समाचार

संसद् बैठकमा वार्षिक प्रतिवेदन र विधेयक पेस

२०७२ भदौ २० गते १६:३८

काठमाण्डु, २० भदौ-व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले ‘विकास समितिको वार्षिक प्रतिवेदन, २०७२’ पेस गरे ।   उनले राष्ट्रिय गौरवका आयोजना, मुलुकको द्रुततर आर्थिक–सामाजिक विकासका लागि भएका प्रयत्न तथा समितिबाट सम्पादन गरिएका कामकारबाहीबारे सङ्क्षिप्त जानकारी दिए ।   त्यसैगरी,प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट...

भदौ २२ गतेलाई संविधानसभा बोलाइयो

२०७२ भदौ २० गते १६:१६

काठमाण्डु, २० भदौ– संविधानसभाको बैठक आगामी मंगलबार बिहान ११ बजेलाई बोलाइएको छ । संविधानसभा सचिवालयले २२ गते बिहान ११ बजेलाई संविधानसभाको बैठक बोलाएको हो । बैठकमा संविधानको मस्यौदाको धारा उपधारामा दफावार छलफल हुने संविधानसभा सचिवालयले जनाएको छ । संविधानको मस्यौदामाथिको दफावार छलफल सकिएपछि संविधानको...

पोखरीमा डुबेर आशा र मनिषाको मृत्यु

२०७२ भदौ २० गते १६:१५

रौतहट, २० भदौ-चन्द्रपुर नगरपालिका–४ स्थित मोथियाही पोखरीमा डुबेर आइतबार दुई किशोरीको मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ बस्ने करिब १३ वर्षीया मनिषा महतो तथा १२ वर्षीया आशा बैठा रहेका छन् । पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु...

आन्दोलन त्यागेर वार्तामा आऊ: सञ्चारमन्त्री

२०७२ भदौ २० गते १६:०४

विराटनगर, २० भद-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले आन्दोलनरत दललाई आन्दोलन त्यागी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।   विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान गतिशील दस्तावेज रहेको र समयसापेक्ष रुपमा परिमार्जन हुँदै जाने गरेकाले वार्तालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड...

खुल्लामञ्चबाट हिन्दुवादी युवाले दिए यस्तो चेतावनी

२०७२ भदौ २० गते १५:५६

काठमाण्डु, २० भदौ– हिन्दु राष्ट्र स्थापनासहित विभिन्न माग राख्दै विगत सात दिनेदेखि राजधानीको खुल्ला मञ्चमा आमरण अनसन गरिरहेको राष्ट्रिय हिन्दु यूवा मञ्च नेपालले तीन दलको संशोधन प्रस्तावमा पनि धर्म निरपेक्षता कायम राखेको भन्दै त्यसको विरुद्धमा अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । अनसन...

माग पूरा नभएको भन्दै संविधानसभा बहिस्कारको घोषणा

२०७२ भदौ २० गते १५:३१

काठमाण्डु, २० भदौ– आफूहरुले उठाएका माग सम्बोधन नभएको भन्दै थरुहट तराई पार्टी नेपालले संविधानसभा बहिस्कार गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष भानुराम चौधरीले विज्ञप्ती जारी गरी प्रमुख तीन दलको निर्देशनसमा सरकारले विगतमा गरेको सहमति विपरीत संविधान निर्माण प्रक्रिया अघि बढाएको भन्दै संविधानसभामा...

लाङ्टाङ पर्यटकीय क्षेत्रको बाटो निर्माण सुरु

२०७२ भदौ २० गते १५:११

रसुवा, २० भद-‘गोर्खाभूकम्प’ मा क्षति भएको लाङ्टाङ पर्यटकीय पदमार्ग निर्माण तथा मर्मतको क्रम अगाडि बढेको छ ।   वर्षात्को पानी कम भएका कारण जिल्ला विकास समिति रसुवाको १५ लाखको आर्थिक सहयोगमा खाम्जिङदेखि लाङ्टाङको क्याङ्जेनसम्म पदमार्ग निर्माण अगाडि बढाउन लागिएको पुनर्वास अभियानकर्मी सुप्पा तामाङले बताए...

तारजालीभन्दा जनताको सहभागितामा वृक्षारोण प्रभावकारी हुन्छ : वनमन्त्री

२०७२ भदौ २० गते १४:५९

काठमाण्डु, २० भद-वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले वन पैदावारलगायतका उपलब्ध प्राकृतिक स्रोत साधनको विवेकपूर्ण प्रयोग गर्न सकिए समृद्धिको आधार तयार हुनसक्ने बताएका छन् ।   वातावरण संरक्षण समितिको आइतबारको बैठकमा उनले त्यसका लागि वन प्रशासनमा सुशासन कायम गर्ने कार्यलाई मन्त्रालयले उच्च प्राथमिकता दिँदै आएको...

अनलाइन पेजमा ‘एउटै ‘पासवर्ड’ लामो समयसम्म प्रयोग गरे खतरा !

२०७२ भदौ २० गते १४:५०

काठमाण्डु, २० भदौ– नेपालमा साइबर अपराध बढेको भन्दै आफुले चलाएको अकाउन्ट पासवर्ड लामो समयसम्म प्रयोग नगर्न विज्ञहरुले सुझाव दिएका छन् । फेसबुक, टुइट लगायतका अकाउन्टमार्फत साइबर अपराध बढेकोले उनीहरुले सो सुझाब दिएका हुन् । आइतबार आयोजित नेपालको साइबर सुरक्षा र चुनौती विषयक कार्यक्रममा अमेरिकाको...

सांसदहरुले भने, ‘परिबन्दले झ्यालखानाभित्र रहन बाध्य निर्दोषलाई न्याय देऊ’

२०७२ भदौ २० गते १३:४९

काठमाण्डु, २० भद-सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र सुसंस्कृत तुल्याउन शोषणरहित र भेदभावमुक्त समाज निर्माणको आवश्यकता औँल्याइएको छ ।   व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा सहभागी सांसदले छुवाछूत, विभेद, शोषण र कुप्रथाजस्ता विकृतिलाई सबै मिलेर समाजबाट समाप्त पार्न सक्नुपर्नेमा जोड दिए...

भूकम्पबाट १५ प्रतिशत विद्यालय मात्र सुरक्षित

२०७२ भदौ २० गते १३:४०

चौतारा, २० भदौ-भूकम्पपछि उच्च जोखिममा परेका भएपनि पठनपाठन हुँदै आएका यस जिल्लाका केही विद्यालय बन्द गर्न विद्यार्थी सङ्गठनले आग्रह गरेको छ । भूकम्पपछि सिन्धुपाल्चोकका ५४७ विद्यालयमध्ये ८५ प्रतिशत उच्च जोखिममा परेको बताइएको छ ।   विद्यालयमा अनावश्यक शुल्क लिने, खेताला शिक्षक राख्ने, निजी तथा...

उपेन्द्र यादवको फेसबुक एकाउन्ट बन्द गरियो

२०७२ भदौ २० गते १३:३०

काठमाण्डु, २० भदौ– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको फेसबुक एकाउन्ट बन्द भएको छ । फेसबुक बन्द भएको विषयमा कुरा गर्दै अध्यक्ष यादवले भने,‘ १५ हजार फलोअर थिए । तर त्यो एकाएक बन्द गरियो ।’ फेसबुक कसले किन बन्द गर्यो त्यसबारे खोजी गर्ने फर्सुद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us