समाचार

सरकारले वातावरण बनाए वार्तामा बस्न तयार छौः महतो

२०७२ भदौ २८ गते १६:५०

महोत्तरी, २८ भदौ-आफू वार्ताको विरोधी नभएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । सोमबार दिउँसो महोत्तरीको बर्दिवास आएका अध्यक्ष महतोले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारले वार्ताका लागि वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताए । सरकारसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गरिए, सेना...

मधेसी मोर्चाका पाँच जना नेता प्रहरी नियन्त्रणमा

२०७२ भदौ २८ गते १६:४७

रौतहट, २८ भदौ– विगत लामो समयदेखि मेसमा जारी आन्दोलनमा सहभागि पाँच जना नेतालाई प्रहरीले पक्राउ गरेको छ । गौर स्थित राजेन्द्र पटेलको घरबाट प्रहरीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय रामेश्वर यादव र...

थरुहटले लियो आन्दोलनका कार्यक्रम फिर्ता

२०७२ भदौ २८ गते १६:२१

दाङ, २८ भदौ– थरुहट–थारुवान संयुक्त संघर्ष समिति देउखुरीले विगत ३३ दिनदेखि गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । थारुवान संघर्ष समितिले दाङमा जारी आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको हो । चाड पर्वका कारण आन्दोलन फिर्ता लिएको जनाइएको छ । आन्दोलनका...

मधेस शोकाकुल बनेको भन्दै मधेसी महिलाले तीज नमनाउने

२०७२ भदौ २८ गते १६:१७

काठमाण्डु, २८ भदौ– संयुक्त लोकतान्त्रिक मधेसी महिला मोर्चा आबद्ध महिलाहरुले नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज नमान्ने भएका छन् । मधेसमा आन्दोलनकारीको हत्यापछि समाज शोकाकुल बनिरहेको अवस्थामा पर्व मनाउन नसक्ने भन्दै उनीहरुले नमनाउने निर्णय गरेका हुन् । मोर्चाले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

गोदावरी मेलामा ४१ लाख दर्शनार्थीले दर्शन गरे

२०७२ भदौ २८ गते १६:०६

काठमाण्डु, २८ भदौ-तराईलगायत देशका विभिन्न ठाउँमा बन्द हडताल भइरहेका अवस्थामा ललितपुरको गोदावरीमा लागेको गोदावरी सिंहस्त १२ वर्षे मेलामा भने आजसम्म ४१ लाख दर्शनार्थीले दर्शन गरिसकेका छन् । भदौ १ गते सिंह सङ्क्रान्तिदेखि सुरु भएको एक महिने मेलाका अवसरमा देशका विभिन्न भागबाट आउने दर्शनार्थीको चाप...

कांग्रेसका सभासद संविधानसभा फर्किए

२०७२ भदौ २८ गते १५:०९

काठमाण्डु, २८ भदौ– मधेसी जनताका मुद्धा संविधानसभाले सम्बोधन नगरेको भन्दै संविधानसभाको मतदान प्रक्रियाबाट बाहिरीएका नेपाली कांग्रेसका सभासदहरु प्रक्रियामा फर्किएका छन् । आइतबार शुरु  भएको प्रक्रियामा संलग्न नरहेका कांग्रेसका सातजना सभासद संविधासभामा फर्किएका हुन् । बिहान ११ बजे संविधानसभाको बैठक शुरु भएपनि केही ढिलो गरी सभासदहरु...

रौतहटमा निषेधाज्ञा फिर्ता

२०७२ भदौ २८ गते १५:००

रौतहट, २८ भदौ-स्थानीय प्रशासनद्वारा सदरमुकाम गौरमा हिजो अपराह्न १२ बजेबाट जारी गरिएको निषेधाज्ञा फिर्ता भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा मुस्लिम सङ्घर्ष गठबन्धनले गर्ने विरोध प्रदर्शनलाई मध्यनजर गर्दै लगाइएको निषेधाज्ञा सोमबार बेलुका ७स्०० बजेबाट फिर्ता भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए...

कमल थापाले नेपाली दाजुभाइ दिदीबहिनी भन्दै यसरी पोखे दुःख

२०७२ भदौ २८ गते १४:५३

काठमाण्डु, २८ भदौ– संविधानसभाको सोमबारको बैठकमा राप्रपा नेपालले राखेको नेपाल हिन्दू राष्ट्र कायम हुनुपर्ने प्रस्ताव ध्वनी मतले अस्वीकृत गर्यो । त्यसपछि उनले मत विभाजनका लागि सभामुख समक्ष आग्रह गरे । तर, आवश्यक संख्या पुष्टि गर्न नसकेकाले राप्रपाका माग मतदानमा जान सकेन । प्रस्ताव अस्वीकृत...

सुत्केरी छोएको भन्दै स्वास्थ्यकर्मीलाई नै घरबाहिर सुताएपछि…

२०७२ भदौ २८ गते १४:४९

गोरखाबजार, २८ भदौ-गुम्दा गाविस–१ सिङ्लाकी कान्छी गुरुङलाई सुत्केरी बेथाले च्यापेपछि गाउँलेले स्वास्थ्यकर्मीलाई घरमा बोलाए । अहेब अञ्जु अधिकारी दौडँदै कान्छीको घरमा आइपुगिन् । छिनमै कान्छी सुत्केरी भइन् । आमा–बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भन्दै अहेब अधिकारी डेरा फर्किन् ।   बाजेको पालादेखि चलेको चलनलाई...

हिन्दुवादी र प्रहरीबीच बानेश्वरमा झडप, पानीको फोहोरा र लाठी भेटे आन्दोलनकारीले

२०७२ भदौ २८ गते १४:४५

काठमाण्डु, २८ भदौ–सनातन हिन्दु राष्ट्रको माग गर्दै बानेश्वरमा प्रदर्शनमा उत्रिएका हिन्दुवादी र प्रहरीबीच झडप भएको छ । झडपपछि अहिले बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । हिन्दुवादीहरुले संयुक्त रुपमा गरिएको भनिएको शान्पिूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारीले गृहमन्त्री बामदेश गौतमको राजीनामा समेत मागेका छन्...

‘नागरिकता’ र ‘स्वतन्त्रताको हक’ सम्बन्धी व्यवस्था पारित

२०७२ भदौ २८ गते १४:३७

काठमाण्डु, २८ भदौ-‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यबाट प्राप्त संशोधनलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरी विधेयकको अङ्ग बनाउने प्रक्रिया जारी रहेको छ ।   विधेयकको भाग–२ अन्तर्गत धारा १० मा रहेको ‘नागरिकताबाट वञ्चित नगरिने’ सम्बन्धी व्यवस्थामा दुईवटा संशोधन प्राप्त भएकामा...

हिन्दूवादी र सरकारबीच वार्ता, हिन्दूहरूको मागप्रति सरकार लचक

२०७२ भदौ २८ गते १३:५५

काठमाण्डु, २८ भदौ– नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोहत्या बन्द गर्नुपर्ने, गौहत्या गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू राखी काठमाण्डुको खुलामञ्चमा १५ दिनदेखि आमरण अनसनमा बसेका हिन्दू युवा मञ्चका चार जना युवाहरूको मागको विषयलाई लिएर धार्मिक प्रतिनिधि मण्डल र सरकार बीचको प्रारम्भिक वार्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us