समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव अस्वीकृत

२०७२ भदौ २९ गते ११:५७

काठमाण्डु, २९ भदौ–संविधानसभामा एमाओवादी, एमाले र कांग्रेसलगायतका प्रमुख दल र मधेसवादी दलका सभासदहरु प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा हुँदाहुँदै पनि संविधानसभामा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव अस्वीकृत भएको छ । नेपालको संविधानको परिमार्जित विधेयकको धार ६२ मा राष्ट्रपतिको निर्वाचन संसदबाट हुने व्यवस्था गरिएको छ ।...

राजसंस्थाको विधिवत रुपमा अन्त्य

२०७२ भदौ २९ गते ११:५३

काठमाण्डु, २९ भदौ– संविधानसभाले राष्ट्रपतिको सट्टामा राजा राख्नुपर्ने प्रस्तावलाई अस्वीकृत गरेको छ । प्रस्तावित संविधानको धारा ६१ मार रहेको राष्ट्रपतिको सट्टामा राजा राख्नुपर्ने माग गर्दै राप्रपा नेपालका सभासद कमल थापाले पेश गरेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । धारा ६१ मा राष्ट्रपतिको सट्टा...

हट्यो जनकपुरको निषेधाज्ञा !

२०७२ भदौ २९ गते ११:१५

जनकपुर, २९ भदौ– जनकपुरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा  मंगलबार बिहान साढे ९ बजेदेखि हटाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको जानकारी दिए । उनले सरकारी कार्यालयको सुरक्षाको दृष्टिले लगाइएको निषेधित क्षेत्र भने कायम रहेको बताए । रासस...

संविधानसभा केही बेर स्थगित, संसदको बैठक बस्दै

२०७२ भदौ २९ गते ११:१३

काठमाण्डु, २९ भदौ– संविधानसभाको बैठक केही एक घण्टाका लागि स्थगित भएको छ । व्यवस्थापिका संसदको बैठक पनि बोलाइएकाले बैठक केही बेर स्थगित भएको संसद सचिवालयले जनाएको छ । आजै केही बेर बसेको बैठकले संविधानका धार ६५ सम्म पारित गरेर स्थगित भएको हो । यसअघि...

थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा

२०७२ भदौ २९ गते ११:०४

कञ्चनपुर, २९ भदौ- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दर्ता गरेको छ । गत शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान संघर्ष समितिको आमसभामा घरेलु हतियारसहित सहभागी भएका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गरिएकामा...

संविधानका विभिन्न धारामा मतदान जारी

२०७२ भदौ २९ गते १०:५७

काठमाण्डु, २९ भदौ– संविधानसभाको बैठकमा नेपालको संविधान २०७२ का विभिन्न धारामा मतदान जारी छ । मंगलबार पनि संविधानको परिमार्जित विधेयकमा परेको संशोधन प्रस्ताव र धाराहरुको मतदानमा सभासदहरुले भाग लिइरहेका छन् । सोमबारको बैठकमा सभाले नयाँ संविधानका ५७ वटा धारा पारित गरीसकेको छ । यससँगै...

इलाका प्रहरी चौकीमै बम विष्फोट, तीन प्रहरी घाइते

२०७२ भदौ २९ गते १०:२३

काठमाण्डु, २९ भदौ–झापाकोको सुरुंगास्थित इलाका प्रहरी कार्यालयमा मंगलबार बिहान बम विष्फोट हुँदा तीन जना घाइते भएका छन् । कार्यालय परिसरमै राखिएको बम विष्फोट हुँदा एक असईसहित दुई प्रहरी घाइते भएका छन् । घाइतेहरुको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन । कार्यालय परिसरमा राखिएको बम एक्कासी...

संविधान जारी गर्न राष्ट्रपतिलाई सभाध्यक्षको निम्तो

२०७२ भदौ २९ गते ९:५५

काठमाण्डु, २९ भदौ– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवलाई संविधान जारी गर्न निम्तो दिएका छन् । संविधानका प्रत्येक धारा उपधारा संविधानसभाबाट पारित भइरहँदा असोज ३ गते संविधान जारी हुन योग्य हुने संविधानसभा सचिवालयले जनाएको छ । संविधानका सबै धाराहरु पारित भएपछि असोज...

प्राधिकरणमा मिटर नहुँदा उपभोक्ता समस्यामा

२०७२ भदौ २९ गते ९:४२

इलाम, २९ भदौ – नेपाल विद्युत प्राधिकरणले मिटर बक्स उपलब्ध नगराउँदा उपभोक्ता समस्यामा परेका छन् । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय इलाम, फिक्कल शाखामा मिटरका लागि निवेदन दिए पनि उपभोक्ताले मिटर बक्स पाउन सकेका छैनन् । मिटर बक्स नपाएपछि छिमेकीको घरबाट तार जोडेर बत्ती...

स्वास्थ्य चौकीमा पानी चुहिएर उपचारमा समस्या

२०७२ भदौ २९ गते ९:२०

जाजरकोट, २९ भदौ – डोल्पाको सिमानासँग जोडिएको जाजरकोटको भगवती स्वास्थ्य चौकीमा पानी चुहिँदा समस्या भएको छ । जिल्लाको अति दुर्गम क्षेत्रमा पर्ने यो स्वास्थ्य चौकीमा जीर्ण भवनका कारण पानी चुहिने समस्या आएको चौकीका प्रमुख तुलबहादुर नेवारले जानकारी दिए । स्वास्थ्य चौकी भवन रहेको जग्गा...

चितवनको रत्ननगरमा ३९६ बालश्रमिक

२०७२ भदौ २९ गते ९:१५

चितवन, २९ भदौ – चितवनको रत्ननगरमा ३९६ जना बालश्रमिक भेटिएका छन् । यसअघि कुल ५०९ जना बालश्रमिकलाई विभिन्न सहयोग उपलब्ध गराएर परिवारमा फर्काइएको रत्ननगर नगरपालिकाले जनाएको छ । अहिलेसम्म फर्काइएकामध्ये ७५ जनालाई शैक्षिक सामग्री, ६० जनालाई कुकिङ, कम्प्युटर तालिम र सिलाइकटाई तालिम दिइसकेको छ...

अठ्ठाइस विद्यालयलाई शिक्षक दरबन्दी वितरण

२०७२ भदौ २९ गते ९:११

इलाम, २९ भदौ –लामो समयदेखि थाँती रहेको दरबन्दी मिलान कार्ययोजना निर्माणसँगै विद्यालयमा दरबन्दी मिलाउन प्रक्रिया सुरू गरिएको छ । जिल्ला शिक्षा कार्यालय इलामले विद्यार्थी सङ्ख्या कम भएका विद्यालयबाट दरबन्दी कटौती गरी बढी भएका विद्यालयमा दरबन्दी थप गर्न सुरू गरेको हो । कार्ययोजना कार्यान्वयन गराउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us