भीमदत्तनगर, २९ भदौ-पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत झलारी–दैली सडकखण्डमा पर्ने अर्जुनी व्यारेकनजिक मंगलबार भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् । छ गम्भीर घाइतेलाई महाकाली अञ्चल अस्पतालले थप उपचारका लागि भारत पठाइएको छ भने सामान्य घाइते १८ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।...
काठमाण्डु, २९ भदौ-नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने जनाएको छ । स्थानीय प्रशासन ऐनअनुसार स्थानीय प्रशासनले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्तिसुरक्षा र अमनचयन...
रुपन्देही, २९ भदौ-प्रहरीले सुरक्षा दिँदै गन्तव्यतर्फ लैजाँदै गरेको ट्रकमाथि आन्दोलनकारीले आक्रमण गरेपछि रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । भैरहवा–लुम्बिनी सडकखण्डमा गरिएको आक्रमणपछि प्रहरीले सुरक्षार्थ हवाई फायर गरेको छ । सो सडकखण्डमा रहेको इलाका प्रहरी कार्यालय बेथरी नजिकै भैरहवाबाट गइरहेका मालबाहक ट्रकमाथि...
काठमाण्डु, २९ भदौ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानसभाले नयाँ संविधान जारी गर्ने मिति तय गरेलगत्तै नयाँ सरकार गठनका लागि पहलकदमी शुरु गरेका छन् । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच संविधान जारी भएलगत्तै नयाँ सरकारको नेतृत्व आफूले गर्ने पूर्व सहमति अनुसार नै...
काठमाण्डु, २९ भदौ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल चैत महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी न्युट्रेसन एण्ड डाइअटेटिक्स चतुर्थ वर्षको (शोधपत्र बाहेक) परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार मंगलबार प्रकाशन गरिएको छ । त्यसैगरी, गत जेठरअसार महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र...
काठमाण्डु, २९ भदौ– आइतबारदेखि शुरु भएको संविधानका प्रत्येक धाराका पारित गर्ने प्रक्रियामा नयाँ संविधानको आधाजसो धाराहरु पारित गर्न नपाउँदै सभासदहरु थकित भएका छन् । हरेक धारा र उपधारा पारित गर्दा पक्ष र विपक्षमा मत विभाजन गरेर पारित गर्नुपर्ने नियमावलीको व्यवस्थाका कारण सभासदहरु मर्कामा परेका...
वीरगन्ज, २९ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्सा र बाराका कार्यकर्ताले मंगलबार वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत लिपनीमालस्थित सौरभ इन्टरप्राइजेजको गोदाममा तोडफोड गरेका छन् । सयौँको सङ्ख्यामा आएका उनीहरुले बाराको लिपनीमाल गाविस–९ चैनपुरस्थित वीरगन्ज पथलैया सडकखण्डमा पर्ने इन्टरप्राइजेजको गोदामको मूलढोका खोल्न लगाई तोडफोड गरेका हुन् । बन्दको...
कैलाली, २९ भदौ– दुई साताअघि टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुसहित २२ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान पछि २२ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको बताए...
काठमाण्डु, २९ भदौ– विगत १६ दिनदेखि हिन्दु राष्ट्र स्थापनाको माग गर्दै राजधानीको खुल्लामञ्चमा आमरण अनसनमा बसिरहेका चार अनशनकारी यूवाहरुले आर्थिक प्रलोभनमा विकेर नेपाललाई धर्मनिरपेक्ष बनाउने निर्णय गर्ने सभासदहरुलाई राष्ट्रद्रोही घोषणा गरेका छन् । अनशनकारी यूवाहरु कमलप्रसाद जोशी, प्रेमनिधी भारद्धाज, सागर कटुवाल र खेमनाथ आचार्यले...
झापा, २९ भदौ-भद्रपुर विमानस्थलबाट अवैध रुपमा काठमाण्डु लैजान लागिएको अवस्थामा मंगलबार अपराह्न १० किलो सुनसहित एक जना पक्राउ परेका छन् । भद्रपुरबाट काठमाण्डु जान लागेको बुद्ध एयरलाइन्सको फ्लाइट नं ९५६ बाट काठमाण्डु जान लागेका ललितपुर घर भएका सोनाम गुरुङ सो परिमाणको सुनसहित पक्रउ...
गोरखाबजार, २९ भदौ-ताप्ले गाविस –४ की ६० वर्षीय सुकलक्ष्मी श्रेष्ठको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । सोमबार पोखराबाट पक्राउ परेका पाँचखुवा देउराली गाविस–६ अमलेका धनबहादुर गुरुङलाई पत्रकार सम्मेलन गरी प्रहरीले आज सार्वजानिक गरेको हो । गुरुङले २०५२ साल असोज...
काठमाण्डु, २९ भदौ– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आगामि असोज ३ गते नेपालको संविधान सार्वजनिक गर्ने विशेष समारोहमा सबै मित्र राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने बताएका छन् । ‘छोटो समय भएकोले यो समयमा निम्तो गर्दा मित्र राष्ट्रबाट उच्च प्रतिनिधि आउन समय नमिल्न सक्ने भएकोले कुटनीतिक रुपमा अनुकूलता...