समाचार

नेपालमा बन्यो अर्को नयाँ पार्टी

२०७२ असोज १ गते १८:२०

काठमाण्डु, १ असोज-सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान उठाउनका लागि डा उपेन्द्र देवकोटाको संयोजकत्वमा ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन भएको छ । नेपालको मौलिकता, सापेक्षता र आवश्यकतानुसार राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक प्रणालीको विकास गर्नु, देशभक्तहरु राष्ट्रको छातामुनि अटाउन सक्ने...

राष्ट्रपति र मोदी दूतको शीतलनिवासमा कुरा मिल्यो

२०७२ असोज १ गते १८:०३

काठमाण्डु, १ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले शुक्रबार राष्ट्रपति डा. रामवरण यादवसँग भेटेघाट गरेका छन् । राष्ट्रपति निवासमा भर्एको भेटमा नयाँ संविधान र मधेस आन्दोलनका बारेमा छलफल भएको छ । जयशंकरले राष्ट्रपतिसँग सबै असन्तुष्ट...

रुपन्देहीको बेथरी घटनाको न्यायिक छानविन गर्न माग

२०७२ असोज १ गते १८:०२

बुटवल, १ असोज-भैरहवादेखि करिब सात किमी पश्चिम भैरहवा–लुम्बिनी सडकखण्डको बेथरीमा गत मङ्गलबार प्रहरी र आन्दोलनकारीबीच भएको झडपको घटनाको न्यायिक छानबिन हुनुपर्ने स्थानीयवासीले माग गरेका छन् । उक्त घटनामा पीडितका परिवारले आफ्ना सदस्यहरु घरमै बसेका बेलामा पनि प्रहरीले अन्धाधुन्ध गोली हानेर हत्या गरेको गुनासो गर्दै...

भाषाको विषयमा सहमति नभएपछि अन्ततः गच्छदार पनि संविधानसभा बाहिरै

२०७२ असोज १ गते १७:१६

काठमाण्डु, १ असोज– मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि संविधानको घोषणा गर्ने चरणमा पनि सहभागी नहुने भएको छ । बिहीबार राति एक बजे चार दलका बीचमा सहमति भइ मस्यौदा समेत तयार भएको थियो । तर सहमतिको मस्यौदामा छलफलमा हस्ताक्षर गर्नुअघि पार्टीमा छलफल गर्नुपर्ने भन्दै बाहिरिएका...

आफ्नै श्रीमतीको हत्या गरेर बरण्डामा शव !

२०७२ असोज १ गते १७:११

धनकुटा, १ असोज– आफ्नै पति ३७ वर्षीय राष्ट्रबहादुर राइको कुटपिटबाट धनकुटा नगरपालिका–७ संजीबुङ्ग लेकसिरे बस्ने २५ वर्षीया शान्ती राईको मृत्यु भएको छ । राईले पत्नी शान्तीलाई बिहिबार कुटपिट गर्दा मृत्यु भएपछि आफ्नै घरको बरण्डामा शव राखेर फरार भएको प्रहरीले बताएको छ । फरार राईको...

यति भए नयाँ संविधानमा हस्ताक्षर गर्ने र नगर्ने सभासदहरु

२०७२ असोज १ गते १६:३९

काठमाण्डु, १ असोज-संविधानसभाका ५३७ सभासद्ले नेपालको संविधान, २०७२ मा हस्ताक्षर गरेका छन् ।   शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी...

सभाध्यक्ष नेम्वाङद्वारा संविधान प्रमाणीकरण, अब घोषणाको काम मात्रै बाँकी

२०७२ असोज १ गते १६:३७

काठमाण्डु, १ असोज–संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले नेपालको संविधान प्रमाणीकरण गरेको छ । नम्वाङको प्रमाणीकरणसँग शुक्रबारबाट संविधानले औपचारिकता पाएको छ । प्रधानमन्त्री लगायत प्रमुख दलका शीर्ष नेताहरुको उपस्थितिमा संविधानसभाको ल्होत्से हलमा नेम्वाङले संविधान प्रमाणीकरण गर्दै आधिकारिता प्रदान गरेका हुन । नेम्वाङको प्रमाणीकरणसँगै अब संविधान जारी...

जापानद्वारा नयाँ संविधानको स्वागत

२०७२ असोज १ गते १६:३३

काठमाण्डु, १ असोज-संविधानसभाबाट नेपालको नयाँ संविधान अनुमोदन भएकामा जापान सरकारले त्यसको स्वागत गर्दै नयाँ संविधानले नेपाललाई वास्तविक लोकतान्त्रिक मुलुकतर्फ अग्रसर गराएको जनाएको छ । जापानका विदेशमन्त्री फुमियो किसिदाले शुक्रबार एक वक्तव्य जारी गरी नयाँ संविधानबाट नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्रको सुनिश्चितता, शान्ति स्थापना र...

मधेसी दलका जायज मागलाई सम्बोधन गर्न सकिन्छः प्रचण्ड

२०७२ असोज १ गते १६:२६

काठमाण्डु, १ असोज-एमाओवादीका अध्यक्ष प्रचण्डले संविधानसभाबाट नेपालको संविधान, २०७२ पारित र प्रमाणीकरण भएसँगै नेपाली जनताको सात दशकको सपना पूरा भएको बताएका छन् । संविधानमा शुक्रबार सभाध्यक्षबाट प्रमाणीकरण भएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले सोचेजस्तो रुपमा संविधान नबने पनि जनताका प्रतिनिधिले जनताका लागि...

प्रेस स्थायी प्रतिपक्षी हो: केसी

२०७२ असोज १ गते १६:१९

गोरखाबजार, १ असोज-सञ्चार माध्यम आर्थिक रुपमा बलियो भएमात्रै नियमित रुपमा श्रमजीवी पत्रकारले पारिश्रमिक पाउने व्यवस्था हुने न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले बताएका छन् । गोरखाबाट प्रकाशित हुँदै आएको ‘दरौँदी दैनिक’ को १८औँ वार्षिकोत्सव समारोहमा शुक्रबार बोल्दै केसीले भौतिक तथा आर्थिक रुपमा पत्रकारहरु...

सभाध्यक्षबाट नयाँ संविधानको प्रति प्रमाणीकरण

२०७२ असोज १ गते १६:०४

काठमाण्डु, १ असोज-नेपालको संविधान, २०७२ को प्रतिलाई सभाध्यक्ष सुवास नेम्वाङले शुक्रबार प्रमाणीकरण गरेका छन् । गत भदौ ३० गते संविधानसभाको बैठकबाट पारित संविधानको विधेयकका प्रतिमा सभासद्हरुबाट हस्ताक्षर गर्ने कार्य दिउँसो ३ बजे सकिएपछि संविधानसभा भवन बानेश्वरमा सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गरेका हुन् । प्रधानमन्त्री सुशील...

सनातन धर्मलाई सम्बोधन नगर्दा दुःख लागेको छ: थापा

२०७२ असोज १ गते १५:५७

काठमाण्डु, १ असोज-राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण प्रक्रिया एउटा हार जितको खेल भएको भन्दै खेल सकिएपछि रेफ्रीले जित्ने र हार्ने दुवैलाई हस्ताक्षर गराउने प्रक्रिया भए जस्तै आफ्नो पार्टीले पनि प्रक्रियामा सहभागी भएको बताएका छन् । संविधानमा हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us