समाचार

सहमतिका लागि बाबुरामको दौडधुप

२०७२ भदौ २६ गते १२:०३

काठमाण्डु, २६ भदौ– आन्दोलनरत दलहरुबीच सहमतिको वातावरण बनाएर अधिकतम सहमतिमा संविधान जारी गर्न एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले शनिबार बिहानैबाट पहल शुरु गरेका छन् । प्रमुख दलहरुबीच शुक्रबार संविधानसभाको प्रक्रिया २ दिन रोकेर मधेस केन्द्रित दलहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।...

सभासदको घर अगाडि कालो झन्डा गाडियो

२०७२ भदौ २६ गते १२:०२

काठमाण्डु,  २६ भदौ– सप्तरी क्षेत्र नम्बर ६ का सभासद सुरेन्द्र यादव र अर्का सभासद सकलदेव सुतिहारको निवास अगाडि बिरोध प्रदर्शन गरिएको छ । मधेसमा भइरहेको आन्दोलनको समर्थन नगरेको भन्दै सभासदको घर अगाडि कालो झन्डा गाडिएको छ ।...

एक आन्दोलनकारीको मृत्यु, नौ प्रहरीसहित १२ घाइते

२०७२ भदौ २६ गते ११:३२

तनहु, २६ भदौ – पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । प्रहरीको गोली लागी व्यासनगरपालिका...

भट्टराईले भने, ‘आजको २४ घण्टाले नेपाल अखण्ड हुने कि विखण्डन हुने फैसला गर्नेछ’

२०७२ भदौ २६ गते १०:५६

काठमाण्डु, २६ भदौं – एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आजको २४ घण्टाले नेपाल अखण्ड हुने कि विखण्डनमा जाने फैसला गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्टाटस लेख्दै भनेका छन्, ‘ आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म...

सेनाका पूर्वसहायक रथी भन्छन्, ‘नेपालमा सैनिक शासन लागु हुन्छ, वातावरण बन्दैछ’

२०७२ भदौ २६ गते १०:४०

काठमाण्डु, २६ भदौ– नेपाली सेनाका पूर्वसहायक रथी उमेशकुमार भट्टराईले नेपालमा सैनिक शासन लागु हुने वातावरण बन्दै गएको बताएका छन् । द्वन्द्व व्यवस्थापनमा विद्यावारिधिसमेत गरेका भट्टराईले देशमा जारी हिंसात्मक राजनीतिले सैनिक शासन लागु हुने दिन नजिकै आएको दावी गरेका छन् । पत्रकार नारायण पौडेलको कार्यक्रम...

राप्रपा नेपालले आन्दोलनबारे रणनीति बनाउँदै

२०७२ भदौ २६ गते ९:३४

काठमाण्डु, २६ भदौ– संविधानसभामा रहने कि बाहिरीने भन्ने विषयमा निर्णय लिन राप्रपा नेपालले शनिबार केन्द्रीय समितिको बैठक डाकेको छ । संविधानसभा भित्रै रहेर आन्दोलन गर्ने वा सडक संघर्षमा जाने भन्ने विषयमा पार्टीको रणनीति तय गर्न केन्द्रीय समितिको बैठक बिहान ११ बजे बोलाइएको बुझिएको छ...

तराईमा बन्द जारी, बारामा चिनी बोकेका तीन ट्रक जलाइयो

२०७२ भदौ २६ गते ९:२४

काठमाण्डु, २६ भदौ– तराईमा जारी आन्दोलन शनिबार पनि जारी छ । तराईका ठाउँ ठाउँमा कर्फयु, निषेधित क्षेत्र, दंगाग्रस्त क्षेत्र तोकेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको छ । तर आन्दोलन हिंस्रक बन्दै गएको छ । आन्दोलनकारीका तर्फबाट भएका केही घटना पाशविकसमेत भएकोले सुरक्षामा चुनौती थपिँदै...

एम्बुलेन्स तोडफोडको विरोध गर्दै मोरङका चालकहरु आन्दोलित

२०७२ भदौ २६ गते ८:४४

  मोरङ, २६ भदौ – बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । एम्बुलेन्स चालकले सुरक्षाको प्रत्याभूति नहुँदासम्म विराटनगर–रङ्गेली सडकखण्डमा एम्बुलेन्स सञ्चालन नगर्ने निर्णय पनि गरेका छन् । एम्बुलेन्स चालक सङ्घ, मोरङका सचिव चन्द्र पराजुलीले बन्दकर्ताले एम्बुलेन्समाथि...

५ महिनादेखि विद्युत छैन लाप्राकमा

२०७२ भदौ २६ गते ८:०४

गोरखा, २६ भदौ – भूकम्पपछि गएको पहिरोले लघुजलविद्युत् बिग्रेपछि पाँच महिनादेखि गोरखाको लाप्राक गाउँका स्थानीयवासीले विद्युत् प्रयोग गर्न पाएका छैनन् । विद्युत् अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी सुन्न, कुटानीपिसानी मिल सञ्चालन गर्न नसकिएको गुनासो स्थानीयवासी धनबहादुर गुरुङले गरे  । लिसाङ खोला लघुजलविद्युत्...

प्रेसमाथिको अङ्कुश लगाउन खोजियो: विष्ट

२०७२ भदौ २५ गते २०:२७

काठमाण्डु, २५ भदौ-प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको मस्यौदामा उल्लेख गरिएको प्रतिबन्धात्मक शब्दावली हटाउनुपर्ने माग गर्दै शुक्रबार पत्रकार तथा सञ्चारकर्मीले धर्ना दिएका छन् ।   नेपाल पत्रकार महासङ्घको अगुवाइमा बबरमहलस्थित सडक विभागनजिकै एक घन्टा आयोजना गरिएको धर्नालाई सम्बोधन गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेसको विषयमा सञ्चारकर्मी...

मधेस आन्दोलन नृशंस छ: गृह मन्त्रालय

२०७२ भदौ २५ गते १९:४०

काठमाण्डु, २५ भदौ– गृह मन्त्रालयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा तराईमा जारी आन्दोलनमा नृशंस र हिंस्रक गतिविधि भइरहेको बताएको छ । शुक्रबार साँझ विज्ञप्ति जारी गरी मन्त्रालयले शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातना दिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने कलङ्कजन्य क्रियाकलाप भएको जनाएको...

मधेसी र थारुको आन्दोलनलाई सम्बोधन गरः राणा

२०७२ भदौ २५ गते १९:२२

भक्तपुर, २५ भदौ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले तराईमा मधेसी र थारुले गरेको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको चौथो क्षेत्रीय तथा जिल्ला अधिवेशनका अवसरमा भक्तपुरको सल्लाघारीमा शुक्रबार आयोजित कार्यक्रममा उनले अब आउने संविधान समावेशी र समग्र नेपालीले अपनत्व गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us