समाचार

सात प्रदेशले पनि थारु समुदायलाई सम्बोधन गरेन : नारायणकाजी

२०७२ भदौ ५ गते ११:५८

काठमाण्डु, ५ भदौ–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले दलहरुका बीचमा भएको सात प्रदेशको सहमतिले थारुहरुलाई सम्बोधन नगरेको बताएका छन् । उपाध्यक्ष श्रेष्ठले फेसबुक आफ्नो फेसबुक पेजको स्टाटसमा लेखेका छन्, ‘ नेपाली कांग्रस र एमालेले मस्यौदा समितिमार्फत सात प्रदेश को जुन संघीय ढांचा अघि बढाएको छ,...

टीकापुरमा कफ्र्यु हटाइयो, जनजीवन सहज बन्दै

२०७२ भदौ ५ गते १०:४८

कैलाली, ५ भदौ –अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा शुक्रबारराति ९ बजेदेखि लगाइएको कफ्र्यु शनिबार बिहान ६ बजेबाट हटाइएको छ । कफ्र्यु हटाइएपछि टीकापुर नगर क्षेत्रको स्थिति बिहानदेखि केही सामान्य बनेका, बजार क्षेत्रमा पसल...

जातीय र क्षेत्रीय मुद्दा उठाएर विखण्डन ल्याउने षड्यन्त्र भइरहेको छ : केसी

२०७२ भदौ ५ गते १०:३७

चितवन, ५ भदौ –कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् । सौराहा क्रिकेट युवा क्लबको आयोजनामा आजदेखि सौराहामा सुरु हुने हात्तीकप क्रिकेट प्रतियोगिताको नेता केसीले उद्घाटन गर्दै विविधताको बीचमा एकता भएको नेपालमा पछिल्लो समयमा जातीय र...

काभ्रेका नक्कली भूकम्पपीडितले धमाधम फिर्ता गर्न थाले राहत रकम र परिचय पत्र

२०७२ भदौ ५ गते १०:२९

काभ्रे, ५ भदौ –काभ्रेपलाञ्चोकमा नक्कली भूकम्पपीडितले राहतस्वरुप लिएको रु १५ हजार नगद र परिचयपत्र कार्ड धमाधम फिर्ता गर्न लागेका छन् । नक्कली भूकम्पपीडितको नाममा परेका झन्डै तीन सय उजुरीमध्ये करिब दुई सयले आफूहरुलाई जानकारी नभएर राहत लिएको भन्दै जिल्लाको अधिकांश गाविसमा नै राहत रकम...

पहिरोले दुई घर पुर्‍यो, २२ परिवार विस्थापित

२०७२ भदौ ५ गते १०:१२

जाजरकोट, ५ भदौ –अविरल वर्षापछि बिहीबार दिउँसो गाउँ माथिबाट आएको पहिरोले जाजरकोटको लहँ–४ पिपलचौरमा दुई घर पुरेको छ भने २० घरपरिवार विस्थापित भएका छन् । पहिरोले शिवराज रावल र मकबहादुर सिंहको घर पुरेको स्थानीय राजन रावलले बताए । पानी परिरहेका कारण पहिरो झर्ने क्रम...

जाजरकोटमा बन्द फिर्ता, वातावरण सहज बन्दै

२०७२ भदौ ५ गते ९:४७

जाजरकोट, ५ भदौ – शीर्ष तीन दलका नेताबीच शुक्रबार भएको सहमतिपछि जाजरकोट शान्त भएको छ । शुक्रबार बेलुका नै यहाँको सदरमुकाममा दीपावलीसमेत गरिएको छ । शनबिार बिहानैदेखि सडकमा यातायातका साधन चलेको छन् ।बजार खुलेका छन् भने आइतबारदेखि विद्यालय खुल्ने संयुक्त आन्दोलन परिचालन समिति, जाजरकोटका...

चितवनमा बाढीले ४ घर बगायो

२०७२ भदौ ५ गते ९:००

  चितवन, ५ भदौ – दक्षिण चितवनको माडीमा शुक्रबार आएको भिषण बाढीले चार घर बगाएको छ । अन्य ५० घर डुबानमा परेका छन् । पचास घरमध्ये १४ भने जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । बाढीले घर...

भूकम्पपीडितलाई गाईजात्रा मनाउन नगरपालिकाले दियो २३ लाख

२०७२ भदौ ५ गते ८:४६

भक्तपुर, ५ भदौ – गत वैशाख १२ गते र २९ गतेको परकम्पमा परेर ज्यान गुमाएका परिवारलाई शुक्रबार भक्तपुर नगरपालिकाले रु २३ लाख वितरण गरेको छ । भूकम्पमा ज्यान गुमाएका परिवारले आउँदो गाईजात्रा पर्वमा सहजरुपमा गाईजात्रा मनाउन सकुन् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाभित्रका २३४ परिवारलाई प्रति...

पहिरोले सात घर पुरिए, अझै कति पुरिन्छन् थाह छैन

२०७२ भदौ ५ गते ८:२६

पर्वत, ५ भदौ –निरन्तर खसिरहेको पहिरोका कारण पर्वतको पाङस्थित मालढुङ्गाको सुकुम्वासी बस्ती उच्च जोखिममा परेको छ । पर्वतको कुस्मा नगरपालिका–१ नुवारको डिलबाट झरेको पहिरो बस्तीमा पसेपछि मालढुङ्गामा बस्दै आएका सुकुम्वासीको बस्ती उच्च जोखिममा परेको हो । पहिरोले सात वटा घर पुरेको छ भने म्याग्दी र...

अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच भीडन्त

२०७२ भदौ ४ गते २०:३२

धनगढी, ४ भदौ-कैलाली जिल्लाको पूर्वी क्षेत्र दुर्गौलीमा आज अपराह्न अखण्ड सुदूरपश्चिम पक्ष र थारुहट पक्षका कार्यकर्ताबीच झडप भएपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले शुक्रबार आयोजना गरेको मोटरसाइकल यात्रालाई दुर्गौली क्षेत्रमा थरुहट पक्षका कार्यकर्ताले अवरोध गरेपछि दुवै पक्षबीच दोहोरो ढुङ्गा हानाहान...

बर्दियामा बाढीको खतरा, घर भत्किएर एकको मृत्यु

२०७२ भदौ ४ गते २०:२३

बर्दिया, ४ भदौ-बबई नदीमा पानीको सतह बढेपछि बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।   बबईको पानीको सतह मापन केन्द्र चेपाङमा राति ३ बजेदेखि पानीको सतह बढेर ५.७० मि पुगेकाले नदी आसपासका सबै जनतालाई सतर्कता अपनाउन माइकिङ र...

तराईका २२ जिल्ला २४ सै घण्टा बन्द हुने

२०७२ भदौ ४ गते १९:०५

काठमाण्डु, ४ भदौ– चितवनदेखि कञ्चनपुरसम्मको जिल्ला थरुहट प्रदेश बनाउनु पर्ने माग गदै थरुहट÷थारुवान संघर्ष समितिले भदौ ४ गतेसम्म घोषणा गरेको बन्द ७ गते सम्मको लागि थपिएको छ । बन्द गरेको १० दिन पुग्दासमेत सरकारले आफूहरुको माग सम्बोधन गर्न कुनै चासो नदेखाएको भन्दै आन्दोलन शसक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us