समाचार

कालीकोटमा कस्तुरी मृग लोप हुँदै, सिकारीले कस्तुरी नपाएपछि बाँदर पनि सिकार गर्न थाले

२०७२ भदौ २१ गते ९:३५

कालीकोट, २१ भदौ – कुनै जमानामा कालीकोटका जङ्गलमा जताततै देखिने कस्तुरी मृग पछिल्लो समयमा विरलै देखिन थालेका छन् । जिल्लामा वनको अवस्था व्यापक भए पनि दिनानुदिन कस्तुरी मृगलगायतका वन्यजन्तु भने कमै देखिने गरेका हुन् । कालीकोट जिल्लाको माथिल्लो क्षेत्रका दांहा बदालकोटमा पर्ने चुलि पाटन,...

बलात्कारको आरोपमा साढे पाँचवर्ष कैद फैसला, पीडितलाई २५ हजार क्षतिपूर्ति

२०७२ भदौ २१ गते ९:२३

इलाम, २१ भदौ – महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन जबर्जस्ती करणी महलको कसुर पुष्टि गर्दै...

बालुवा चोरी गर्ने आठजना ट्याक्टरसहित पक्राउ

२०७२ भदौ २१ गते ८:३६

रुपन्देही, २१ भदौ – तराईमा जारी आन्दोलनको सुरक्षामा प्रहरी खटिएको मौका छोपी रुपन्देही जिल्लाका विभिन्न नाकाबाट नदीजन्य पदार्थ चोरी गर्ने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले विभिन्न स्थानबाट आठ जनालाई ट्र्याक्टरसहित पक्राउ गरेको आइतबार साँझ जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नदीजन्य...

पाल्पाको सेनकालीन रिब्दीकोट दरबार ओझेलमा

२०७२ भदौ २१ गते ८:२६

पाल्पा, २१ भदौ – जिल्लाको कुसुमखोला गाविस–७ स्थित सेनवंशीय राजाको रिब्दीकोट दरबार क्षेत्र प्रचारप्रसार हुन नसक्दा अहिले ओझेलमा रहेको छ । पाल्पाका प्रथम सेनवंशी राजा धर्मपाल सेनले ईसं १४२९ तिर पाल्पा राज्यको स्थापना गरी रिब्दीकोटमा दरबार निर्माण गरी राज्य चलाएको स्थानको उचित संरक्षण हुन...

धनकुटा क्याम्पसमा  तालाबन्दी

२०७२ भदौ २१ गते ८:१६

धनकुटा, २१ भदौ – क्याम्पसले शैक्षिक मागलाई बेवास्ता गरेको भन्दै धनकुटा बहुमुखी क्याम्पसमा आइतबारदेखि विद्यार्थीले तालाबन्दी गरेका छन् । विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीले दरबन्दीअनुसारका शिक्षक नियुक्ति गरिनुपर्नेलगायतका माग पूरा नभएसम्मका लागि भन्दै बहुमुखी क्याम्पस प्रशासनको मूल गेटमै अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विद्यार्थीले विज्ञान...

ज्यानमार्ने मुद्दाका अभियुक्त तीन वर्षपछि पक्राउ

२०७२ भदौ २१ गते ८:१२

  खोटाङ, २१ भदौ – जिल्लाका एक महिलालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विसं २०६९ पुस ६ गते स्थानीय गोमा परियारलाई कुटपिट गरी गम्भीर घाइते बनाउने खार्पा–९ का ५० वर्षीय मानबहादुर सार्कीलाई पक्राउ गरेको हो...

हाम्रा माग बेवास्ता गरियो: झा

२०७२ भदौ २० गते १९:५२

काठमाण्डु, २० भदौ-नेपाल सद्भावना पार्टीले आफूहरुको मागलाई बेवास्ता गर्दै संविधान जारी गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ । सो पार्टीका अध्यक्ष अनिलकुमार झाले आइतबार एक विज्ञप्ति जारी गर्दै थारुसहितका मधेसी जनताको मागको कुनै सम्बोधन नगरी संविधान जारी गर्न लागेको भन्दै...

मन्त्री केसी किन पुगिन् एक्कासि भृकुटीमण्डप ?

२०७२ भदौ २० गते १९:३४

काठमाण्डु, २० भदौ- महिला,बालबालिका तथा समाज कल्याण मन्त्रीको नेतृत्वको एक टोलीले आइतबार भृकुटीमण्डपस्थित बालबालिका खोज तलास केन्द्र १०४, राष्ट्रिय अपाङ्ग कोष, राष्ट्रिय स्वास्थ्य कोष, बालबालिकासम्बन्धी गैरसरकारी संस्थाको महासङ्घ (सिएनएफएन) र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा सञ्चालित अपाङ्गतासम्बन्धी स्रोत केन्द्रको आकस्मिक निरीक्षण गरेको छ । निरीक्षणका क्रममा...

बाबुरामलाई कसले वर्षायो इँटा ?

२०७२ भदौ २० गते १९:०३

काठमाण्डु, २० भदौ– एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले यसबेला एमाओवादी पार्टी र त्यसको नेतृत्व अकमण्र्यतामा फसेको खुलासा गरेका छन् । आइतबार फेसबुक स्टाटस् लेख्दै उनले सो खुलासा गरेका छन् ।     रोमाञ्चक शैलीमा, जेठी भन्छे पानी, कान्छी भन्छे घाम, म एक्लो बुढो कतातिर...

राजनीतिकसभा गरी संविधान जारी गर्न माग

२०७२ भदौ २० गते १८:२२

काठमाण्डु, २० भदौ-विभिन्न राजनीतिक दलहरुले सबै राजनीतिक दलको बृहत् राजनीतिकसभाको आयोजना गरी नयाँ संविधान जारी गर्न सरकारसँग माग गरेका छन् ।   सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनसँग आबद्ध विभिन्न छ राजनीतिक दलका नेताहरुले आइतबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरी संविधानसभामा भाग लिएका र संविधानसभा निर्वाचन...

स्नातकोत्तर तह दोश्रो वर्षको परीक्षाफल प्रकाशित

२०७२ भदौ २० गते १८:१५

काठमाण्डु, २० भदौ-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघरफागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७०) को राजनीति शास्त्र विषयको (सोधपत्र बाहेक) परीक्षाको परीक्षाफल आइतबार प्रकाशन गरिएको छ ।   त्यस्तै, २०७१ साल माघरफागुन महिनामा सञ्चालित...

‘हामी तालाचाबी दिन्छौँ, सरकार तिमी कलेज संचालन गर’

२०७२ भदौ २० गते १७:०७

काठमाण्डु २० भदौ– नीजि मेडिकल कलेज संचालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले माथेमा आयोग जस्ताको त्यस्तै कार्यान्वयन गर्न खोजेको भन्दै उक्त प्रतीबेदन कार्यान्वयन भए आफूहरुले मेडिकल कलेज संचालन नै गर्न नसक्ने दाबी गरेका छन् । उनीहरुले यदी यसतो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us