समाचार

नयाँ प्रधानसेनापतिलाई दज्र्यानी चिह्न प्रदान

२०७२ भदौ २४ गते १५:१२

काठमाण्डु, २४ भदौ-राष्ट्रपति रामवरण यादवले प्रधान सेनापतिमा नियुक्त भएका रथी राजेन्द्र क्षत्रीलाई बिहीबार नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति क्षत्रीलाई महारथीको फुली ९दज्र्यानी चिह्न० लगाइदिएका हुन् । राष्ट्रपति यादव नेपाली...

सरकारसँग वार्ता गर्ने वातावरण बनेको छैनः मोर्चा

२०७२ भदौ २४ गते १५:०५

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि तयार भएपनि सरकारले अझै उचित वातावरण नबनाएको ठहर गरेको छ । भैरहवामा बिहान बसेको बैठकले मोर्चा वातावका लागि सधैं तयार रहेकाले वार्ताको वातावरण बनाउन पुन सरकारसँग आग्रह गरेको छ । बैठकपछि तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले...

आचार्यले भने, ‘चुनौती आयो भन्दैमा खुट्टा कमाउदैनौ’

२०७२ भदौ २४ गते १४:१३

काठमाण्डु, २४ भदौ-कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले विश्वमा कहीँ पनि विवादमुक्त ढङ्गले संविधानसभाबाट संविधान जारी नभएको बताएका छन् ।   नेपाल प्रेस युनियनले जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०१ औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले दक्षिणी छिमेक भारतमा पनि...

सिरहा निषेधित क्षेत्र घोषणा

२०७२ भदौ २४ गते १३:३४

लहान, २४ भद-आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला सुरक्षा समितिले सिरहा जिल्लाका केही भागलाई अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।   जिल्ला प्रशासन कार्यालय सिरहाले भर्खर सार्वजनिक सूचना जारी गर्दै आन्दोलन हिंसात्मक देखिएकाले जिल्लाको शान्ति सुरक्षा र यातायात सञ्चालन गराउन आज मध्याह्न १२...

विराटनगरमा रगत छैन

२०७२ भदौ २४ गते १३:११

पथरी, २४ भदौ-विराटनगरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ ।   नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय कार्यालय विराटनगरको ब्लड बैंकमा ए पोजेटिभ, ओ पोजेटिभ, नेगेटिभ, बी पोजेटिभ, एबी पोजेटिभलगायत ग्रुपका रगतको अभाव भएको केन्द्रले जनाएको छ ।   नेपाल रेडक्रस सोसाइटी विराटनगरका अध्यक्ष...

पूर्वका नौ जिल्लामा आमहडताल

२०७२ भदौ २४ गते १३:०४

पाँचथर, २४ भदौ-लिम्बूवान स्वायत्त राज्यको माग गर्दै लिम्बूवान संयुक्त सङ्घर्ष समितिले बिहीबार अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ ।   पूर्वका नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान स्वायत्त राज्य लेखिनुपर्ने, धर्मनिरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलो १६९, युएन् ड्रिपलाई संस्थागत...

पाल्पामा सयौंलाई एचआइभी एड्स संक्रमण

२०७२ भदौ २४ गते १२:५४

पाल्पा, २४ भदौ-एचआइभी एड्सबाट सङ्क्रमित हुनेको सङ्ख्या पाल्पामा दुई सय ४० पुगेको छ । जिल्लामा आव २०७०/७१ मा ८६ एचआइभीरएड्सबाट प्रभावित बनेको थियो ।   जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार एचआइभीरएड्सबाट सङ्क्रमित आमाबाबुबाट जन्मेका शिशु एचआइभी सङ्क्रमित हुने डरसमेत बढ्दो...

संविधान निर्माणमात्र बिपीप्रति सच्चा सम्मानः पौडेल

२०७२ भदौ २४ गते १२:५२

काठमाण्डु, २४ भदौ – नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान बनाउन सकिएमात्र जननायक बिपी कोइरालाप्रति सच्चा सम्मान हुने बताएका छन् । कोइरालाको १०१औं जन्मजयन्तीका सन्दर्भमा प्रजातान्त्रिक विचार समाजले बिहीबार गरेको कार्यक्रममा उपसभापति पौडेलले संविधानसभाबाट समयमानै लोकतान्त्रिक संविधान जारी गर्नसके आजीवन प्रजातन्त्रको लडाइँ लडेका...

सिन्धुपाल्चोकमा करेन्ट लागेर तामाङको मृत्यु

२०७२ भदौ २४ गते १२:४८

चौतारा, २४ भदौ-सिन्धुपाल्चोक जिल्लाको भोटसिपा–५ निवासी ४० वर्षीय डम्बरबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।   बुधबार बेलुका बोटोमा हिँडिरहेको अवस्थामा मेनलाइनको तार चुँडेर करेन्ट लागी घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । एक साताअघि पनि करेन्ट लागेर नै...

तीन दलले वार्ताको आह्वान गरेपछि भैरहवामा मधेसी मोर्चाको बैठक

२०७२ भदौ २४ गते १२:३२

भैरहवा, २४ भदौ– प्रमुख तीन दलका नेताले वार्ताको आह्वान गरेलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बिहीबार भैरहवामा शुरु भएको छ । मोर्चाले तीन दलले गरेको वार्ताको आह्वानबारे आफ्नो धारणा तय गर्ने बताइएको छ । बुधबार साँझ प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र...

संविधान ल्याउन ढिलाइ गर्नु हुँदैनः रावल

२०७२ भदौ २४ गते १२:१३

काठमाण्डु, २४ भदौ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान लेखन प्रक्रियामा लामो छलफल र अभ्यास गरिसकेकाले जनताको भावना अनुसार संविधान जारी गर्न ढिलाइ गर्न नहुने बताएका छन् । बिहीबार संविधानको विधेयकमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष रावलले कुनै पनि बहानामा संविधान निर्माण प्रक्रियालाई रोक्न नहुने...

संविधानको विधेयक सबैको साझा होः पौडेल

२०७२ भदौ २४ गते १२:०७

काठमाण्डु, २४ भदौ– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले परिमार्जित विधेयक प्रमुख राजनीतिक दलको साझा प्रस्ताव भएकाले सबैले स्वीकार गर्नुपर्ने बताएका छन् । बिहीबार संविधानसभाको बैठकमा आफ्नो धारणा राख्दै उपसभापति पौडेलले धर्मको विषयमा गरिएको व्याख्या बाध्यात्मक आवश्यकता भएकाले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गर्दै नेपालका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us