भक्तपुर, ३० भदौ-तराईमा आन्दोलनरत मधेसी दलका नेताहरुबीच बुधबार भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा गोप्य बैठक बसेको छ । संविधानसभाले आगामी असोज ३ गते संविधान जारी गर्ने भएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच तीन घण्टा लामो छलफल भएको हो । संविधान...
लहान, ३० भदौ-पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा बुधबार बेलुका नेपाली सेनाको गाडी पल्टिँदा दुई सैनिक जवानको मृत्यु भएको छ । यस घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् । लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली...
रौतहट, ३० भदौ– जिल्लाको बैरिया–५ स्थित नहरको बाटोमा करिब १८ वर्षीया महिला बाँया कोखमा गोली लागेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेकी छन् । महिलाको शवदेखि करिब ५ मिटर टाढा चाइनिज पेस्तोलमा लाग्ने १ थान गोलीको खोका फेला परेको छ । गोली प्रहार गर्ने...
काठमाण्डु, ३० भदौ-सङ्कटकालीन व्यवस्था रहेको नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकमा समावेश गरिएको धारा २६८ लाई संशोधनसहित बहुमतबाट पारित गरिएको छ । सो धारामा नेपालको सार्वभौमसत्ता, अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विशृङ्खलता, प्राकृतिक विपद् वा महामारीका कारणले...
दाङ, ३० भदौ- एक महिना लामो बन्दका कारण दाङको देउखुरीमा देखिएको आयो नुनको अभाव कम भएको छ । बन्दका कारण नुन ढुवानी गर्न नसक्दा स्थानीय बजारमा आयो नुनको अभाव देखिएको थियो तर, बन्द खुलेसँगै देउखुरीमा पर्याप्त मात्रामा आयो नुन भित्रिएको साल्ट ट्रेडिङ कर्पोरेशन...
काठमाण्डु, ३० भदौ– विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने प्रावधानको व्यवस्था गरिएको संविधानको भाग ३१ को धारा २६४ मा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थालाई बुहमतबाट पारित गरिएको छ । सो धारामा राजनीतिक दलको...
काठमाण्डु, ३० भदौ-संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित गरेको छ । ती धारामा परिषद्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी व्यवस्था रहेका छन् । ती...
सिराहा, ३० भदौ– सिराहाको गोलबजारमा खाद्यान्न बोकेको सेनाको वा १ ग १९१३ नम्बरको दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा १२ जना सैनिक घाइते भएका छन् । एकजना सेना हराइरहेको प्रहरीले बताएको छ । हराएका सेना नजिकको झाडीमा वेपत्ता भएको बताइएको छ । सो दुर्घटनामा...
काठमाण्डु, ३० भदौ– काठमाण्डुको खुल्लाञ्चमा अनसन तोडाउन पुगेका कानुनमन्त्री नरहरि आचार्यको गाडीमाथि आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका छन् । हिन्दु राज्यको माग गर्दै अनसनमा बसेका युवाहरुलाई अनसन तोडाउन खुल्ला मञ्च पुगेका मन्त्री आचार्यसँग भएको विवादमा उनीहरुले गाडीमा तोडफोडको प्रयास गरेका हुन् । मन्त्री आचार्यले अनसन...
काठमाण्डु, ३० भदौँ-संविधानसभामार्फत नयाँ संविधान जारी गर्ने ऐतिहासिक दिन अगामी असोज ३ गते साँझ विजय र खुशीयालीका साथ घर घरमा दीपावली गरी विजयोत्सवको रुपमा मनाउन नेपाली काँग्रेसले आम नागरिकमा आह्वान गरेको छ । जिल्लाका विभिन्न राजनीतिक दलहरु, नागरिक समाजलगायत सबैलाई साथ लिएर सार्वजनिकस्थल तथा...
काठमाण्डु, ३० भदौ- संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको संविधान सभाको चर्चा तत्कालीन सात राजनीतिक दल र सशस्त्र सङ्घर्षरत नेकपा(माओवादी) बीच भएको ऐतिहासिक १२ बुँदे समझदारीपश्चात अहिलेको विन्दुसम्म...
काठमाण्डु, ३० भदौ-संविधानसभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्बन्धमा प्रमुख तीन राजनीतिक दलले राखेको संशोधन प्रस्तावलाई स्वीकृति जनाएको छ । संविधान सभाको बुधबारको बैठकमा तीन दलकातर्फबाट प्रस्तुत गरिएको संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको थियो । विधेयकको भाग २१ अन्तरगतको धारा २३८...