काठमाण्डु, २८ भदौ-सामाजिक सञ्जालमा सामाजिक सद्भाव खलबलाउने सामग्री पोष्ट गरेको अभियोगमा पक्राउ परेका आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव आङ्काजी शेर्पा सोमबार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाण्डुले शेर्पालाई धरौटीमा रिहा गर्न दिएको आदेशबमोजिम शेर्पा २० हजार धरौटीमा रिहा भएको नेपाल प्रहरीको मुद्दा...
सप्तरी, २८ भदौ– सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको आज ३१ दिन पूरा भएको छ । लगातारको बन्दका कारण सप्तरीको जनजीवन अत्यन्त कष्टकर हुनुको साथै बजार पूर्णरुपमा बन्द भएपछि दैनिक खाद्यान वस्तुमा महङ्गी बढेपछि उपभोक्ता मारमा परेका छन् । यहाँ...
काठमाण्डु, २८ भदौ-व्यक्ति हत्या गरिएको ठहर भई कैदमा रहेका ७० वर्षीय चाल्र्स गुरुमुख शोभराजद्वारा बन्दी तथा थुनुवालाई खानाका लागि भनी प्रतिदिन दिइने रकम ४५ कम भएको भन्दै त्यसलाई बढाउन आदेशको मागसहित सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दर्ता गरिएको छ । शोभराजद्वारा दायर गरिएको...
धनुषा, २८ भदौ-धनुषामा जारी गरिएको निषेधाज्ञाबीचमै आन्दोलनकारीले सोमबार प्रहरी चौकीमा आगजनी गरेका छन् । धनुषाको लालियास्थित खाली प्रहरी चौकीमा उनीहरुले आगजनी गरेका हुन् । प्रहरीहरु नभएकोले मानवीय क्षति भने नभएको जनाइएको छ ।...
काठमाण्डु, २८ भदौ-नेकपा एमाले निकट विद्यार्थी सङ्घठन अनेरास्ववियुले सोमबार सद्भाव प्दयात्राको आयोजना गरेको छ । सो सङ्घठनले संविधानसभाले संविधान विद्येयकमा आइतबार मतदान सुरू गरी नयाँ संविधान पारित गर्ने निर्णायक प्रक्रियाको स्वागत गर्दै तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलनप्रति लक्ष्य गरी सद्भाव पद्यात्राको आयोजना गरेको हो...
काठमाण्डु, २८ भदौ– राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग भेटवार्ता अस्वीकार गरेका छन् । सोमबार साँझ ७ बजे सभाध्यक्ष नेम्वाङले संविधान जारी गर्न औपचारिक निमन्त्रणा गर्नका लागि भेट्न चाहेपनि राष्ट्रपति यादवले नेम्वाङलाई समय नदिएको स्रोतले बतायो । तराई–मधेस केन्द्रित दलहरु आन्दोलनमा रहेकाले...
काठमाण्डु, २८ भदौ– एकीकृत नेकपा माओवादी नेता प्रभु साहले स्वायत्त मधेस प्रदेश र नेपालबाट तराई–मधेस अलग्गीने अधिकार नपाएसम्म संविधान निर्माण प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन् । आइतबार लिखित रुपमा संविधान निर्माण प्रक्रियाबाट अलग्गिएको घोषणा गरेका साहलाई सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता...
गोरखाबजार, २८ भदौ– गत वैशाख १२ गते ‘गोरखा भूकम्प’पछि राहत वितरणमा भएको अनियमितताबारे सत्यतथ्य बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली यहाँ आई छानबिन गर्न सुरु गरेको छ । अस्थायी आवास प्रयोजनका लागि नक्कली भूकम्पपीडितलाई पनि १५ हजार दिइएको भन्ने उजुरीका आधारमा छानबिन गर्न लागिएको...
नेपालको संविधान २०७२ आगामी असोज ३ गते जारी हुने भएको छ । संसद सचिवालयले संविधान निर्माण प्रक्रिया पूरा भएपछि सार्वजनिक समारोह गरेर राष्ट्रप्रमुको हातबाट नयाँ संविधान जारी गर्ने तयारी गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई सोमबार साँझ राष्ट्रपति...
काठमाण्डु, २८ भदौ-‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यबाट प्राप्त संशोधनलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत भई पारित भएर विधेयकको अङ्ग बन्ने प्रक्रिया जारी छ । विधेयकको धारा २४ मा पाँच संशोधन प्रस्ताव परेका थिए । तीमध्ये एउटा प्रस्ताव फिर्ता तथा तीन प्रस्ताव अस्वीकृत...
मुगु, २८ भदौ-छिमेकी जिल्ला हुम्लामा सीमा वार्ता गर्न आइतबार सिमीकोट आएको चिनियाँ टोली सोमबार रारा तालको अवलोकन भ्रमण गरेर फर्किएको छ । हुम्लामा सीमा वार्ता गर्न पुगेको चीनको पुरान प्रान्तका सेक्रेटरी गाओ बोगाउसहितको पाँच सदस्यीय टोली र हुम्लाका प्रजिअ कृष्ण घिमिरेसहित पाँच नेपाली सोमबार...
जनकपुरधाम, २८ भदौ-स्थानीय प्रशासनले सोमबार बेलुका ५ देखि ८ बजेसम्मका लागि निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनकपुरवासीलाई सहज होस् भनेर तीन घन्टाका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए ।...