समाचार

कांग्रेसका थारु, मधेसी सदभासदले मतदान बहिष्कार गर्ने

२०७२ भदौ २५ गते १२:५९

काठमाण्डु, २५ भदौ– नेपाली कांग्रेसका सभासद् सुरेन्द्रप्रसाद चौधरीले आन्दोलनलाई सम्बोधन नगरी संविधान निर्माण प्रक्रिया अघि बढे कांग्रेसका मधेसी र थारु सभासदले मतदान बहिष्कार गर्ने बताएका छन् । काठमाण्डुटुडेसँग कुराकानी गर्दै सभासद् चौधरीले भने,‘नरसंहार गरेर, कफ्र्यु र सेनाको बलमा जारी भएको संविधान टिक्दैन भन्ने थाह...

हत्या गरेर फालेको चार दिनपछि खेतमा शव भेटियो

२०७२ भदौ २५ गते १२:४१

गौशाला, २५ भदौ– महोत्तरी जिल्लाको धीरापुर गाविसमा आज बिहान हत्या गरिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ । नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३० वर्षीय पुरुषको हत्या गरिएको शव धीरापुर गाविस– २ स्थित खेतमा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा नाराबाजी

२०७२ भदौ २५ गते १२:३१

चितवन, २५ भदौ – अस्पतालमा सुत्केरी गराउन आएकी महिलाको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन् । चितवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतोको सुत्केरी गराउने क्रममा पाठेघर फुटेर मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्न माग गर्दै नारावाजी गरेका हुन्...

आमाबाबाले छाड्दा तीन छोरीको बिचल्ली

२०७२ भदौ २५ गते १२:२५

जाजरकोट, २५ भदौ – जाजरकोटको भुर गाविस– २ पोख्राका मनवीर विककी तीन छोरी बिचल्ली भएका छन् । आमाबाबाले छोरीहरुको बेवास्ता गर्दा विचल्ली परेको ठूला बाबु देवबहादुर विकले बताउए । नौ वर्षीया छाया विक, चार वर्षीया शारदा विक र दुई वर्षीया सुमित्रा विककी आमा चन्द्रकला...

तीन दलको बैठक जारी, आन्दोलनरत पक्षसँग वार्ताको पहलबारे छलफल हुँदै

२०७२ भदौ २५ गते १२:१९

काठमाण्डु, २५ भदौ– विभिन्न पक्षबाट संविधान निर्माणको प्रक्रिया केही दिन रोक्न दवाव परेका बेला प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरू सहभागी बैठकमा संविधान निर्माणको अन्तिम प्रक्रियालाई केही दिन स्थगित गरेर...

सहमति कार्यान्वयन नभएको भन्दै केसी अनसन बस्ने तयारीमा

२०७२ भदौ २५ गते १२:०५

काठमाण्डु, २५ भदौ– सरकारले एक् सताअघि आफूसँग गरेको सहमति पालना गर्न चासो नदेखाएको भन्दै प्राध्यापक डा. गोविन्द केसी पुन अनसन बस्ने तयारी गरेका छन् । १४ दिन लामो अनसन टुङ्याएको १ हप्ता पनि वित्न नपाउदै डा. गोविन्द केसीले फेरि शुक्रवार दिउसोदेखि सातौँ पटकको अनसन...

स्वास्थ्य संस्थामा औषधिको अभाव

२०७२ भदौ २५ गते ११:४०

कञ्चनपुर, २५ भदौ – कञ्चनपुरका स्वास्थ्य संस्थामा औषधिको चर्को अभाव भएको छ । लामो समयको बन्दका कारण औषधि आपूर्तिमा बाधा उत्पन्न भएपछि औषधिको अभाव भएको हो । औषधि आपूर्ति नभएपछि जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले स्वास्थ्य चौकीहरुलाई अति आवश्यक औषधिसमेत उपलब्ध गराउन सकेको छैन ।...

एमाले अध्यक्ष ओली र भारतीय राजदुत रायबीच भेटवार्ता

२०७२ भदौ २५ गते ११:१५

काठमाण्डु, २५ भदौ– नेकपा एमाले अध्यक्ष केपी ओलीसँग नेपालका लागि भारतीय राजदुत रणजित रायले भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा शुक्रबार बिहान भएको भेटवार्तामा संविधान निर्माणको प्रक्रिया र मधेस केन्द्रित दलहरुको आन्दोलनका बारेमा छलफल भएको छ । संविधान निर्माण प्रक्रिया निर्णायक चरणमा प्रवेश...

शीर्ष नेताको बैठकमा एमाओवादीले प्रधानमन्त्रीलाई दबाब दिने

२०७२ भदौ २५ गते ८:४५

काठमाण्डु, २५ भदौ–तराईमा जारी आन्दोलन र संविधान निर्माणका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार हुने छलफलमा एमाओवादीले प्रधानमन्त्रीलाई थारु र मधेसीका माग सम्बोधन गर्न दबाब दिने बुझिएको छ । एमाओवादीले केही दिन प्रक्रिया रोकेर...

मध्य तराईमा कडा, पश्चिममा केही खुकुलो

२०७२ भदौ २५ गते ८:४२

काठमाण्डु, २५ भदौ– जारी आन्दोलन मध्यतराईमा कडा बन्दै गएको छ भने सुदूरपश्चिमा केही खुकुलो भएको छ । कैलालीको टीकापुरमा लगाइएको कफ्र्यु शुक्रबार ६ घण्टामा झारिएको छ । कैलालीमा बिहान ११ देखि ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ । बिहीबार कफ्र्यु ७ घण्टा लगाइएको थियो...

शुक्रबारदेखि मतदान, तीन दिनमा संविधान बनिसक्ने

२०७२ भदौ २५ गते ८:१९

काठमाण्डु, २५ भदौ– संविधानसभामा संविधानको परिमार्जित मस्यौदामाथि दफावार छलफल अन्तिम चरणमा पुगेलगत्तै शुक्रबारदेखि नै धारा पारित गर्न मतादान हुँदैछ । मस्यौदाको दफावार छलफलमा १० सभासदले बोल्न बाँकी छ । सो काम सकिएलगत्तै प्रमुख दलका शीर्ष नेताले बिहान ११ बजे संविधानसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको संविधानसभा...

आज पञ्चदान पर्व

२०७२ भदौ २५ गते ८:१४

काठमाण्डु, १८ भदौ – आज भाद्रकृष्ण तृतीया अर्थात पँजरा अर्थात पञ्चदान पर्व । काठमाण्डु, भक्तपुर, किर्तीपुर, साँखु, ठिमी, बनेपा, पनौतिलगायतका ठाउँमा बौद्ध धर्मावलम्वी नेवारहरुले पँजरा अर्थात पञ्चदान पर्व मनाउँदै छन् । बौद्ध धर्मावलम्बीहरुले बज्राचार्य, चैलक तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराऊ नून, रोटी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us