काठमाण्डु, ३१ भदौ– आगामी असोज ३ गते संविधान जारी हुने निश्चित भएसँगै नयाँ सरकार गठनका लनगि दलहरुले गृहकार्य शुरु गरेका छन् । संविधान जारी भएको एक महिनाभित्र नयाँ सरकार गठन भइसक्नुपर्ने नयाँ संविधानको कानुनी व्यवस्था अनुसार सत्ता समीकरणका लागि नेकपा एमालेले सक्रियता बढाएको हो...
भक्तपुर, ३१ भदौ – विगत १० वर्षदेखि भक्तपुरको सूर्यविनायक बस्दै आएकी सवना खातुनले यसवर्ष तीजको व्रत बसिन । हिन्दू महिलाले तीजको व्रत बस्दै आए पनि खातुनले हिन्दू धर्मको सम्मान गर्दै तीजको व्रत बसेकी हुन् । देशमा जातजाति र धर्मको नाममा विवाद ल्याउन खोजिएका बेलामा...
भक्तपुर, ३१ भदौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ । परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए । परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ...
चितवन, ३१ भदौ – अस्ट्रियामा मःम र समोसा बेचेर सङ्कलन गरेको रकमबाट एक परिवारले चितवनको विकट कविलासमा ५० भूकम्पपीडितलाई राहत उपलब्ध गराएको छ । अस्ट्रिया निवासी इलमार मुलरको नेतृत्वमा आएको एक टोलीले कविलास गाविसको चौकीडाँडामा पुगेर रु दुई लाखभन्दा बढीको राहत सामग्री वितरण गरेको...
दाङ, ३१ भदौ – विद्युत्को पोल गाडेको छ वर्ष बितिसक्दा पनि दाङको सतबरिया गाविस–९ अन्तर्गतका सात गाउँका बासिन्दाले अझै बिजुली बत्ती पाल्न पाएका छैनन् । सतबरिया गाविसका अमेलिया, जलकुन्ठी, कुलतारा, हर्दवा, हात्तीगौडा, हात्तीखाल, स्यालालगायतका बासिन्दाले आफूहरुको बिजुली बत्ती बाल्ने इच्छा अझै सपना भएको...
म्याग्दी, ३१ भदौ – म्याग्दीका ग्रामीण सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना भएपछि त्यहाँ अध्ययनरत बालबालिकाको पढाइ राम्रो बन्दै जान थालेको पाइएको छ । पुस्तकालयमा विद्यालय पाठ्यक्रमलगायत सामान्य ज्ञान, कला साहित्य, विज्ञान र मानवीय रुचिका पुस्तक पाइने भएकाले बालबालिकाको पढाइ राम्रो हुनुका साथै उनीहरु रमाउँदै विद्यालय...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाले नयाँ संविधान पारित भएसँगै नेपाली जनताको विगत ७० वर्षदेखिको चाहना साकार भएको प्रतिक्रिया दिएका छन् । संविधानसभाले संविधान पारित गरेलगत्तै बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान पारित हुनुलाई नेपाल राष्ट्र र नेपाली जनताको...
काठमाण्डु, ३० भदौ– एमाले अध्यक्ष केपी ओलीले संविधानभाले संविधान पारित गरेसँगै सिंगो देश खुसी भएको बताएका छन् । संविधानसभाले संविधान पारित गरेपछि बुधबार राति सञ्चारकर्मीसँग उनले नेपाली जनताको आफ्ना प्रतिनिधिमार्फत संविधान लेख्ने वर्षौंदेखिको प्रतीक्षा समाप्त भएको बताए । ‘नेपाली जनताले लामो...
काठमाण्डु, ३० असोज– प्रधानमन्त्री सुशील कोइरालाले नेपालको संविधान पारित भएकामा सबैलाई बधाई दिएका छन् । संविधान पारित भएपछि बुधबार राति सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान पारित भएको अवसरमा देशभर दिपावली गर्न सर्वसाधारणलाई आग्रह गरे । संविधान निर्माण हुनु मुलुकका लागि सुखद विषय...
काठमाण्डु, ३० भदौ– नेपालको संविधान संविधानसभाको दुई तिहाई बहुमतले पारित भएको छ । थपिएका ६ सहित संविधानका ३ सय ८ वटै धारा, प्रस्तावना र संक्षिप्त नाम पारित भएको हो । मस्यौदा समिति सभापति कृष्ण सिटौलाले संविधानको विधेयक मतदानका लागि पेश गरेका थिए । मत...
पोखरा, ३० भदौ-नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘बादल’को हत्यामा संलग्न रहेका फरार अभियुक्त रविन केसीलाई अदालतले बुधबार जेल चलान गरेको छ । नेता बादलको हत्या गरी झण्डै एक महिना फरार रहेका केसीले बुधबार प्रहरी कार्यालय पोखरा गई आत्मसमर्पण गरेका हुन् । कास्की लेखनाथ–१३ का...
काठमाण्डु, ३० भदौ-सनातन हिन्दू राष्ट्र कायम हुनुपर्ने माग गर्दै टुँडिखेलमा १७ दिनदेखि आमरण अनशनरत चार युवाहरुले बुधबारबाट अनशन तोडेका छन् । सरकारका तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाको प्रतिनिधित्व गर्दै कानुन, न्याय संविधानसभा तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले लिखित पत्र पढेर सुनाएपछि उनीहरुले अनशन तोडेका हुन्...