समाचार

म्याग्दीको यो चिज खान भुल्नुहोला है !

२०७२ भदौ २२ गते १८:११

म्याग्दी, २२ भद-उत्तरी म्याग्दीको घार गाविसमा उत्पादन गरिएको झन्डै दुई सय केजीभन्दा बढी चिज बिक्री भएको छ । हिमालयन चिज उद्योग सहकारी संस्थामार्फत उत्पादित चिज हिमालपारिको जिल्ला मुस्ताङका विभिन्न ठाउँमा बिक्री वितरण गरिएको हो ।   भूकम्पका कारण ठप्प भएको चिज उद्योगको कारोबार हालै...

अनुत्तीर्ण गराएको भन्दै शिक्षकमाथि आक्रमण

२०७२ भदौ २२ गते १७:१३

कालीकोट, २२ भदौ-भाइलाई अनुत्तीर्ण गराएको भन्दै कालीकोटको फुकोटमा एक प्रधानाध्यापकमाथि आक्रमण भएको छ ।   आइतबार विद्यालयबाट घर फर्कंदै गरेको अवस्थामा स्युना–९ का दिलीप फर्सालले हिमनदी प्राथमिक विद्यालयका प्रधानध्यापक लक्ष्मीप्रसाद बरालमाथि आक्रमण गरेका हुन् । आफ्नो भाइलाई चार वर्ष पहिले विद्यालय पढ्दा अनुत्तीर्ण गराएको...

संविधान संसोधनमा ५४ वटा प्रस्ताव दर्ता, परिमार्जित विधेयकमा छलफल शुरु

२०७२ भदौ २२ गते १७:१०

काठमाण्डु, २२ भदौ – नयाँ संविधानको परिमार्जित विधेयकमाथि दफावार छलफल शुरु भएको छ । मंगलबारको बैठकमा संविधानको परिमार्जित विधेयक, २०७२’ माथि दफाबार छलफल प्रारम्भ भएपछि केही सभासदहरुले आफ्ना धारणा राखेका थिए । यसअघि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले परिमार्जित विधेयकमाथि छलफल प्रारम्भ गरियोस् भनी...

जनकपुरमा निषेधित क्षेत्र घोषणा

२०७२ भदौ २२ गते १७:०१

जनकपुरधाम,२२ भदौ-जिल्ला प्रशासन कार्यालय धनुषाले मङ्गलबारदेखि जनकपुरका केही भागलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।   पछिल्लो २५ दिनदेखि जारी आन्दोलन भड्किन नदिन स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि केही भागलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।   जिप्रका धनुषाले स्थानीय मुरली चोकदेखि कदम चोक,...

दिनरात नभनि खट्ने प्रहरीलाई डेरा नदिने को ?: चुरेभावर

२०७२ भदौ २२ गते १६:३२

काठमाण्डु, २२ भदौ– चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन रौतहटको नाममा रौतहट जिल्लामा प्रहरी र उनका परिवारलाई डेरा बस्न नदिन र बसेको भए पनि तत्काल खालि गर्न गरेको आब्हान प्रति आपत्ति प्रकट गरेको छ ।...

बन्दुकको भरमा बुहमतीय प्रक्रियाबाट संविधान जारी गरे मुलुक द्वन्द्वमा जान्छः यादव

२०७२ भदौ २२ गते १६:०४

काठमाण्डु, २२ भदौ– मधेसवादी दलहरुले यथास्थितमा संविधान जारी गरे मुलुकले फरि द्वन्द्वको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । मंगलबारको संविधानसभा बैठक शुरु भएलगत्तै मधेसवादी दलका नेताहरुले विगतमा सरकारले मधेसी, जनजाती, थारु र आदिवासीलगायतका समुदायसँग गरेको सहमति बिपरीत संविधान निर्माण प्रक्रिया अघि बढाएको भन्दै विरोध...

तराई–मधेस केन्द्रित दलबाट संविधानसभा बहिस्कार

२०७२ भदौ २२ गते १५:४५

काठमाण्डु, २२ भदौ– तराइ मधेस केन्द्रित दलहरुले संविधानसभाको बैठक बहिस्कार गरेका छन् । मंगलबारको बैठक शुरु भएलत्तै मधेस केन्द्रित दलका नेताहरुले नाराबाजी गर्दै संविधान निर्माण प्रक्रिया बहिस्कार गरेका हुन् । बैठकमा संविधान संसोधनको अन्तिम विधेयकमाथिको छलफल गर्ने कार्यसूची थियो । उनीहरुले प्रमुख दलले लामो...

संविधानसभा बैठक शुरु, संसोधन प्रस्तावमाथि छलफल हुँदै

२०७२ भदौ २२ गते १५:२४

काठमाण्डु, २२ भदौ– संविधानसभाले मंगलबारबाट संविधान निर्माणको अन्तिम प्रक्रिया सुरु गर्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै साढे तीन घण्टा ढिलो गरी शुरु भएको छ । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको अन्तिम विधेयकमा सदनमा दफावार छलफल गरियोस् भन्ने...

लागूऔषध चरेससहित दुईजना पक्राउ

२०७२ भदौ २२ गते १५:१९

काठमाण्डु, २२ भदौ-लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले तीन किलो लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा मकवानपुर टिस्टुङ जकटारा–९ बस्ने २६ वर्षीय मानबहादुर तामाङ र मकवानपुर मालगिरी–६ बस्ने प्रेम तामाङ रहेका छन् ।   उनीहरुलाई प्रहरीले मङ्गलबार तिलगङ्गा आँखा अस्पताल अगाडिबाट...

मुस्ताङमा हिमचितुवाको वथानले सयौं च्याङ्ग्रा मारे

२०७२ भदौ २२ गते १५:१४

मुस्ताङ, २२ भदौ-उपल्लो मुस्ताङको चराङ–१, मराङ गाउँमा मध्यराति हिउँचितुवा गोठमा आएर १०४ च्याङ्ग्रा मारेका छन् ।   गाउँनजिकै रहेको पेमाछेतेन गुरुङको गोठमा आइतबार र सोमबार राति आएको हिउँ चितुवाले उक्त सङ्ख्यामा च्याङ्ग्रा मारेपछि पूरै बस्तीका स्थानीयवासी त्रसित बनेका छन् ।   पहिलो रातमा सात...

राणाले हुकुमी शासन चलाएः लोकेन्द्रबहादुर

२०७२ भदौ २२ गते १५:१३

काठमाण्डु, २२ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले केही दिन प्रक्रिया रोकेर भएपनि असन्तुष्ट पक्षसँग संबादमार्फत अधिकतम सहमति जुटाएर मात्र संविधान जारी गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘दुई चार दिन ढिला गरेर केही हुँदैन ।...

महोत्तरीमा मोटरसाइकल जलाइयो

२०७२ भदौ २२ गते १४:५४

गौशाला, २२ भदौ-महोत्तरीको मुख्य भारतसंगको नाका भिठ्ठामोडमा बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले मंगलबार दिउँसो एउटा मोटरसाइकल जलाएका छन् ।   जलेश्वर नगरपालिका–१२ मलिवारास्थित नेपाल भारत सीमा नाका भिठ्ठामोडमा मोर्चाका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै ज १ प १७०५ नंको मोटरसाइकल जलाएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us