समाचार

संसोधन प्रस्ताव छाप्न नभ्याएर बैठक सारियो

२०७२ भदौ २२ गते १०:२६

काठमाण्डु, २२ भदौ– संविधानसभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । आज ११ बजेका लागि बोलाइएको बैठकको तयारी पूरा नभएकाले सारिएको संसद सचिवलायका सह–प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए । सोमबार अबेरसम्म सभासद्हरुले संविधानको विधेयकमा हालेको संशोधन फिर्ता लिने क्रम चलेको थियो । जसका...

राष्ट्रपतिबाट २२९ जनालाई नेपाल विद्याभूषण पदक प्रदान

२०७२ भदौ २२ गते १०:११

काठमाण्डु, २२ भदौ – राष्ट्रपति डा रामवरण यादवले ३६औँ राष्ट्रिय दिवस २०७२ को उपलक्ष्यमा मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा २२९ जना छात्रछात्रालाई नेपाल विद्याभूषण प्रदान गरेका छन् । राष्ट्रपति यादवले १४१ जनालाई ‘क’ श्रेणी, ७४ जनालाई ‘ख’ श्रेणी र १४...

विद्यार्थी मृत अवस्थामा फेला

२०७२ भदौ २२ गते ९:२२

तनहुँ, २२ भदौ – व्यासनगरपालिका–१० स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन् । व्यासनगरपालिका–७ घर भई हाल व्यास–१ भादगाउँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएका पूर्णबहादुर राना मृत अवस्थामा फेला परेका हुन् ।व्यासनगरपालिका–१...

घोषितरुपमै हप्ताको तीन दिन मिल्क होलिडे

२०७२ भदौ २२ गते ९:०२

इलाम, २२ भदौ – दुग्ध विकास आयोजना विराटनगरले विभिन्न समस्या देखाउँदै मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका छन् । उत्पादित दुग्ध उत्पादक वस्तुले उचित बजार नपाउँदा आयोजनाले घोषितरुपमै भदौ १७ गतेदेखि हप्ताको बिहीबार शुक्रबार र शनिबारका दिन मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा...

मधेसका नेता जमिन्दार बन्न खोजे: यादव

२०७२ भदौ २१ गते २०:००

परासी, २१ भदौ-नेकपा माओवादीका संयोजक मातृका यादवले मधेसका नेता आन्दोलनको नाममा जमिन्दार बन्न खोजेको आरोप लगाएका छन् ।   सङ्घयी मधेसी मोर्चा नवलपरासीले सोमबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै संयोजक यादवले उनीहरुले ‘मधेसको ठेक्का’ लिए त्यसरी नै मधेसी माथि शासन गर्न जमिन्दार बन्ने दाउमा...

सञ्चारिका समुहको अध्यक्षमा पुन: शर्मा निर्वाचित

२०७२ भदौ २१ गते १९:५१

काठमाण्डु, २१ भदौ-सञ्चारिका समूहको सोमबार सम्पन्न छैटौं महाधिवेशनले निर्मला शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पुनःनिर्वाचित गरेको छ । कुल दुई सय २४ मत खसेकामा शर्माले एक सय ३४ र उनका प्रतिन्द्वन्द्वी सुचित्रा श्रेष्ठले ८४ मत प्राप्त गरेकी थिइन् ।   यसैगरी...

पचास लाखको लोभ देखाइदिनाले आन्दोलन हिंसात्मक बन्योः मानवअधिकारकर्मीहरु

२०७२ भदौ २१ गते १८:५५

काठमाण्डु, २१ भदौ-मानव अधिकार परिषद् नेपालले बारा र पर्सा जिल्लामा आन्दोलनका क्रममा अधिक बल प्रयोग भएको प्रतिवेदन आज सार्वजनिक गरेको छ ।   परिषद्ले अधिकारकर्मीका सहयोगमा स्थलगत भ्रमणबाट अध्ययन तथा प्रत्यक्षदर्शी, आन्दोलनकारी, सुरक्षाकर्मी, प्रशासन र सञ्चारकर्मीसँग गरेको छलफलका आधारमा प्रतिवेदन तयार गरिएको हो ।...

इमान्दारपूर्वक काम गर्ने कर्मचारीलाई साथ दिन्छु: पण्डित

२०७२ भदौ २१ गते १८:४१

काठमाण्डु, २१ भदौ-सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले इमान्दारपूर्वक कानुनको साथ लिएर काम गर्ने निजामती कर्मचारीलाई सहयोग गरिने बताएका छन् ।   प्रशासकीय अदालतको २८ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा उनले राष्ट्रसेवकलाई सम्बोधन गर्दै भने, ‘राष्ट्र निर्माण गर्ने अभिभारा तपाईँहरूकै हातमा छ, राष्ट्रको विकास गर्छु...

राणाले बोलाए बुधबार केन्द्रीय समितिको बैठक

२०७२ भदौ २१ गते १८:१९

काठमाण्डु, २१ भदौ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले राप्रपा केन्द्रीय कार्य समितिको बैठक भदौ २३ गते बिहान राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा बोलाएका छन् ।   सो पार्टीका प्रवक्ता ठाकुरप्रसाद शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी सबै केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका...

महिला आयोगमा चार सय बढी घरेलु र महिला हिंसाका उजुरी

२०७२ भदौ २१ गते १८:०१

काठमाण्डु, २१ भदौ-राष्ट्रिय महिला आयोगमा एक वर्षमा घरेलु र महिला हिंसाका ४१९ उजुरी परेका छन् ।   तीमध्ये घरेलु हिंसाका ३१७ र महिला हिंसाका १०२ उजुरी परेको आयोगद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आव २०७१/०७२ मा आयोगबाट घरेलु र महिला हिंसाका गरी...

प्रहरीले कांग्रेस पार्टी कार्यालय जोगाउन सकेन, एमाले पार्टी कार्यालय भने बल्लतल्ल जोगायो

२०७२ भदौ २१ गते १७:१३

जनकपुरधाम, २१ भदौ-प्रादेशिक सीमाङ्कनको विरोधमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताले सोमबार दिउँसो ४ बजे जनकपुर उपमहानगरपालिका–४ स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको कार्यालयमा आगजनी गरेका छन् ।   सयौँको सङ्ख्यामा रहेको आन्दोलनकारीले कार्यालयमा पेट्रोल छर्केर आगो लगाइदिएपछि कार्यालय पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।...

तेस्रोलिंगीले पाइन् नेपालीे नागरिकता

२०७२ भदौ २१ गते १७:०७

काठमाण्डु, २१ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डुले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता दिन थालेको छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई गृहमन्त्रालयको परिपत्र अनुसार लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता वितरण गरिएको प्रमूख जिल्ला अधिकारी एकनारायण अर्यालले जानकारी दिए । काठमाण्डु नैकापकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us