गोरखा, २१ भदौ । ढुंगाले छाएको एकै प्रकारको मौलिक घरले विगतमा गोरखाको बारपाक गाउँको सुन्दरता बढाएको थियो । तर वैशाख १२ मा बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले एक हजार १५० वटा घरलाई ढालिदियो । पक्की घरहरु चर्किए, ढलेनन् । सम्पत्ति भएका र नभएका...
रौतहट, २१ भदौ – प्रहरीले चोचा रेन्जपोस्टको जङ्गलबाट अवैध तवरले चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ । प्रहरीले सुराकीका आधारमा आज बिहान चोचा रेञ्जपोस्टबाट हरिहरपुरस्थित इस्लामपुर काठ मिलतर्फ ट््याक्टरबाट ओसार्दै गरेको अवस्थामा सालका १३ वटा गोलिया बरामद...
काठमाण्डु, २१ भदौ– काठमाण्डु महानगरपालिका–१५ स्वयम्भु भगवानपाउ बस्ने दोलखा विगु घर भएका ३० बर्षीय तेन्जिङ शेर्पालाई प्रहरीले १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोलीसहित पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–१२ नारायणटार लामा पेट्रोल पम्म नजिकै हेलम्बु बसपार्कमा आइतबार साँझ २ राउण्ड...
कास्की, २१ भदौ – कास्की जिल्लाको घान्द्रुक गाविसलाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको छ । गाविसमा भएका १२ महिना देखि २४ महिनासम्मका सम्पूर्ण बालबालिकाले एक वर्षभित्र नै सम्पूर्ण खोप पाइसकेको तथा आगामी दिनमा जन्मेका सम्पूर्ण बालबालिकालाई समयमै पूर्णखोप लगाउने प्रतिबद्घतासहित गाविसलाई पूर्णखोप सुनिश्चित...
काठमाण्डु, २१ भदौं– राप्रपाबाट आपूर्तिमन्त्री बनेका सुनिलबहादुर थापालाई पार्टी फुटपछि हटाउने वा नहटाउने भन्ने विषयमा विवाद भएको छ । राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा पक्षले आइतबार बेलुका नै प्रधानमन्त्री सुशील कोइरालालाई पत्र लेखेर थापालाई मन्त्री पदबाट फिर्ता बोलाएकोले पदमुक्त गर्न आग्रह गरेको थियो ।...
काठमाण्डु, २१ भदौ – सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले महिला सशक्तीकरणको सवाललाई राजनीतिक तहमा स्थापित गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको १९औँ वार्षिकोत्सव तथा छैटाँै महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री रिजालले गाउँदेखि केन्द्रसम्म महिलालाई राजनीतिमा स्थापित गर्न सकेमा मुलुकको समृद्धि हुने बताएका हुन्...
काभ्रे, २१ भदौ – काभ्रेपलाञ्चोकको कोशीपारिस्थित दुर्गम गाविस मानिने पोखरीचौरीमा स्थानान्तरण भएका भूकम्पपीडितलाई बत्ती, खानेपानी र शौचालयको अभाव हुन थालेको छ । स्थानान्तरण भएका पीडितहरुले आफ्ना पशुपंक्षी, अन्नपात राख्नसमेत समस्या भएको उल्लेख गर्दै त्यसको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेका छन् । पहिले बस्नका लागि...
पर्वत, २१ भदौ – पछिल्लो समयमा चीन कोरिया, खाडी र अफ्रिकी मुलुकमा नेपाली चेलीबेटी बेचबिखन हुने क्रम बढेको छ । केही वर्षअघिसम्म भारतका कोठीमा नेपाली चेली बेचबिखन हुने गरेकामा पछिल्लो समयमा खाडीलगायतका तेस्रो मुलुकमा बेचबिखन बढेको हो । भारतमा लैजानेका विरुद्ध विभिन्न क्षेत्रबाट कडाइ...
काठमाण्डु, २१ भदौ– प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सभासदलाई पार्टी नीति बिपरीत संविधान संसोधनको प्रस्ताव दर्ता नगर्न निर्देशन दिएपनि केही सभासदले संसोधन प्रस्ताव दर्ता गराएका छन् । संविधानसभामा पार्टीको ‘ह्वीप’ नलाग्ने भए पनि पार्टी नेतृत्वले आ–आफ्ना सभासदलाई ‘निर्देशन’ भन्दै व्यक्तिगत रुपमा...
पाँचथर, २१ भदौ – जिल्ला शान्ति समितिले विद्यालयलाई बन्दमुक्त क्षेत्र राख्न सबै राजनीतिक दल, समूह, संघ संस्थासँग सम्वाद गर्ने भएको छ । विद्यार्थीको भविष्य वर्वाद हुने भएकाले बन्द गर्ने राजनीतिक दल, समूह, संघ संस्थासँग विद्यालय बन्दमुक्त क्षेत्र राख्न सबैसँग सम्वाद गर्दै अघि बढ्ने समितिले...
विराटनगर, २१ भदौ – यात्रुबाहक बसको ठक्करबाट मोरङमा आइतबार साँझ एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४३१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे ६ प ६९२६ नम्बरको स्कुटरलाई केरौनमा ठक्कर...
मेलम्ची, २१ भदौ – सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जङ्गली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतङ्कित भएका छन् । भालु र बँदेललगायतका जङ्गली जनावरले खेतबारीमा लगाएको बाली सखाप पार्ने र मान्छेलाई समेत आक्रमण गर्ने हुँदा स्थानीय त्रसित भएका हुन् । भालुको आक्रमणबाट...