समाचार

सुनसरीमा बिहानै गाडीमा तोडफोड र आगजनी

२०७२ भदौ २४ गते ११:४१

विराटनगर, २४ भदौ– सुनसरीमा बिहान ४ बजे बन्दकर्ताहरुले दुईवटा गाडीमा तोडफोड गर्नुका साथै एउटामा आगजनी गरेका छन् । दुहवी–भलुवा नगरपालिका–७ स्थित कोसी राजमार्गमा को १ च २६९८ नंको मारुती भ्यानमा आगजनी गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बन्दकर्ताहरुले सयौँ गाडीलाई जबर्जस्ती...

विद्यार्थी आन्दोलन फिर्ता

२०७२ भदौ २४ गते ११:३४

भीमदत्तनगर, २४ भदौ – कञ्चनपुरको भीमदत्तनगरमा केही दिनदेखि विद्यार्थी संगठनले थालेको आन्दोलन माग पूरा गर्ने सहमतिपछि फिर्ता लिएको छ । विद्युतभार कटौती सयम घटाएर दैनिक तीन घन्टा गरिएपछि आन्दोलनरत ६ वटै विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिएका हुन् । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय...

विद्यालय सञ्चालन गर्न घुम्ती कोष

२०७२ भदौ २४ गते ११:२६

म्याग्दी, २४ भदौ –म्याग्दीको बाबियाचौर–७ लरेनी गाउँका बासिन्दाले सामुदायिक विद्यालय सञ्चालन गर्न घुम्ती कोषको स्थापना गरेका छन् । लरेनीमा रहेको विकास प्राथमिक विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब खुवाउन स्थानीयवासीले चन्दा संकलन गरी घुम्ती कोष परिचालन गरेका हुन् । समुदायमा पैसा आवश्यक परेका व्यक्तिलाई कोषको...

पाँचथरमा लागू गरिएको मातृभाषा पाठ्यक्रम प्रभावकारी भएन

२०७२ भदौ २४ गते १०:१०

पाँचथर, २४ भदौ – जिल्लामा लागू गरिएको मातृभाषा पाठ्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ । हाल जिल्लामा तीनवटा मातृभाषामा पठनपाठन हुने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका शाखा अधिकृत युगमणि सवेहाङ भन्छन्, “यस पाठ्यक्रमका लागि भिन्नै शिक्षक दरबन्दी नभएकाले पनि समस्या भएको...

भूकम्पपछि बिग्रेको लाङटाङको पर्यटकीय मार्ग मर्मत हुँदै

२०७२ भदौ २४ गते ९:१०

  धुन्चे , २४ भदौ – भूकम्पपछि बिग्रेको लाङटाङको पर्यटकीय मार्ग मर्मत तीव्र गतिमा अगाडि बढेको छ । उपभोक्ता समितिका अध्यक्ष सुप्पा तामाङका अनुसार स्याफ्रुबेसीदेखि लाङटाङको गोरेटो बाटो मर्मतका लागि यार्सा क्षेत्रबाट ल्याइएको मजदुर र स्थानीयवासीको सहयोगमा तीव्र गतिमा काम अगाडि बढिरहेको छ ।...

तडकभडक बिना तिज मनाउन तनहुँका महिला पत्रकारको सन्देश

२०७२ भदौ २४ गते ८:४०

तनहुँ, २४ भदौ – न त रातो साडीमै सजिएका थिए, न त उनीहरु गरगहनामै सजिएका थिए, नत हातभरि नै चुरा नै लगाएका थिए एक दर खाने कार्यक्रममा सहभागी भएका महिला । चाडपर्व मनाउन तडकभडकबिना पनि सकिन्छ भन्ने सन्देश दिन क्रियाशील पत्रकार महिला तनहुँ शाखाले...

अस्पताल नगएरै तलब पचाए यी सहायक स्वास्थ्यकर्मीले

२०७२ भदौ २४ गते ८:२८

  डोल्पा, २४ भदौ – डोल्पाको रिमी गाविसस्थित झ्याँकोट स्वास्थ्य चौकीमा काम गर्दै आएका एक वरिष्ठ सहायक स्वास्थ्यकर्मी अहिलेसम्म सरुवा भएको स्वास्थ्य चौकीमा गएका छैनन् । डोल्पाको काइगाउँ गाविसमा घर भएका निमा छिरिङ बुढा अहिलेसम्म पनि आफ्नो कार्य क्षेत्रमै नगएर तलब भत्ता पचाउने गरेका...

यस्तो छ अब कैलालीको टीकापुरवासीको चाहना

२०७२ भदौ २३ गते १९:२०

टीकापुर, २३ भदौ– केही दिन अघि टीकापुरमा हिंसात्मक घटनायता त्यस आसपासको क्षेत्रमा अहिले विस्तारै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । टीकापुर क्षेत्रमा लगाइएको निषेधाज्ञा दिनहुँ खुकुलो बनाइएपछि सर्वसाधारणको चहलपहल बढेको स्थानीय व्यवसायी रामप्रसाद चौधरीले बताए । निषेधाज्ञा र बन्दले जनजीवन कष्टकर बनाएपनि सामाजिक सद्भावमा...

करेन्ट लागेर लालबाबुको मृत्यु

२०७२ भदौ २३ गते १८:५७

कलैया, २३ भदौ– बारा जिल्ला बेल्टारी गाविसस्थित मन्दिरमा माइक बजाउन बिजुलीको तार जोेड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेल्टारी–८ का ४० वर्षीय लालबाबु महतो रहेको बेल्टारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक महताव आलमले बताए । रासस...

झडपमा सभासद्सहित १० जना घाइते

२०७२ भदौ २३ गते १८:४६

विराटनगर, २३ भदौ– यहाँको रोडशेष चौकमा प्रहरी र संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा सभासद् उषा यादवसहित दश व्यक्ति घाइते भएका छन् । सभासद् यादवसहित सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामविलास यादव, जिल्ला सचिव रक्छामी किराती, महेश्वर यादवलगायत घाइते भएको सो पार्टीका जिल्ला...

पासवान २ दिनदेखि आमरण अनसनमा

२०७२ भदौ २३ गते १८:१०

काठमाण्डु, २३ भदौ– आफ्ना माग सम्बोधन नभएको भन्दै बहुजन शक्ति पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवान दुई दिनदेखि आमरण अनसनमा बसेका छन् । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि सडक छेउमा आमरण पासवान २२ गतेदेखि अनसन बसिरहेका छन् । आ बन्ने संविधानमा आदिबासी जनजातिलाई ३७ प्रतिशत आरक्षण...

प्रधानमन्त्रीले भनेका छन् अनशन तोड रे !

२०७२ भदौ २३ गते १८:०४

काठमाण्डु, २३ भदौ– सनातन हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय हिन्दू युवा मञ्चले विगत नौ दिनदेखि जारी राखेको आमरण अनशन तोड्न सरकारले आग्रह गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले अनशनस्थल पुगी प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट अनशनकारीलाई अनशन तोड्न आग्रह गरे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us