काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी नेता मुक्ति खनालको मंगलबार साँझ निधन भएको छ । तनहुँ चुँदीका स्थायी बासिन्दा खनालको ६९ वर्षको उमेरमा काठमाण्डुको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । खनाल लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी समस्याबाट पीडित थिए । २०१६ सालबाट...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोश्रो संविधानसभा निर्वाचनमा पार्टीको हैसियत सोचेभन्दा कमजोर भएकाले संविधानमा सम्झौता गर्नुपरेको बताएका छन् । पार्टीका तत्कालिन उपाध्यक्ष स्वर्गीय पोष्टबहादुर बोगटीको प्रथम स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रममा उनले धैरै...
कालीकोट, ३० भदौ – विष सेवनबाट एक महिलाको बुधबार बिहान कालीकोटमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको स्युना गाविस–५ निवासी प्रेमबहादुर शाहीको ४० वर्षीया श्रीमती मैना शाही रहेकी छन् । गएराति खाना खाइसकेपछि पारिवारिक कलहका कारण विष सेवन गरेपछि उपचारका क्रममा लैजाँदै गर्दा मैनाको...
पाँचथर, ३० भदौ – जिल्ला अदालतबाट जबर्जस्तीकरणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् । साबिक चोकमागु–३, हाल फिदिम नगरपालिका–१ का ३२ वर्षीय मणिराज भन्ने सनबहादुर नेपालीलाई प्रहरीले इलामको हर्कटेबाट १० वर्षपछि पक्राउ गरेको हो । उनीविरुद्ध २०६२ कात्तिक १३...
पाँचथर, ३० भदौ – जिल्ला कारागारबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कैदीबन्दीबीच नै आपसमा विवाद हुँदा झडपको स्थिति निम्तिएपछि कैदी र बन्दी गरी १४ जनालाई मङ्गलबार स्थानान्तरण गरिएको हो । तीमध्ये इलाम कारागारमा तीन र क्षेत्रीय कारागार झुम्का सुनसरीमा ११ जनालाई स्थानान्तरण...
काठमाण्डु, ३० भदौ – प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो पटक वार्ताका लागि आन्दोलनरत थारु संयुक्त संघर्ष समितिलाई गरेको पत्राचारलाई थारुहरुले सकारात्मक रुपमा लिएका छन् । प्रधानमन्त्रीको पत्रपछि समितिको बैठक बुधबार २ बजेका लागि डाकिएको छ । प्रधानमन्त्री कोइरालाले समितिले अघि सारेको सात बुँदे मागलाई सम्बोधन...
काठमाण्डु, ३० भदौ – आज हरितालिका तीज पर्व मुलुकभरका हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । नेपाली हिन्दु महिलाले भगवान शिवको पूजा अर्चना गरि यो व्रत बस्ने गर्दछन् । हिन्दू नारीहरू आजको दिन व्रतमा पतिको लामो आयुको कामना गरी व्रत बस्ने गर्छन् । तीजको अघिल्लो दिन...
काठमाण्डु, ३० भदौ– संविधानको परिमार्जित विधेयकका धारा, उपधारा र संशोधन प्रस्ताव बुधबार पनि संविधानसभामा निर्णयार्थ पेस हुँदैछ । मंगलबार ११९ वटा धारा पारित भएको थियो । ३०२ धारा मध्ये अब १२६ धारामा मतदान हुँन बाँकी छ । बुधबार बिहान १० बजे संविधानसभाको बैठक बस्दैछ ।...
काठमाण्डु, २९ भदौ– राष्ट्रपति रामवरण यादव भेट्न पुगेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ अपमानित महसुस गर्दैशीतलनिवासबाट बाहिरिएको खुलासा भएको छ । आगामी ३ असोजमा हुने संविधान घोषणा समारोहमा उपस्थित हुन मंगलबार औपचारिक निम्ता लिएर गएकामा राष्ट्रपतिले सकारात्मक व्यवहार नदेखाएपछि नेम्वाङले अपमानित महसुस गरेका हुन् ।...
रुपन्देही, २९ भदौ-प्रहरीले सुरक्षा दिँदै गन्तव्यतर्फ लैजाँदै गरेको ट्रकमाथि आन्दोलनकारीले आक्रमण गरेपछि रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । सो झडपमा परी गोनाहा ६ का ३५ वर्षीय बराई, ३५ वर्षीय विन्दु लाकोल र १४ वर्षीय रञ्जना क्षत्रीको मृत्यु भएको छ । भैरहवा–लुम्बिनी...
काठमाण्डु, २९ भदौ-पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीजमा पनि पशुपतिनाथको छिटो दर्शन गर्न चाहने भक्तजनका लागि एक हजारको टिकटको व्यवस्था मिलाएको छ । तीजका दिन बिहान ३ बजेदेखि साँझ ८ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने र मन्दिरको नित्य पूजामा भने करिब...
काठमाण्डु, २९ भदौ– संविधानसभाले प्रस्तावित संविधानको १७६ वटा धारा पारित गरेको छ । आइतबारबाट जारी संविधानको परिमार्जित विधेयकमा जारी मतदान प्रक्रियामा १७६ वटा धारा पारित भएका हुन् । आइतबारको बैठकले प्रस्तावित संविधानका ३ वटा धारा पारित गरेको थियो । यस्तै सोमबारको बैठकले धारा ५७...