समाचार

नेपालमा संविधान आउन लागेकामा भारत रुष्ट, चीन खुसी

२०७२ भदौ ३१ गते २१:०२

काठमाण्डु, ३१ भदौ– नेपालमा संविधान जारी हुन लागेकामा दक्षिण छिमेकी भारत असन्तुष्ट रहेकै बेला उत्तर छिमेकी चीनले भने खुसी व्यक्त गरेको छ ।   चीनले आगामी आइतबार जारी हुने संविधानप्रति आफ्नो समर्थन रहेको समेत प्रष्ट पारेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार विदेश मन्त्रालयका...

तेत्तिस दलीय मोर्चा र मधेसी दलहरु संयुक्त रुपमा आन्दोलनमा जाने

२०७२ भदौ ३१ गते १९:५२

काठमाण्डु, ३१ भदौ-संविधानको जारी प्रक्रियाविरुद्ध आन्दोलनरत नेकपा–माओवादी नेतृत्वको तेत्तीस दलीय मोर्चा, सङ्घीय गठबन्धन र समृद्ध मधेस नागरिक अभियानले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सङ्घीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको तीन मोर्चाको बैठकले संविधान घोषणा हुने असोज ३ गतेलाई कालो दिनका...

बालिका करणी गर्नेविरुद्ध मुद्दा दर्ता

२०७२ भदौ ३१ गते १९:२३

गोरखाबजार, ३१ भदौ-पन्ध्र वर्षीय एक बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेको एक युवकविरुद्ध प्रहरीले बिहीबार करणी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले तान्द्राङ गाविस–६ का २५ वर्षीय मञ्जित भट्टलाई पक्राउ गरेको थियो । यही भदौ २८ गते बालिकालाई करणी गरेको उजुरीका...

हिन्दू राष्ट्रको मागलाई मूल मुद्दा बनाउदै राप्रपा नेपाल

२०७२ भदौ ३१ गते १९:१७

काठमाण्डु, ३१ भदौ-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाबाट बन्ने संविधानको परिधिभित्र रही आलोचनात्मक समर्थन गर्दै हिन्दू राष्ट्रको मागलाई मूल मुद्दा बनाई जनतामा जाने निर्णय गरेको छ ।   संविधानका कतिपय अन्तरवस्तुमा गम्भीर असहमति भएपनि प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शप्रति प्रतिबद्ध रहेकाले बिहीबारको केन्द्रीय कार्य सम्पादन...

बालुवाटारमा गच्छदारलाई मनाउने प्रयास सफल होला या बिफल ?

२०७२ भदौ ३१ गते १९:०८

काठमाण्डु, ३१ भदौ– नयाँ संविधान निर्माण मतदान प्रक्रियामा जाने भएसँगै प्रमुख तीन दलको गठबन्धनबाट बाहिरिएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार फेरि गठबन्धनमा फर्कने संकेत देखिएको छ । आन्दोलनबाट बिरोध गरिरहेका दललाई पनि संविधानको स्वामित्वमा ल्याउने प्रयास अनुरुप गच्छदारसँग प्रमुख दलले छलफल थालेपछि...

नयाँ संविधानलाई विश्वले मुक्त कण्ठले समर्थन गरेको छः पूर्व राजदूतहरु

२०७२ भदौ ३१ गते १८:४३

काठमाण्डु, ३१ भदौ-कुटनीतिक क्षेत्रमा लामो अनुभव हासिल गरेका पूर्वराजदूतहरुले सङ्घीयता, समावेशी र समानुपातिकका विषयमा उठेका आवाजलाई सम्वोधन गरेर तयार पारिएको नयाँ संविधानलाई छिमेकी र अन्तराष्ट्रिय समुदायले खुलेर स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लव नेपालद्वारा बिहीबार आयोजित साक्षात्कारमा उनीहरुले यो संविधान निरर्थक...

देशभर दीपावली गर्न एमाओवादीको निर्देशन

२०७२ भदौ ३१ गते १८:३२

काठमाण्डु, ३१ भदौ-एकीकृत नेकपा माओवादीले नयाँ संविधान जारी हुने दिन असोज ३ मा मुलुकभर दीपावली गर्न र ४ गते संयुक्तसभाको कार्यक्रम सफल पार्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । एमाओवादीका महासचिव कृष्णबहादुर महराले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी ऐतिहासिक उत्सवका रुपमा मनाउन र थप...

फेरि उठ्नेछ नेपाल अभियानमा यसो भने खेलाडी गुरुङले

२०७२ भदौ ३१ गते १८:१४

काठमाण्डु, ३१ भदौ– नेपालमा आएको भूकम्पको महाविपत्तिपछि नेपालीहरुले देखाएको धैर्यताको भावनाको मुल्यांकन गर्दै कोककोलाले फेरि उठ्नेछ नेपाल अभियान सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत उसले भर्खरै एउटा खेलकुद कार्यक्रमको आयोजना गरेको छ । महेश्वरी खेलमैदानमा प्रख्यान फुटबल खेलाडी अनिल गुरुङ्ग र विभिन्न स्कुलका...

आङकाजीको फेसबुकमा कोइराला, ओली, र प्रचण्डलाई श्री ३ बाहुनको संज्ञा

२०७२ भदौ ३१ गते १७:५८

काठमाण्डु, ३१ भदौ– फेसबुकमा जातीय दंगा फैलाएको आरोपमा प्रहरीले पक्राउ गरी रिहा भएको एक साता नपुग्दै जनजाती नेता आङकाजी शेर्पाको नामबाट खोलिएको फसबुकमा अर्को स्ट्याटस पोष्ट भएको छ । नयाँ संविधान संविधानसभाबाट पारित भएपछि उनले फेसबुकमा कोइरालाला, ओली, र प्रचण्डलाई श्री ३ बाहुनको सज्ञा...

मेलम्चीबाट हाब्रेसहित दुलाल पक्राउ

२०७२ भदौ ३१ गते १७:४८

मेलम्ची, ३१ भदौ-सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ मा अवैधरुपमा दुर्लभ वन्यजन्तु हाब्रेलाई लुकाईछिपाई राखेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरो काठमाण्डुबाट गएको टोलीले बिहीबार हाब्रेसहित एक व्यक्तिलाई मेलम्चीबाट पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–६ बस्ने २५ वर्षीय जनक दुलाललाई सिआईवीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको...

नयाँ संविधानको भविष्यबारे यसो भन्छन् कानुनविदहरु

२०७२ भदौ ३१ गते १७:४३

काठमाण्डु, ३० भदौ-लामो अन्योलपछि संविधानसभाबाट संविधान पारित भएपछि मुलुकमा नयाँ ऐतिहासिक कालखण्ड सुरु भएको छ ।   झन्डै आठ वर्षको लामो बहस र रस्साकस्सीपछि बुधबार संविधानसभाले नयाँ संविधान पारित गरेको हो । कानुनविद्ले संविधान जारी भएसँगै मुलुकको राजनीतिक अन्योल हट्ने र विकास तथा समृद्धिको...

तारा एयरले ल्यायो अत्याधुनिक विमान

२०७२ भदौ ३१ गते १७:००

काठमाण्डु, ३१ भदौ- यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले नयाँ अत्यधुनिक ट्विनअटर विमान भित्र्याएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘ग्रेट हिमालयन ट्रेल’ सँगको सहकार्यमा नयाँ विमान ल्याइएको हो । क्यानाडाको प्रख्यात कम्पनीबाट खरिद गरिएको उक्त अत्याधुनिक विमान दुर्गम भेगमा सहज उडान भर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us