समाचार

धनगढी नगर क्षेत्रमा निषेधाज्ञा अझै यथावत

२०७२ असोज १ गते १२:५५

धनगढी, १ असोज-जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघिकै तालिका अनुसार सदरमुकाम धनगढी नगर क्षेत्रमा लगाएको निषेधाज्ञा शुक्रबार पनि यथावत् रहेको छ । धनगढी नगर क्षेत्रमा शुक्रबार दिउँसो १२ देखि ३ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लाको टीकापुर नगर क्षेत्र र भजनी–त्रिशक्ति...

डायलासिस छाडेर संविधानमा हस्ताक्षर गरे सभासद् नेपालीले

२०७२ असोज १ गते १२:००

काठमाण्डु, १ असोज– मिर्गौला रोगको उपचाररत स्वतन्त्र सभासद् मेघराज नेपाली ९मिसाद०ले डायलासिस छाडेर संविधानसभा भवनमा आई संविधानमा हस्ताक्षर गरेका छन् । संविधानसभाबाट गत भदौ ३० गते पारित भएको संविधानमा हस्ताक्षर गर्ने ऐतिहासिक अवसर नगुमाउन उनी गम्भीर बिरामी हुँदा पनि संविधानसभामा आएका हुन् । सभासद्...

रञ्जित कर्णले निकाले काठमाण्डुमा मोटरसाइकल जुलुस

२०७२ असोज १ गते ११:४५

काठमाण्डु, १ असोज– काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले जारी हुन लागेको नयाँ संविधानको स्वागत गर्दै शुक्रबार राजधानीमा मोटरसाइकल ¥याली निकालेको छ ।   संघका अध्यक्ष तथा रञ्जित कर्णको नेतृत्वमा भृकुटीमण्डपबाट निस्किएको जुलुस बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।     जुलुसका सहभागीले नयाँ...

अन्य विकल्प नहुँदा भत्किएकै घरमा बस्न बाध्य छन् भूकम्पपीडित

२०७२ असोज १ गते ११:१६

चितवन, १ असोज– चितवनका अधिकांश भूकम्पपीडितले चर्किएका र भत्किएका घर छाडेका छैनन् । कतिपयले भत्किएको र चर्किएकालाई टालटुल गरे भने कतिपयले चर्किएको भित्ता नै नभत्काई सामान्य मर्मत गरेर बसेका छन् । पानी आउँदा, गड्याङ हुँदा घर भत्किन्छ कि भनेर डर लाग्ने भए पनि त्यही...

एचआइभी संक्रमितलाई ‘आइपिटी’ सेवा

२०७२ असोज १ गते ११:१६

बागलुङ, १ असोज– एचआइभी सङ्क्रमित व्यक्तिलाई क्षयरोग लाग्नबाट जोगाउन बागलुङमा नयाँ औषधोपचार कार्यक्रम सुरु भएको छ । धवलागिरी अञ्चल अस्पताल बागलुङले बिहीबारदेखि आइसोनियजाइड रोकथाम थेरापी (आइपिटी) सेवा शुभारम्भ गरेको हो । अस्पतालमा रहेको ‘एआरटी’ केन्द्रबाट जिल्लामा रहेका एचआइभी सङ्क्रमितलाई सो औषधि वितरण हुनेछ ।...

संविधान निर्माणको खुसियालीमा नेविसंघको मोटरसाइकल र्‍याली

२०७२ असोज १ गते १०:४५

कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मोटरसाइकल र्‍याली निकालिएको हो । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहे एका सिंहले र्‍यालीको उद्घाटन गर्दै कयौँ विद्यार्थीको रगत र बलिदानबाट संविधान निर्माण भएको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको भन्दै उनले...

मोदीका विशेष दूत जयशंकर काठमाण्डुमा

२०७२ असोज १ गते १०:२८

काठमाण्डु, १ असोज– भारतीय विदेश सचिव जयशंकर शुक्रबार बिहान काठमाण्डु आइपुगेका छन् ।   जयशंकर इण्डियन एयरलाइन्सको जहाजबाट बिहान ९ बजेर १५ मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।     नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी हुनै लाग्दा प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा...

बाबुरामको यो कार्टुन स्टाटसमा गालीको वर्षा

२०७२ असोज १ गते ९:४६

काठमाण्डु, १ असोज – एमाओवादी नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार बिहान पोस्ट गरेको यो कार्टुनमा उनलाई  एकाहोरो गालीको वर्षा भएको छ । नागरिक दैनिकमा शुक्रबार प्रकाशित कार्टुनमा प्रधानमन्त्रीका लागि ओलीको क्रियाशीलतामा व्यंग्य गरिएको छ । जसलाई भट्टराईले ‘ओहो ! बिहान बिहान...

पारित संविधानमा सभासद्को हस्ताक्षर सुरु

२०७२ असोज १ गते ९:१७

काठमाण्डु, १ असोज– संविधानसभाबाट पारित भएको नेपालको संविधानको प्रतिमा सभासद्हरुले हस्ताक्षर गर्न सुरु गरेका छन् । बिहान ९ बजेबाट सुरु भएको हस्ताक्षर दिउँसो ३ बजेसम्म चल्नेछ । संविधानसभाको ल्होत्से हलमा नेपाली कागजमा छापिएको नेपालको संविधानमा सभासदहरुले हस्ताक्षर गर्दै छन् । संविधान पारित गर्ने बेला...

आज विश्वकर्मा पूजा मनाइँदै

२०७२ असोज १ गते ९:१५

काठमाण्डु, १ असोज–  हिन्दू धर्मालम्बीहरुले आज विशेष आराधनासहित विश्वकर्मा पूजा देशभर मनाउँदै छन् । धर्मालम्बीहरुले आज आफ्ना कलकारखाना, व्यवसाय लगायतमा भएको उपकरणहरुको विशेष पूजाआजा गर्ने गर्छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धोएर...

३० किमी सडकमा ३० बढी खहरेखोला, यात्रा जोखिमपूर्ण

२०७२ असोज १ गते ९:०२

डडेल्धुरा, १ असोज– डडेल्धुराको भित्री मधेस क्षेत्रका बासिन्दा दिनहुँ बुढर जोगबुडा सडकखण्डमा जोखिम मोलेर यात्रा गरिरहेका छन् । सीमित मात्र गाडी चल्ने कच्चीबाटोमा खोलैखोला पार गर्नुपर्ने हँुदा यस क्षेत्रका यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परिरहेका हुन् । बुढरदेखि जोगबुडा सडकखण्ड दूरीका हिसाबले ३० किलोमिटर मात्र...

शुक्रबार ऋषिपञ्चमी

२०७२ असोज १ गते ८:४४

काठमाण्डु, १ असोज– भाद्र शुक्ल पञ्चमी अर्थात शुक्रबार ऋषिपञ्चमी परेको छ । भविष्य पुराणमा उल्लेख भएको पाप मुक्तिका लागि हिन्दु महिलाहरु ऋषिपञ्चमीमा व्रत बस्ने गर्छन् । यो व्रतमा सात ऋषिको पूजा हुने गर्दछ । कस्यप, अत्रि, भारद्वाज, वरिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आरधना गरेमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us