काठमाण्डु, २२ भदौ– नेपाली कांग्रेसका सभासदहरुले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दल र समूहका मागसमेत सम्बोधन गरी संविधान जारी गर्न नेतृत्वलाई सुझाव दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालासँगको छलफलमा सभासद फरमुल्लाह मन्सुर, बुद्धिसागर चौधरी, तेजुलाल चौधरी, रामकृष्ण यादव र...
काठमाण्डु, २२ भदौ-सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले देश निर्माणका लागि नयाँ ‘एजेन्डा’ भए आफूसमक्ष ल्याउन विद्यार्थीलाई आग्रह गरेका छन् । ‘मोर्डन कन्या कलेज’को वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित ‘असल पुस्ता निर्माण हाम्रो अभियान’ विषयको अन्तरक्रियामा उनले विद्यार्थीलाई आफ्नो ‘मोबाइल नम्बर’ टिपाउँदै भने, ‘अब देशको सार्वभौमिकता...
काठमाण्डु, २२ भदौ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले औपचारिक रुपमा संविधानसभाबाट बाहिरीेन निष्कर्ष निकालेको छ । मंगलबार अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटेर संविधान निर्माणको प्रकृयाबाट बाहिरीने पत्र बुझाएको छ । गच्छदारले प्रदेशको सीमाकंनप्रति असन्तुष्टी जनाउँदै ४ दलीय गठवन्धनबाट बाहिरिएकाले आन्दोलनका लागि संविधानसभामा...
काठमाण्डु, २२ भदौ– झापादेखि कञ्चनपुरसम्म घोषणा गरिएको आमहड्तालको प्रभाव तराईका सबैजसो जिल्लामा परेको छ । तर धेरैजसो जिल्लामा आन्दोलनकारीको बाक्लो उपस्थिति छैन । झापा, मोरङ सुनसरीमा आंशिक प्रभाव छ । विराटनगरका पत्रकार विक्रम निरौलाका अनुसार झापामा बन्दको प्रभाव छैन । मोरङ र सुनसरीका दक्षिणी...
धादिङ, २२ भदौ-विनाशकारी भूकम्पमा ज्यान गुमाएका धादिङका दुईजना निजामती कर्मचारीलाई निजामती सेवा दिवस, २०७२ को अवसरमा मरणोपरान्त सम्मान गरिएको छ । त्यसरी सम्मानित हुनेमा सेवामा कार्यरत रहेकै अवस्थामा वैशाख १२ गतेको भूकम्पमा ज्यान गुमाउने मार्पाक स्वास्थ्य चौकीका सिनियर अनमी रामकुमारी अधिकारी र तिप्लिङ...
ताप्लेजुङ, २२ भदौ-पन्ध्र दिनको म्याद दिएर ताप्लेजुङको पहिरोग्रस्त दुई गाविस लिवाङ र खोक्लिङको स्थलगत अध्ययन प्रतिवेदन तयार गर्न सरकारी संयन्त्रको टोली परिचालन गरिए पनि २० दिन बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक भएको छैन । पहिरोपीडितले नै सरकारी निकायबाट स्थलगत अध्ययन, अवलोकन नभएको गुनासो गरेपछि...
काठमाण्डु, २२ भदौ –प्राध्यापक डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फेरि पनि अनसन बस्ने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ती निकालेर डा. केसीले सरकारले हालै गरेको सहमति अनुसार काम नगरेको भन्दै बिहिबारभित्र माग पूरा नगरे पुनःअनसनमा बस्ने चेतावनी दिएका हुन् । डा. केसीले...
काठमाण्डु, २२ भदौ-नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा जारी ‘तिते जिरे मेरी बास्सै’ गाईजात्रामा दर्शक हास्य व्यङ्ग्यमा रमाइरहेका थिए । एक्कासि उद्घोषक राजा राजेन्द्र पोखरेलले भने, ‘आदरणीय दर्शकवृन्द, हाम्रो कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको आगमन भएको छ, लोकप्रिय मन्त्रीलाई स्वागत गरौँ ।’ ...
काठमाण्डु, २२ भदौ, पार्टी नेतृत्वको चर्को दवाव आएपछि संविधानसभामा पेश नभई २ वटा संविधान संसोधनका प्रस्ताव फिर्ता भएका छन् । नेकपा एमालेका सभासदहरु जितबहादुर दर्जी गौतम र दलबहादुर सुनार तथा नेपाली कांग्रेसका शंकरप्रसाद भण्डारीले आफ्नो संसोधन प्रस्ताव फिर्ता लिएका हुन् । एमाले सभासदद्वय गौतम...
झापा, २२ भदौ – जिल्ला कारागार झापामा क्षमताभन्दा अढाइ गुणा बढी कैदीबन्दी रहेका कारण कैदीका दिनचर्या कष्टकर बन्दै गएको छ । विभिन्न मुद्दामा हाल ८२६ जना कैदी कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ । विसं २०१९ मा निर्माण भएको कारागारमा ३ सय जना कैदी...
धादिङ, २२ भदौ – भीमढुंगा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया...
काठमाण्डु, २२ भदौ – अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने नाराका साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘दीगो विकासका लागि...