समाचार

मुगुमा निस्क्यो खुशीको ¥याली

२०७२ भदौ ५ गते १९:२६

मुगु, ५ भदौ-नयाँ सहमतिबाट आफ्नो माग शीर्ष नेताले सम्बोधन गरेपछि त्यसको स्वागतमा शनिबार मुगु जिल्लामा खुशीयालीको ¥याली निकालियो ।   गत साउन २३ गते राति चारदलका शीर्ष नेताहरुको सहमतिमा सार्वजनिक भएको छ प्रदेशको सङ्घीय नेपालको सीमाङ्कनले विरोध गर्दै अखण्ड मध्यपश्चिम प्रदेश माग गर्दै गत...

आँबुखैरेनी तीसौँ खोपयुक्त गाविस घोषणा

२०७२ भदौ ५ गते १९:०७

दमौली, ५ भदौ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आँबुखैरेनी गाविसलाई ३०औँ खोपयुक्त गाविस घोषणा गरेका छन् ।   आँबुखैरेनी गाविसलाई शनिबार पूर्ण खोपयुक्त गाविस घोषणा गर्दै मन्त्री अधिकारीले यस स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न आवश्यक रहेको बताए । स्थानीयवासीले जग्गाको व्यवस्थापन गरे अस्पताल निर्माणमा सहयोग...

बसको ठक्करबाट भीमकुमारीको मृत्यु

२०७२ भदौ ५ गते १८:४६

चितवन, ५ भदौ– जिल्लामा भएको सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर–३ स्थित सडकमा ना.५ ख ८०१३ नम्बरको बसको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी रत्ननगर नगरपालिका–१६ बस्ने ७५ वर्षीया भिमकुमारी पुडासैनीको उपचारको लागि जिल्ला अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो...

लागू औषधसहित दुईजना पक्राउ

२०७२ भदौ ५ गते १८:१७

बारा, ५ भदौ– जिल्लामा प्रहरीले लागू औषधसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको गढीमाई उपमहानगरपालिका–१ पथलैया चोकबाट अमलेशगंजतर्फ पैदल जाँदै गरेका सुनसरी धरान–१५ बस्ने १८ वर्षीय बिनोद परियार र काठमाण्डु बस्ने सोलुका १९ वर्षीय सुदिप लामालाई अवैध लागूऔषध सहित पक्राउ गरिएको हो ।...

गृहमन्त्रीले भने,‘आन्दोलनकारीले बन्दुक प्रयोग गरेर प्रहरीको सञ्चार सेट समेत खोसे’

२०७२ भदौ ५ गते १८:०५

काठमाण्डु, ५ भदौ-गृहमन्त्री वामदेव गौतमले सामाजिक सद्भावमा खलल पार्ने तथा जातीय विद्वेष फैलाउन भइरहेको प्रयासलाई निस्तेज तुल्याउन र मेलमिलापको वातावरण बनाउन प्रमुख राजनीतिक दल र सांसदलाई आह्वान गरेका छन् ।   व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको शनिबारको बैठकमा उनले सवैको हक अधिकार सुनिश्चित गरेर अघि...

जनक र साझाले पाठ्यपुस्तक छाप्न सुरु गरे

२०७२ भदौ ५ गते १७:२९

काठमाण्डु, ५ भदौ-पाठ्यपुस्तक उत्पादन र वितरण गर्ने जिम्मा पाएपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनले आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छाप्न सुरु गरेका छन् ।   साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माका अनुसार कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा...

एमाओवादीका समाजवादी विचारका पक्षधरहरुको छुट्टै भेला

२०७२ भदौ ५ गते १७:१२

काठमाण्डु, ५ भदौ–एमाओवादीका युवा नेताहरुले पार्टी नेतृत्वले क्रान्ति अगाडि बढाउन नसक्ने भन्दै क्रान्तिकारी पार्टी निर्माणका लागि पहल थालेका छन् । युवाहरुको अगुवाइ र केन्द्रीय सदस्य प्रकाश पोखरेलको संयोजकत्वमा शनिबार राजधानीको सोल्टीमोडमा भेला गरीे क्रान्तिलाई बचाउनका लागि छुट्टै क्रान्तिकारी पार्टीको आवश्यकता रहेको निष्कर्ष निकालेका हुन्...

जुम्लामा विजय जुलुस, प्रदेशको नाम कर्णाली राख्न माग

२०७२ भदौ ५ गते १६:५९

जुम्ला, ५ भदौ-सरकारले कर्णालीवासीको आन्दोलनलाई सम्बोधन गरी गत साउन २३ गते राति गरेको सहमति खारेजी गरेकोप्रति खुसी व्यक्त गर्दै विजय ¥यालीका साथ सरकारलाई जुम्लावासीले धन्यवाद ज्ञापन गरेका छन् ।   कर्णालीलाई सुदूरपश्चिमबाट खण्डित गर्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिङ्गो...

जंगली च्याउ खाँदा १४ जना बिरामी

२०७२ भदौ ५ गते १५:१९

सल्यान, ५ भदौ-जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् ।   शारदा नगरपालिका– ६ डौडेडास्थित चार घरका मानिस जङ्गली च्याउ खाएर बिरामी परेका हुन् । बिरामी हुनेमा अधिकांश १० वर्ष मुनिका बालबालिका छन् । जङ्गलबाट ल्याइएको करिब दुई केजी जङ्गली च्याउ चार घरका...

स्थानीयको अवरोधले दैलेखमा मध्यपहाडी राजमार्ग अलपत्र

२०७२ भदौ ५ गते १५:१७

दैलेख, ५ भदौ – बिगत केही महिनादेखि स्थानीयबासीले लगातार बिरोध गरेकाल दैलेख सदरमुकामको ४ स्थानमा मध्यपहाडी लोकमार्गको रेखांकन गरियो । स्थानीयकै अवरोधले अहिले पनि पूर्वपश्चिमसम्म जोडिएको मध्यपहाड लोकमार्गको ट्रयाक खोल्न सकिएको छैन । दर्जनौं पटक सर्वपक्षिय बैठकमा सहमत गराएपनि ठेकेदारले काम सुरु गर्दा स्थानीयहरुले...

सवारी साधनमा तोडफोड र आगजनी नगर्ने सहमति

२०७२ भदौ ५ गते १४:५१

लहान, ५ भदौ-संयुक्त मधेसी मोर्चामा आबद्ध राजनीतिक दलका नेता र सिरहाका स्थानीय प्रशासनबीच बन्दका क्रममा कुनै सवारी साधन तोडफोड र आगजनी नगर्ने सहमति भएको छ ।   जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलका क्रममा विभिन्न राजनीतिक दलका नेताले कुनै सवारी साधनमा तोडफोड तथा आगजनी...

नेपालले भने, ‘सात प्रदेशकै विषयलाई लिएर बन्द हड्ताल नगरौं ’

२०७२ भदौ ५ गते १४:४८

काठमाण्डु, ५ भदौ-नेकपा एमालेका नेता माधवकुमार नेपालले सात प्रदेशमा चित्त नबुझ्नेले शान्तिपूर्ण प्रक्रियाबाट आफ्ना माग राख्नुपर्ने बताएका छन् ।   एमाले सिन्धुपाल्चोक–काठमाण्डु सम्पर्क मञ्चले शुक्रबार आयोजना गरेको १० औँ सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सात प्रदेशकै विषयलाई लिएर बन्द हडताल नगर्नसमेत आग्रह...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us