मुगुमा निस्क्यो खुशीको ¥याली

काठमाण्डु टुडे २०७२ भदौ ५ गते १९:२६ मा प्रकाशित

mugu
मुगु, ५ भदौ-नयाँ सहमतिबाट आफ्नो माग शीर्ष नेताले सम्बोधन गरेपछि त्यसको स्वागतमा शनिबार मुगु जिल्लामा खुशीयालीको ¥याली निकालियो ।

 

गत साउन २३ गते राति चारदलका शीर्ष नेताहरुको सहमतिमा सार्वजनिक भएको छ प्रदेशको सङ्घीय नेपालको सीमाङ्कनले विरोध गर्दै अखण्ड मध्यपश्चिम प्रदेश माग गर्दै गत साउन २४ देखि सुरु भएको शान्तिपूर्ण आन्दोलन शुक्रबार राति दलहरुबीच भएको नयाँ सहमतिसँगै आफूहरुको माग सम्बोधन भएको भन्दै यहाँ खुसियाली ¥याली निकालिएको हो ।

 

कर्णालीलगायत मध्यपश्चिमका जिल्ला आन्दोलित हुँदा यहाँ रहेका सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बजार, हवाई तथा स्थलगत यातायात १३ दिनदेखि ठप्प रहेका थिए ।

 

शुक्रबार राति शीर्ष नेताहरुले कर्णालीलगायत सुर्खेत, जाजरकोट, दैलेख र रुकुमको केही भाग समेटेर प्रस्तावित छ प्रदेशको खाकामा थप प्रदेशको घोषणा गरी सात प्रदेश बनाएपछि शनिबार दिउसो १ बजे मुगुमा स्थानीय बाजागाजासहित खुसियाली जुलुस निकालिएको हो ।

 

जुलुसले सदरमुकाम गमगढी परिक्रमा गर्दै बजारको जिविस चोकमा सभा गरेको थियो । सभालाई सम्बोधन गदै नेपाली काँगे्रसका मुगु जिल्ला सभापति ऐनबहादुर शाहीले अखण्ड मध्यपश्चिम मागेपनि यो प्रदेशलाई मधेससम्मको साइनो टुटाइएकाले केही दुःख लागेपनि कुनै कालखण्डको विशाल कर्णाली राज्य पुन कर्णाली प्रदेशको रुपमा पाएकाले यसलाई सम्वृद्ध र समुन्नत प्रदेश बनाउन आ–आफ्नो क्षेत्रबाट लागिपर्ने बताए ।

 

नेकपा एमालेका अध्यक्ष जितबहादुर मल्लले १३ दिने लामो सङ्घर्षबाट प्राप्त यो प्रदेश संचालनमा कम कठिन छैन, यहाँ देशभरमा बढी गरिबी, अशिक्षा र भौगोलिक कठिनाइ छ, तर यति हुँदाहँुदै पनि मन बचन र कर्मले लागिपर्ने हो भने समुन्नत कर्णाली टाढा नभएको बताए ।

 

एमाओवादी पूर्व मुगु जिल्ला इन्चार्ज सुकविर बुढाले नयाँ प्रदेश निर्माणबारे दलहरुले गरेको सहमति स्वागतयोग्य भएको बताए ।

 

आन्दोलनका संयोजक एवम् पुर्वमन्त्री हस्तबहादुर मल्लले शीर्ष नेताहरुले दक्षिणको नाका बन्द गरेपनि अब सरकारले कुटनीतिक तबरबाट यो प्रदेशमा रहेका हुम्ला, मुगु र डोल्पाका उत्तरी चीनसँग जोडिएका नाकाहरु खुलाउने कार्य गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us