काठमाण्डु २ असोज– संविधान जारी भएलगत्तै नयाँ संविधानको प्रावधान अनुसार तत्काल सरकार गठन नहुने भएको छ । नयाँ संविधानको प्रावधान अनुसार एक साताभित्रै प्रधानमन्त्रीको निर्वाचन हुने भनिएपनि असोज ६ गते प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन जाने पूर्व निर्धारित कार्यक्रम...
बनेपा, २ असोज–काभ्रेपलाञ्चोकमा भूकम्पपछि विभिन्न संघसंस्थाले वितरण गरेको राहतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अधिकृत आनन्द थापासहितको टोलीले तीन दिनयतादेखि गाविस र विभिन्न नगरपालिकासँग सोधपुछ गरिरहेको निमित्त प्रजिअ अर्जुनकुमार शर्माले जानकारी दिए । भूकम्पपछि गाविसमा पठाइएको रु चार लाख...
काठमाण्डु, २ असोज–एमाओवादी उपाध्यक्ष नारणकाजी श्रेष्ठ प्रकाशले बाह्य शक्तिहरुको हस्तक्षेपलाई अस्वीकार गर्न सबैलाई आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष ‘दूत’ यस जयशंकर नेपालमा आएर मधेसी दलहरुसँग सहमति गर्न केही दिन संविधानसभाको प्रक्रिया लम्बाउन दबाब दिएलगत्तै श्रेष्ठको यस्तो अनुरोध सार्वजनिक भएको हो...
बर्दिया, २ असोज– बर्दियामा राहदानी लिने संख्या अत्यधिक बढेको छ । जिल्लामा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिनेको संख्या बढेर नौ हजार पाँच सय ९४ पुगेको छ । यस वर्ष बर्दियाबाट राहदानी लिनेमा पाँच हजार दुई सय १४ जना छन् भने काठमाण्डुबाट लिनेमा चार...
काठमाण्डु, २ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत एस. जयशंकरले नेपालको संविधानमा सबैको भावना समेटियोस् भन्ने भारतको सदिक्षा रहेको बताएका छन् । शुक्रबार काठमाण्डु आएका जयशंकरले स्वदेश फिर्ता हुनु अघि त्रिभुवन विमानस्थलमा नेपाली मिडियालाई लिखित धारणा सुनाएका हुन् । उनले हिंसारहित वातावरणमा संविधान जारी...
काठमाण्डु, २ असोज– मधेस केन्द्रीत दलको आन्दोलन सम्बोधन गरेर संविधान जारी गर्न भारतले दबाब दिएपछि यस विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत एस. जयशंकर शुक्रबार काठमाण्डु आएर प्रमुख नेताहरुलाई तराई समस्या समाधान नभए भारत चुप लागेर...
जाजरकोट, २ असोज– जाजरकोटका ग्रामीण क्षेत्रमा महिलाहरु अझै पनि गाईभैँसी गोठमा सुत्केरी भइरहेका छन् । जिल्लाको खगेनकोट, रग्दा, भगवती, नायकवाडा, रोकायगाउँ, रामीडाँडा, पैक, सक्ला, लहँ, डाडाँगाउँलगायतका दुई दर्जन गाविसका महिला अहिले पनि गाईभैँसी गोठमा सुत्केरी हुने क्रम नरोकिएको स्थानीय महिलाले बताएका छन् । यहाँका...
मन्थली, १ असोज-सदरमुकाम मन्थलीबाट गोठगाउँ गाविस गोठपानीका लागि छुटेको बा४ख ५२४८ नंको बस शुक्रबार अपराह्न मन्थली नगरपालिका–७ को जुगेपानीमा दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ । दुर्घटनाको कारण नखुले पनि बस सडकबाट करिब एक सय मि तल खसेको स्थानीयवासीले बताएका छन् । दुर्घटनामा २०...
काठमाण्डु, १ असोज-दोस्रो विश्व नारी सम्मेलन आगामी फागुन २९ देखि चैत ४ गतेसम्म काठमाण्डुमा हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका युरोपेली संयोजक मोनिका गार्टनर एन्जेलले सन् १९९५ मा बेइजिङमा सम्पन्न राष्ट्रसङ्घीय विश्व नारी सम्मेलन भएको २० वर्षपछि राष्ट्र सङ्घसहित सरकारकारहरुले लैङ्गिक...
पर्सा, १ असोज– जिल्ला कारागार शाखा बीरगञ्जमा एकजना कैदीको मृत्यु भएको छ । गत २०६९ माघ ३ गतेदेखि जीउ मास्ने बेच्ने मुद्धामा कैद सजाय भुक्तान गरिरहेका भारत बेतिया ग्राम पञ्चायतका ७० वर्षीय जोगेन्द्र यादवको शुक्रबार मृत्यु भएको हो । दमको बिरामी भई पटकपटक उपचार...
सुर्खेत, १ असोज– जिल्लाको कुनाथरी–४ स्थित सडकमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको ना.३ ख ५५१९ नम्बरको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । शुक्रबार बसबाट खसेर गम्भीर घाइते भएका सहचालक दैलेख जम्बुकाध–९ का १७ वर्षीय कनकबहादुर खत्रीको मृत्यु भएको हो । उपचारको लागि क्षेत्रीय अस्पताल...
काठमाण्डु, १ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एवं विदेश सचिव जयशंकरको नेपाल भ्रमण समय सान्दर्भिक नभएको बताएका छन् । आफूलाई भेट्न लाजिम्पाटस्थित निवास पुगेका जयशंकरलाई उनले भ्रमणका लागि अहिलेको समय गलत भएको बताए । स्रोतका...