदौ-व्यवस्थापिका–संसद्को आइतबारको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोल्ने सबै सांसदले आन्दोलनका नाममा मुलुकको सामाजिक सद्भाव खल्बल्याउने प्रयास भएको भन्दै कसैले पनि त्यसो गर्न नपाउने धारणा राखेका थिए ।   नेपाली काँग्रेसका अब्दुलरज्जाक गद्दीले रुपन्देहीका सर्वसाधारणलाई आन्दोलनमा जानैपर्ने र नजानेले एक हजार जरिवाना...

सद्भावनाका सभासदले दिए राजीनामा

२०७२ भदौ ६ गते १३:२१

काठमाण्डु, ६ भदौ– सदभावना पार्टीका चार जना सभासदले राजीनामा दिएका छन् । आइतबार संविधानसभाका अध्यक्ष नेम्वाङलाई भेटेर चार जना सभासदले पार्टी निर्णय भन्दै राजीनामा बुझाएका हुन् । सद्भावनाका ६ मध्ये काठमाण्डुमा रहेका लक्ष्मणलाल कर्ण, बिमल केडीया, शैली देवी महतो र संजय साहले राजनीनामा बुुझाएका...

संसदमा देउवा र रावलविरुद्ध चौधरी खनिएपछि…

२०७२ भदौ ६ गते १३:१५

काठमाण्डु, ६ भदौ- सभामुख सुवास नेम्वाङले सांसदहरूलाई संयमित भएर आफ्ना अभिव्यक्ति सदनसमक्ष प्रस्तुत गर्न आग्रह गरेका छन् ।   व्यवस्थापिका–संसद्को आइतबारको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोल्ने केही सांसदले उत्तेजित हुँदै अमर्यादित ढङ्गले विभिन्न दलका नेता तथा सांसदविरुद्ध नाम नै किटेर आक्षेप लगाएपछि सभामुख...

बागलुङमा सुरु भयो ‘युवा बचाउ अभियान’

२०७२ भदौ ६ गते १३:००

बागलुङ, ६ भदौ-बागलुङमा युवा सङ्गठित बनेर दुव्र्यसनीविरुद्ध अभियान चलाएका छन् । (सेभ द युथ) युवा बचाउ अभियानमार्फत धूमपान, मद्यपान, सुर्तीसेवन र लागुऔषधविरुद्ध युवा उभिएका हुन् । अभियानले सरकारले ल्याएको सुर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी ऐन, नियमावलीको कार्यान्वयनमा मुख्य जोड दिएको छ ।   अभियानको मुख्य मन्त्र...

मुस्ताङमा बन्दको प्रभाव परेन

२०७२ भदौ ६ गते १२:५३

मुस्ताङ, ६ भदौ-नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्दका कारण धौलागिरि अञ्चलमा मिश्रित प्रभाव परेको छ ।   बन्दका कारण अञ्चलको म्याग्दी, बाग्लुङ र पर्वत जिल्लामा बिहानैदेखि बजार र यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् भने शैक्षिक संस्था पनि बन्द भएका छन् । बन्दकर्ता...

बहिष्कार गरेर हिँडेका गच्छेदार फर्किए, शीर्ष नेताको बैठक बालुवाटारमा

२०७२ भदौ ६ गते १२:२८

काठमाण्डु, ६ भदौ –नयाँ संविधानमा संघीयताको सीमांकनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । गत शुक्रबार संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिको बैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us