समाचार

नयाँ संविधानले जनताको चाहना पूरा गरेको छ: गृहमन्त्री

२०७२ असोज १ गते १५:०६

काठमाण्डु, १ असोज-उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधान प्राप्त भएकामा खुसी व्यक्त गरेका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा सभाबाट पारित संविधानमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली जनताको चाहना र भावनाको सम्मान भएको बताए । उनले...

शसस्त्र समुहका नेताको डरले जलेश्वर कारागारमा नेपाली सेना खटाइयो

२०७२ असोज १ गते १४:५८

गौशाला, १ असोज-महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा नेपाली सेना खटाइएको छ । तराई मधेसमा एक महिना बढीदेखि जारी अनिश्चितकालीन मधेस बन्दका कारण कैदीबन्दीको सुरक्षालाई मध्य नजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार जलेश्वर कारागारमा ४० जना नेपाली सेनालाई काम दिइएको छ । जलेश्वरको...

मधेसी नेतालाई लैनचौरमा भेला गराएर मोदीका दूतले भने, ‘तपाईंहरुका मागमा समर्थन छ’

२०७२ असोज १ गते १४:५७

काठमाण्डु, १ असोज– भारतीय विदेश सचिव एस जयशंकरले मधेस केन्द्रित दलका नेतालाई भेटेका छन् । लैनचौरस्थित भारतीय दूतावासमा भएको भेटमा जयशंकरले मधेसी मोर्चाको मागप्रति भारतको पूर्ण समर्थन रहेको बताएको स्रोतले जनाएको छ ।   उनले मधेसीको माग सम्बोधन गराउनकै लागि आफू नेपाल आएको मसेत...

तीन कम्युनिस्ट पार्टीबीच एकता

२०७२ असोज १ गते १४:४५

काठमाण्डु, १ असोज-नेपालका विभिन्न तीन कम्युनिस्ट पार्टी शुक्रबारदेखि एकीकरण भएका छन् । नेकपा एकीकृत (क्रान्तिकारी), नेकपा (माक्र्सवादी) तथा नेकपा (एकता केन्द्र–मसाल) एकीकरण भएको ती पार्टीले शुक्रबार प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) को अध्यक्षमा कमरेड...

नेपालमा पुगे २१७ नगरपालिका, थपिए नयाँ २६ (नामसहित)

२०७२ असोज १ गते १४:४४

काठमाण्डु, १ असोज– मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थपेको छ । जसअन्तरगत कैलालीको धनगढी नगरपालिकालाई उपमहानगरपालिका बनाइएको छ । मन्त्रिपरिषद बैठकले ११ नगरपालिकाहरुलाई विस्तार गरेको छ । कैलालीका उर्मा र फूलबारी गाविस गाभेर धनगढी उपमहानगरपालिका बनाइएको हो ।...

संविधानमा हस्ताक्षर हुँदा गुञ्जिरह्यो,‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ…’

२०७२ असोज १ गते १४:३४

काठमाण्डु, १ असोज-जनताका प्रतिनिधिले संविधान बनाएको क्षण कुनै पनि मुलुकका लागि ऐतिहासिक त अवश्य हो, त्यसमा प्रत्यक्ष सहभागी सभासद्का लागि पनि दुर्लभ अनुभव हुनु स्वाभाविक हो । संविधानसभाबाट पारित ‘नेपालको संविधान, २०७२’ मा सभासद्ले हस्ताक्षर गर्नेक्रम चलेदेखि नै संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रबार उत्साहपूर्ण...

ओली भेटेर के भने मोदीका विशेष दूतले, ओली फकाए कि ओलीले फकाए ?

२०७२ असोज १ गते १४:११

काठमाण्डु, १ असोज– नेकपा एमालेका अध्यक्ष केपी ओलीका विशेष दूत बनेर नेता प्रदीप ज्ञवाली भारत गएर उच्च तहका राजनीतिक नेतृत्वसँग भेटघाट गरेपछि भारतबाट आएका विशेष दूतले ओलीलाई भेटेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएक विदेश सचिव एस जयशंकरले सबैभन्दा...

नयाँ संविधान पारित भएपछि यसो भने कैलालीवासीले

२०७२ असोज १ गते १३:५८

धनगढी, १ असोज-संविधानसभाले नेपालको संविधान, २०७२ पारित गरेकोमा स्थानीय वयोवृद्ध मजदुर नेता भक्तबहादुर कार्की चकित हुँदै खुसी देखिएका छन् । दलहरुले संविधान निर्माणका लागि विगतमा पटक पटक गरेको प्रतिबद्धता कार्यान्वयन हुन नसकेको, पहिलो संविधानसभा संविधान दिन नसकी विघटन गरिएको र आ–आफ्नो अनुकूलको संविधान बनाउन...

असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय

२०७२ असोज १ गते १३:४२

काठमाण्डु, १ असोज-सरकारले संविधानसभाबाट संविधान बनेको खुसियालीमा यही असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान बनेको खुसियालीमा नेपालभरका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा असोज ३ र...

काभ्रेमा तामाङ मृत फेला परे

२०७२ असोज १ गते १३:३६

काभ्रे, १ असोज– जिल्लाको कासीखण्ड नगरपालिका–१० सिम्ले बस्ने ३६ बर्षीय सूर्य बहादुर तामाङ मृत फेला परेका छन् । उनी सोही नगरपालिका–१२ पिपलटार गहते जाने सडक खण्डमा निधारमा चोट लागी मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको...

राजदूत रे’को केही नलागेपछि आएका मोदी दूतले के गर्लान् ?

२०७२ असोज १ गते १३:०९

काठमाण्डु, १ असोज– नेपालको राजनीतिक गतिबिधिमा निकै चासो राख्दै आउने भारतले पछिल्लो समयमा संविधान निर्माणको प्रक्रिया अघि बढेसँगै सक्रियता पनि उत्तिकै देखाएको छ । यसको ताजा उदाहरण शुक्रबारमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा विदेश सचिव एस जयशंकर नेपाल आउनु हो । पक्रियाबाट...

आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १० लाख दिने सरकारको निर्णय

२०७२ असोज १ गते १३:०७

काठमाण्डु, १ असोज–सरकार देशका विभिन्न ठाउँमा जारी आन्दोलनमा ज्यान गुमाउनेका परिवालाई प्रतिव्यक्ति १० लाखका दरले क्षतिपूर्ति दिने भएको छ। शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिपारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो । त्यस्तै आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च पनिसरकारले बेहोर्ने जनाइएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us