समाचार

संसदमा पुनःनिर्माणसम्बन्धी विधेयक प्रस्तुत

२०७२ भदौ २९ गते १३:४३

काठमाण्डु, २९ भदौ-व्यवस्थापिका–संसद्को बैठकमा ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ प्रस्तुत भएको छ ।   प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले सो विधेयक सदनसमक्ष प्रस्तुत गरेका थिए ।   विधेयक प्रस्तुत गर्र्दै मन्त्री आचार्यले गत वैशाख १२ गते गएको भूकम्पले...

तमुवान माग गर्दै प्रधानमन्त्री र सभाध्यक्षलाई ज्ञापनपत्र

२०७२ भदौ २९ गते १३:३८

कास्की, २९ भदौ-नयाँ बन्ने संविधानमा तमुलगायत आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न र पहिचानसहितको तमुवान प्रदेश घोषणाको माग गर्दै तमुवान संयुक्त सङ्घर्ष समितिले ज्ञापनपत्र पेस गरेको छ । तमुवान संयुक्त सङ्घर्ष समितिका संयोजक हुमबहादुर गुरुङले नौ बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री कोइराला र संविधानसभाका सभाध्यक्ष नेम्वाङलाई...

मंगलबार पनि परिमार्जित विधेयकका धाराहरु पारित हुँदै

२०७२ भदौ २९ गते १३:३४

काठमाण्डु, २९ भदौ-संविधानसभाको मंगलबारको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने क्रम जारी रहेको छ । यस क्रममा विधेयकको धारा ५८, ५९ , ६०, ६१, ६२, ६३, ६४ र ६५ लाई बैठकले बहुमतले पारित गरेको छ । विधेयकको धारा ५८ मा अवशिष्ट अधिकार,...

संविधानमा बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्छ: केसी

२०७२ भदौ २९ गते १३:२२

काठमाण्डु, २९ भदौ-महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीले नयाँ संविधानमा सबै बालबालिकाको अधिकार सुनिश्चित हुनुपर्ने बताएकी छन् । नेपाल बाल सङ्गठनले ५१ औँ राष्ट्रिय बालदिवसका अवसरमा सोमबार यहाँ आयोजना गरेको ‘पुरस्कार वितरण’ समारोहमा मन्त्री केसीले अहिलेका बालबालिका भनेका भोलिका देश हाँक्ने सच्चा नागरिक...

बत्तीस दिनदेखि महोत्तरीको जनजीवन ठप्प

२०७२ भदौ २९ गते १३:१३

गौशाला, २९ भदौ -प्रादेशिक सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अनिश्चितकालीन मधेस बन्दका कारण मंगलबार ३२ दिनदेखि महोत्तरीको जनजीवन ठप्प रहेको छ । मोर्चाले जारी राखेको लगातारको बन्दका कारण महोत्तरीको जनजीवन पूर्णरुपमा ठप्प भई अत्यन्त कष्टकर भएको छ । जिल्लाका विभिन्न हाटबजार, कलकारखाना,...

दादुरा, रुबेला खोपको दोस्रो मात्रा मंगलबारदेखि दिइदै

२०७२ भदौ २९ गते १३:०९

काठमाण्डु, २९ भदौ-नियमित खोप कार्यक्रमअन्तर्गत दादुरा, रुबेला खोपको दोस्रो मात्रा मंगलबारदेखि सुरुवात भएको छ । सन् २०१९ सम्ममा दादुरा रोग निवारण तथा रुबेलारसिआरएस नियन्त्रण गर्ने उद्देश्यअनुरुप नौदेखि १५ महिनासम्मका बालबालिकाका लागि अब देशैभरि निःशुल्क खोप कार्यक्रम हुनेछ । पहिलो चरणको खोप कार्यक्रम सन् २००४...

संविधान जारी गर्ने समारोहमा उपस्थित हुन राष्ट्रपतिको आनाकानी, सभाध्यक्षसँग रुष्ट

२०७२ भदौ २९ गते १३:०८

काठमाण्डु, २९ भदौ– राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्न सभाध्यक्ष सुवास नेम्वाङले दिएको निम्ता अस्विकार गरेका छन् । मंगलबार बिहान शितल निवास पुगेका नेम्वाङलाई राष्ट्रपति यादवले नयाँ संविधान हस्ताक्षर गरेर जारी गर्न आउने बारेमा चाँडै नै निर्णय गरेर जानकारी गराउने जवाफ दिएका थिए...

प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

२०७२ भदौ २९ गते १२:५९

काठमाण्डु, २९ भदौ– राष्ट्रपति डा रामवरण यादवसँग प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार भेटवार्ता गरेका छन् । संविधानसभाबाट संविधान जारी हुने दिन नजिकिँदै गर्दा राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति...

राष्ट्रिय लिगबाट कस्ता खेलाडी छान्लान् नयाँ प्रशिक्षकले ?

२०७२ भदौ २९ गते १२:५८

काठमाण्डु, २९ भदौ– वैशाखमा गएको भूकम्पका कारण लामो समयसम्म सुरु हुन नसकेको राट्रिय लिग फुटबल प्रतियोगिता सोमबार देखी सुरु भएको छ । खेल सुरु भएसँगै नेपालका लागि नयाँ प्रशिक्षक प्याट्रिक ओजेम्सले राट्रिय टीमका लागि खेलाडी छनोटसमेत गर्नेछन् । उनले खेलाडीले लिगमा गरेको प्रदर्शनको आधारमा...

मध्यपश्चिमको सुरक्षा व्यवस्था कडा पार्न क्षेत्रीय प्रशासकको निर्देशन

२०७२ भदौ २९ गते १२:५२

शरद रेग्मी दाङ , २९ भदौ– मध्यपश्चिमका क्षेत्रीय सुरक्षा प्रमुखहरुले संविधान जारी हुने समय नजिकिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन मताहतका निकायलाई निर्देशन दिएका छन् । रिपोर्टस क्लब नेपाल दाङले मंगलबर तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनीहरुले संविधान जारी हुनु अघि र पछिको सुरक्षा चुनौतिलाई मध्यनजर...

ओली र गौतमबीच भेटवार्ता, संविधान जारी गर्ने बेलाको सुरक्षाको विषयमा कुराकानी

२०७२ भदौ २९ गते १२:३०

भक्तपुर, २९ भदौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान मन्त्री तथा गृहमन्त्री वामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार बिहान ओली निवास बालकोटमा भएको भेटवार्तामा वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । आगामी असोज ३ गते संविधान जारी गर्ने तयारी...

महासंघद्वारा पूर्वसभासद् सिंहको अभिव्यक्तिको भत्र्सना

२०७२ भदौ २९ गते १२:२८

रौतहट, २९ भदौ –नेपाल पत्रकार महासंघ रौतहट शाखाले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै यहाँका तीन जना पत्रकारविरुद्ध पूर्वसभासद् बबन सिंहले दिएको अभिव्यक्तिप्रति घोर भत्र्सना गरेको छ । मधेस आन्दोलनका क्रममा पत्रकार आन्दोलनको परवाह नगरी निर्वाध रुपमा निष्पक्ष एवम् वस्तुनिष्ठ समाचार सम्प्रेषण गरिरहँदा पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us