समाचार

देश टुक्राउने अभिव्यक्ति आत्मघाती र राष्ट्रघाती छ: प्रचण्ड

२०७२ भदौ २७ गते १८:२४

काठमाण्डु, २७ भदौ–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही नेताको मधेसलाई नेपालबाट टुक्राउने अभिव्यक्ति आत्मघाती र राष्ट्रघाती भएको बताएका छन् । आइतबार दिउँसो संविधानसभालाई दलको शीर्ष नेताको हैसियतले सम्बोधन गर्दै प्रचण्डले जनताका माग जाय भए पनि त्यसभित्र देशलाई बर्बादीतिर लैजाने तत्त्व सक्रिए भएको बताएका छन्...

कैलालीमा निषेधाज्ञा केही समय घटाइयो

२०७२ भदौ २७ गते ११:१४

कैलाली, २७ भदौ– कैलाली जिल्लाको पूर्वी क्षेत्रका गाविसमा २१ दिनदेखि निरन्तर लगाइएको २४ घन्टे निषेधाज्ञा १२ घन्टाका लागि घटाइएको छ । आइतबार बिहान ५ देखि साँझ ५ बजेसम्म निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूर्वी क्षेत्रका भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका थापापुर, जोशीपुर, मुनुवा, दुर्गौली...

एमाओवादीका मधेसी सभासदहरुसँग प्रधानमन्त्रीले भने, ‘तराई–मधेसमा देखिएको समस्याको हल गरिन्छ’

२०७२ भदौ २७ गते १०:५०

काठमाण्डु, २७ भदौ–प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेसमा हाल देखिएका समस्याको हल गर्न सरकार कटिबद्ध भएको बताएका छन् । एमाओवादीका तराई मधेसका निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सभासद्सँग आइतबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा उनले संविधान निर्माणमा सबै राजनीतिक पार्टीले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने कार्यलाई...

थरुहटसँगको वार्ता बिना निष्कर्ष

२०७२ भदौ २७ गते १०:३७

काठमाण्डु, २७ भदौ– सरकार र थारुवान÷थरुहट संघर्ष समितिसँगको वार्ता बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा भन्दा कम समय चलेको वार्तामा समितिका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालालाई सात बुँदे माग प्रस्तुत भएको थियो । वार्तामा सहभागी राजकुमार लेखीका अनुसार प्रधानमन्त्रीले मागका विषयमा...

सभाध्यक्ष नेम्वाङ भन्छन्, ‘संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ, पछाडि हट्ने ठाउँ छैन’

२०७२ भदौ २७ गते १०:३५

काठमाण्डु, २७ भदौ– सभाध्यक्ष सुवास नेम्वाङले आइतबारदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताएका छन् । रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आइतबार बिहान दिएको अन्तर्वार्तामा उनले प्रमुख दलको आग्रहमा शुक्रबार र शनिबार मतदानको प्रक्रिया स्थगन गरिएकाले आइतबार बिहान ११: ३०...

थरुहटसँग वार्ता सुरु

२०७२ भदौ २७ गते १०:२४

काठमाण्डु, २७ भदौ– सरकार र थारुवान/थरुहट संघर्ष समितिबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्तामा प्रधानमन्त्री सुशील कोइरालाले समितिले तोकेको वार्ता समितिका सदस्यहरुसँग वार्ता गरिरहेका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री एक्लै छन् भने थरुहटका तर्फबाट वार्ता टोलीका तीन सदस्य छन् ।...

तीन दलको बैठक सुरु

२०७२ भदौ २७ गते ९:५१

काठमाण्डु, २७ भदौ– प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संविधानसभाको जारी प्रक्रिया स्थगित गरेर आन्दोलनरत पक्षसँग वार्ताका लागि वातावरण बनाउन थालेको प्रयासकै क्रममा वार्ता सुरु भएको बताइएको छ । आन्दोलरत पक्षलाई वार्तामा ल्याउन र वार्ताका लागि सरकारको धारणा तय...

अस्पतालमा अक्सिजन, डिजेल र औषधिको अभाव

२०७२ भदौ २७ गते ८:४१

सप्तरी, २७ भदौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीसहित तराईमा लगातार बन्द जारी राखेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अक्सिजन अभाव भएको छ । अहिले गर्मीको समयमा अस्पतालमा दैनिक बिरामीको चाप बढे पनि अक्सिजन नहँुदा समस्या भएको अस्पतालका डा लालकिशोर सिंहले जानकारी दिए...

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

२०७२ भदौ २७ गते ८:२०

काठमाण्डु,२७ भदौ –आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व मनाईंदैछ ।  नेपालीहरुको महान चाड कुशे औँसी आज वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्रयाउने परम्पराका साथ मनाइदै छ । आज बुबाको मुख हेर्ने दिन भएकोले गर्दा यस पर्वमा छोराछोरीले बाबुलाई आदर सम्मान...

सम्पदा पुनःनिर्माणमा भारतको सहयोग रहन्छ: भारतीय राजदुत

२०७२ भदौ २६ गते १९:३१

ललितपुर, २६ भदौ-नेपालका लागि भारतीय राजदूत रञ्जित रेले ऐतिहासिक नगरी खोकना र बुङ्मतीमा रहेका सम्पदा पुनःनिर्माणमा सहयोग गरिने बताएका छन् ।   ललितपुर विकासका लागि समाज संस्थाको शनिबार भएको नवौं वार्षिक साधारणसभामा उहाँले वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्राचीन नगरी ललितपुरमा भएको क्षतिप्रति दुःख...

संविधान रोक्न हिंसाको राजनीति भैरहेको छः उद्योगमन्त्री

२०७२ भदौ २६ गते १९:२२

भक्तपुर, २६ भदौ-उद्योग मन्त्री महेश बस्नेतले हिंसाको राजनीतिले अब कुनै हालतमा संविधान नरोकिने बताएका छन् ।   भक्तपुर बहिरा सङ्घको १९ औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले संविधान जारी गर्न नदिन तराईमा हिंसाको राजनीति गरेपनि त्यो सफल नहुने बताएका हुन् ।   हिंसात्मक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us