काठमाण्डु, ३१ भदौ– पराष्ट्रविद्ध र पूर्व कुटनीतिज्ञहरुले लोकतान्त्रिक प्रक्रियाबाट नेपाली जनताका दुई तिहाई बहुमत भन्दा बढी जनप्रतिनिधिहरुले बनाएको संविधानलाई सबै अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरुले स्वागत र समर्थन गर्ने विश्वास ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनीहरुले लोकतन्त्रको विश्वब्यापी मूल्य मान्यता...
काठमाण्डु, ३१ भदौ-नेकपा एमालेले नेपालको संविधान, २०७२ जारी भएपछि आगामी असोज ५ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पार्टीका तर्फबाट चियापान कार्यक्रम आयोजना...
पर्सा, ३१ भदौ-सरकारी कार्यालयमा तोडफोड गरिएको आरोपमा प्रहरीले एक युवकलाई बिहीबार पक्राउ गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्सामा तोडफोड गरेको आरोपमा प्रहरीले वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० निवासी विटु भनिने विशाल कुमारलाई पक्राउ गरेको हो । कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड गरिरहेको...
काठमाण्डु, ३१ भदौ-यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा लागू गरेको समायोजित भाडादर एक हप्ता बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । पेट्रोलियम पदार्थको भाउ बढ्ने बित्तिकै सवारीसाधनको भाडा बढाउने यातायात व्यवसायीले भाडा घटेको एक हप्ता भइसक्दासमेत घटाएका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा भदौ...
काठमाण्डु, ३१ भदौ-नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी ताराबहादुर कार्कीले सम्हाल्ने भएका छन् । सहायक रथी कार्कीले अहिलेसम्म नेपाली सेनाको पोखरास्थित पश्चिम पृतनाको चिफ अफ स्टाफको जिम्मेवारी सम्हाल्दै आएका छन् । सैनिक मुख्यालयले उनलाई उक्त जिम्मेवारी दिने सिफारिस गर्दै कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको...
रौतहट, ३१ भदौ-नेपाल पत्रकार महासङ्घको मिसन टोलीले बिहीबार गौरमा मधेस आन्दोलनका क्रममा पत्रकारले भोग्नुपरेका समस्या तथा मधेसको विद्यमान अवस्थाका बारेमा विभिन्न सरोकारवालालाई भेटी जानकारी लिएको छ । मिसन टोलीले मधेस समाजवादी फोरमका केन्द्रीय सदस्य एवम् पूर्वसभासद् बबन सिंहले सदरमुकाम गौरस्थित कोहिनुर एफएममा अन्तर्वार्ता दिने...
रुपन्देही, ३१ भदौ-बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क (चिडियाखोला) सम्मको सडकलाई ८२ फुट कायम गर्दा ३०० वटा घर भत्काउनुपर्ने अवस्था देखिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कार्यालयले हालै गरेको नापीअनुसार सडकको दायाँबायाँ रहेका ४०० घरमध्ये ३०२ वटा घर ८२ फुटभित्र पर्ने देखिएको हो...
कालीकोट, ३१ भदौ-जिल्लाको पूर्वी क्षेत्रका अतिसुख्खा क्षेत्रका रुपमा रहेका छ वटा गाविसमा खडेरीका कारण लगाएको वर्षे बाली नष्ट भए पछि स्थानीयलाई भोकमरी हुने चिन्ता लागेको छ । जिल्लाका धौलागोह, खिन, नानिकोट, थिर्पू, राम्नाकोट र बदालकोटका स्थानीयले लगाएको मकै, धान र कोदोलगायतको बाली सुकेर नष्ट...
काठमाण्डु, ३१ भदौ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान जारी हुने असोज ३ गतेलाई कालो दिनको संज्ञा दिंदै आन्दोलनका कार्यक्तम सार्वजनिक गरेको छ । मोर्चाको बिहीबार बसेको बैठकले असोज ३ गते मुखमा कालोपट्टी बाँधी कालो झण्डा लिएर मौन जुलुस प्रदर्शन गर्ने निर्णय गरेको छ...
परासी, ३१ भदौ-नवलपरासीमा विगत ४० दिनदेखि लगातार सदरमुकाम परासीसहित जिल्लाको दक्षिण क्षेत्रका विद्यालय बन्द हुँदा हजारौं बालबालिकाको भविष्य अन्योलमा परेको छ । मधेसमा जारी आन्दोलनका कारण ती विद्यालय त्रासका कारण बन्द हुँदा सयौँ विद्यालयका हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको हो । आन्दोलनरत पक्षले...
काठमाण्डु, ३१ भदौ-प्रधानमन्त्री सुशील कोइरालासँग ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा आएको एक वार्ता टोलीले बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरेको छ । वार्ता ३३ दलीय मोर्चाले राख्दै आएका माग, संविधानसभाबाट निर्मित नयाँ संविधान र मुलुकका समसामयिक राजनीतिक...
जाजरकोट, ३१ भदौ-जाजरकोटका दुई हजारभन्दा बढी बालबालिका अति जोखिममा रहेको पाइएको छ । जिल्ला बालकल्याण समिति जाजरकोटले तयार पारेको एक प्रतिवेदनका अनुसार जिल्लाका दुई हजार ३०९ बालबालिका अति जोखिममा रहेको पाइएका हुन् । विभिन्न अपराध, श्रम तथा घटनामा परी उनीहरु जीवन निर्वाहको उच्च...