काठमाण्डु, २८ भदौ – सरकारले वैज्ञानिक भाडा दर लागु गरे पनि भाडा बढ्दा तत्काल बढ्ने र घट्दा नघट्ने समस्या देखिन थालेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा अनुगमन सुरु गरेको छ । पटकपटक पेट्रोलियम पदार्थको भाउ घटेपछि विभागले भदौ २३ गते निर्णय गरी २५ गतेदेखि...
काठमाण्डु, २७ भदौ-होटलमा रहेका एक व्यक्तिको हातखुट्टा बाँधी जवरजस्ती १५ थान बहुमुल्य ‘सि’माला लुटपाट गरी फरार रहेका तीन भारतीय र दुई भुटानीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गत बुधबार बौद्ध स्तुपा नजिक बौद्ध छोर्तेन होटलको कोठामा बसिरहेका ‘सि’माला भनिने बहुमुल्य माला...
काठमाण्डु, २७ भदौ– आफ्ना निर्वाचित प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने नेपाली जनताको छ दशक लामो सपना अब अन्तिम क्षणमा पुगेको छ । विभिन्न आरोहअवरोह पार गर्दै आज संविधानसभाले अघि बढाएको ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको संशोधनसहितको दफावार छलफलमा प्रमुख दलका शीर्ष नेताको प्रतिबद्धतापछि संविधानसभाबाट...
काठमाण्डु, २७ भदौ-राष्ट्रिय मानव अधिकार आयोगले बन्द, हड्ताल र विरोधका कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न तथा शैक्षिक संस्था निर्वाधरुपमा सञ्चालन गर्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आयोगले शिक्षासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको सहभागितामा आइतबार आयोजना गरेको छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले पढ्न...
विराटनगर, २७ भदौ– सिरहा जिल्लाको मिर्चेयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको गोली लागेर शनिबार राति एक सशस्त्रका प्रहरी जवान घाइते भएका छन् । सशस्त्र प्रहरी गण दन्तकालीका प्रहरी जवान विपीन राई घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनलाई दाहिने पाखुरामा...
मुगु, २७ भदौ-छिमेकी जिल्ला हुम्लामा सीमा वार्ता गर्न आइतबार सिमीकोट पुगेको चिनियाँ टोली सोमबार नेपालकै ठूलो र गहिरो ताल रारा अवलोकन भ्रमणका लागि मुगु आउने भएको छ । हुम्लामा सीमा वार्ता गर्न पुगेको चीनको पुरान काउन्टीका सचिव गाओ बोगाउसहितको पाँच सदस्यीय टोली यहाँ आउने...
गौशाला, २७ भदौ– स्थानीय प्रशासनबाट असुरक्षित भएको भन्दै महोत्तरीका मधेसी नेता भारत पलायन भएका छन् । जिल्लाको मधेशी नेताको घरघरमा स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरी पक्राउ गर्ने, कुटपिट गर्ने र मुद्दा चलाउने कार्य गर्न थालेको आरोप लगाउँदै महोत्तरीका ३५ मधेसी नेता भारतको...
दमक, २७ भदौ-लगातारको बन्द, हड्तालबाट आजित भएका दमकबासीले आइतबार अपराह्न यहाँ सद्भाव र्याली निकालेका छन् । दमक उद्योग वाणिज्य सङ्घको तथा स्थानीय सङ्घसंस्थाको संयुक्त आयोजनामा ‘सामाजिक सद्भाव कायम गरौँ’ भन्दै सद्भाव र्याली निकाललिएको हो । सङ्घको कार्यालयबाट सुरु भएको र्यालीले दमकको विभिन्न...
रुपन्देही, २७ भदौ– भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नंको भारतीय ट्रकले शनिबार राति विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नंको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक पाल्पा सोमादी गाविस–१ का ३२ वर्षीय वीरबहादुर बर्मजा, मोटरसाइकलमा सवार अर्घाखाँचीको...
दाङ, २७ भदौ-दाङको देउखुरीस्थित मजुवा कुलोमा युबकको शब फेला परेको छ । सिसहनिया गाबिस–७ लठ्ठवा निवासी अन्दाजी ४२ वर्षीय कृष्ण केसीको शब घरदेखि करिब डेडसय मिटर पश्चिम मजुवाको कुलोमा आईतबार भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शनिबार...
लहान, २७ भदौ– प्रादेशिक सीमांकन आपत्ति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासद्लाई दबाबपत्र पठाएका छन् । मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनमा समर्थन जनाउँदै संविधानसभामा मधेसी, थारु, दलित र मुस्लिम समुदायको पक्षमा भूमिका खेल्न आग्रह गर्दै...
काठमाण्डु, २७ भदौ– आइतबार संविधानसभामा भएको दफावार छलफलमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा नयाँ संविधान निर्माण पक्रिया नरोकिने बताएका छन् । उनले संविधानमा विभिन्न पक्षका माग, अधिकारका कुराहरु आउनु स्वभाविक भएको भन्दै त्यसलाई संविधानसभा छाडेर आन्दोलनमा गएर समाधनको उपाए...