समाचार

‘अटोल्यान्ड’ निर्माण गर्नुपर्ने माग

२०७२ भदौ २६ गते १५:५३

काठमाण्डु, २६ भदौ-अटो मेकानिक्स व्यवसायीले व्यवस्थित अटो वर्कसप निर्माणका लागि ‘अटोल्यान्ड’ निर्माण गर्नुपर्ने माग गरेका छन् ।   नेपाल अटो मेकानिक्स व्यवसायी सङ्घको आठौँ अधिवेशन तथा २१औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा व्यवसायीले अटो मेकानिक्स क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिने प्रशिक्षण...

संविधानमा मधेसवादी दलहरुको मात्र माग उल्लेख हुन सक्दैनः सञ्चारमन्त्री

२०७२ भदौ २६ गते १५:२७

बुटवल, २६ भदौ-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले संविधान सम्झौताको दस्तावेज भएकाले संविधानमा मधेसवादी दलहरुको माग मात्र उल्लेख हुनुपर्छ भन्ने कुरा मान्य हुन नसक्ने बताएका छन् ।   बुटवलमा सञ्चालन हुँदै आएको बुद्ध सामुदायिक टेलिभिजनको आठौँ वार्षिकोत्सव तथा तीज गीत प्रतियोगिता कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै...

संविधानसभाबाट बाहिरीने राप्रपा नेपालको निर्णय फिर्ता

२०७२ भदौ २६ गते १५:१६

काठमाण्डु, २६ भदौ– राप्रपा नेपालले संविधान निर्माणको बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभाको प्रक्रियाबाट बाहिरीने निर्णय फिर्ता लिएको हो । शनिबारको बैठकले आफ्नो एजेण्डा संविधानसभामार्फत कार्यान्वयन गर्न अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको सह प्रवक्ता मोहन श्रेष्ठले...

मधेसी नेताहरु काठमाण्डु फर्किए, अनौपचारिक छलफलमा व्यस्त

२०७२ भदौ २६ गते १५:०३

काठमाण्डु, २६ भदौ– प्रमुख तीन दलका नेताहरुले संविधानसभाको प्रक्रिया स्थगित गरेर वार्तामा आउन आग्रह गरेलगत्तै मधेस केन्द्रित दलका नेताहरु काठमाण्डु फर्किन थालेका छन् । शुक्रबार भैरहवामा भएको कार्यक्रममा संलग्न नेताहरुलाई पालैपालो तीन दलका नेताहरुले फोन गरेर वार्तामा आउन आग्रह गरेपछि मधेसी दलका नेताहरु काठमाण्डु...

अपहरित युवाहरुलाई लुकाएर राखिएको कोठामा एक्कासि प्रहरी पुगेपछि…

२०७२ भदौ २६ गते १४:३०

झापा, २६ भदौ-गएराति शनिअर्जुन नगरपालिकाबाट प्रहरीले अपहरणमा परेका तीन जनालाई सकुशल उद्धार गरेको छ ।   त्यस्तै, अपहरणमा संलग्न पाँच जनालाई हतियारसहित पक्राउ गरिएको छ । भारतको राजस्थान र गुजरात घर भएका तीन युवालाई अपहरण गरी शनिअर्जुन नगरपालिकास्थित एक घरमा राखिएको अवस्थामा प्रहरीले उद्धार...

थारु र पहाडे मिलेर बनाए कैलालीको टीकापुरमा बाँध

२०७२ भदौ २६ गते १४:२३

कैलाली, २६ भदौ– कैलालीको टीकापुरमा भएको घटनाको केही हप्तापछि सुखद समाचार आएको छ । घटनापछि थारु र पहाडे समुदायका मानिसबीच सामाजिक सद्भाव खलल हुन नदिन त्यहाँ प्रयास भएको हो । यसैक्रममा थारु र पहाडे दुई समुदायका मानिस मिलेर जातीय एकताको संदेश दिन खोजेको लक्ष्मी...

स्कटींग गरेर गाडी लैजादा अबरोध गर्नेलाई प्रहरीको लाठी

२०७२ भदौ २६ गते १३:५९

देउखुरी, २६ भादौ– पुर्वपश्चिम महेन्द्र राजमार्गमाको लमही–भालुवाङ्ग सडक खण्डमा सवारी साधन सञ्चालनमा अवरोध सृजना गर्ने थरुहट–थारुवान संयुक्त संघर्ष समितिका चार जना कार्यकर्तालाई प्रहरीले लाठी प्रहार गरी घाईते वनाएको छ । लमही नगरपालीका वडा नं. ३ सुन्डवरीमा स्कटिङ्गको क्रममा सवारी साधन रोक्न खोजेको भन्दै कृष्ण...

वाग्मती किनारमा उम्रिएका गाँजा नष्ट गरियो

२०७२ भदौ २६ गते १३:५४

    ललितपुर, २६ भदौ-ललितपुरको सुन्दरीघाट क्षेत्रको वाग्मती नदी किनारमा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट स्थानीय सङ्घसंस्था, बासिन्दा तथा प्रहरीले शनिबार बिहान झरीबीच उखेलेका छन् ।   सोही कार्यक्रममा करिब सात टन फोहर सङ्कलन भएको छ । प्रहरी प्रभाग बल्खु, नेपाल कलेज अफ म्यानेजमेन्ट,...

हत्या हिंसा त्यागेर वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

२०७२ भदौ २६ गते १३:३५

काठमाण्डु, २६ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले संविधान पाएलगत्तै शान्ति, सुरक्षाको स्थिति मजबुद हुने बताएका छन् । शनिबार आफ्नै निवास बालुवाटारमा उद्योग वाणिज्य महासंघको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले सरकारले असन्तुष्ट दलहरुलाई आन्दोलन त्यागेर वार्तामा बोलाएकाले चाँडै नै समस्याको समाधान हुने विस्वास व्यक्त गरे...

पानीमा रुझ्दै बागमतीमा सरसफाई

२०७२ भदौ २६ गते १३:०२

काठमाण्डु, २६ भदौ-वाग्मती सफाइ अभियानको १२२ औ हप्तामा त्रिवि प्रवेशद्वार आसपास क्षेत्रबाट शनिबार १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइका क्रममा सहभागी पानीमा भिजिरहेका थिए । सो अवसरमा सरकारी तथा विभिन्न सङ्घसंस्थाका कर्मचारी, सुरक्षाकर्मी, अभियानकर्मी, स्थानीयवासीलगायतको सहभागिता थियो । उनीहरुको हौसला बढाउन...

वार्तामा नआए संविधान निर्माण प्रक्रिया रोकिँदैनः सिंह

२०७२ भदौ २६ गते १२:४०

काठमाण्डु, २६ भदौ– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत पक्षको चाहना अनुसार नै प्रमुख तीन दलले संविधानसभाको प्रक्रिया रोकेर वार्ताको आह्वान गरेको बताएका छन् । शनिबार नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिकाले गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री सिंहले सरकारले पटक–पटक वार्ताको आह्वान गरेकाले तत्काल...

नवलपरासीमा दुई जनाको मृत्यु

२०७२ भदौ २६ गते १२:१०

परासी, २६ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा गएराति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्युभएको छ । गैँडाकोट–११ हर्कपुरमा रोकिराखेको ना४ख ७६२५ नंको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१८प २९६० नंको मोटरसाइकलमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us