समाचार

आपतमा परेका बालबालिका भेटिए यो नम्बरमा सम्पर्क गरिदिनु है

२०७२ भदौ २९ गते १६:३५

काठमाण्डु, २९ भदौ-चौध वर्षीय बालक राजाराम बस्नेतले आपतमा परेका बालबालिकाको संरक्षण गर्न १०४१०९८ नंमा टेलिफोन गरिदिन सर्वसाधारणलाई आग्रह गरेका छन् । उक्त अङ्कमा टेलिफोन गर्दा पैसा तिर्नु पर्दैन । बस्नेत केन्द्रीय बालकल्याण समितिको संरक्षणमा अध्ययनरत टुहुरा १४ वर्षीय बालक हुन् । बालक बस्नेतले बालबालिकामाथि...

राष्ट्रपतिलाई बाध्य पार्ने संविधानसभाको निर्णय

२०७२ भदौ २९ गते १६:२६

काठमाण्डु, २९ भदौ– राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्नका लागि संसद सचिवालयले दिएको निम्ता अस्वीकार गरेपछि संविधानसभाले संविधान घोषणाको मिति सम्बन्धी प्रस्ताव नै पारित गरेको छ । प्रमुख तीन दलको सहमति अनुसार संविधान जारी गर्ने असोज ३ गते बेलुका ५ बजेको समयलाई मंगलबारको...

मध्यपश्चिमको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

२०७२ भदौ २९ गते १६:१५

दाङ, २९ भदौ- मध्यपश्चिमका क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले संविधान जारी हुने समय नजिकिएको भन्दै उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।   दाङमा मङ्गलबार आयोजना गरिएको साक्षात्कारमा उनले संविधान जारी हुनुअघि र पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न...

रक्तचन्दन ओसारपसारको आरोपमा तिमल्सिना पक्राउ

२०७२ भदौ २९ गते १५:५३

काठमाण्डु, २९ भदौ-अवैध रक्तचन्दन ओसारपसारको कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी रुद्रनारायण तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०७० जेठ ५ गतेको फैसलाले एक वर्ष कैद र नौ लाख ६४ हजार आठ सय रुपैयाँ जरिवाना ठहर भई कैद...

नेपालको नयाँ संविधान जारी नहुँदै यसो भन्यो भारतले

२०७२ भदौ २९ गते १५:३२

काठमाण्डु, २९ भदौ-भारतले नेपालको संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको उपलब्धिको स्वागत गरेको छ ।   भारतको विदेश मामिला मन्त्रालयले सोमबार राति अवेर जारी गरेको विज्ञप्तिमा संविधान निर्माण प्रक्रियाले भारतलाई खुसी तुल्याएको उल्लेख छ । साथै, नेपालका सबै क्षेत्र, वर्गका आवाजलाई संविधानमा समेटेर नेपाली...

दुई निर्वाचन क्षेत्रमा एकै व्यक्ति उम्मेद्वार बन्न नपाउने

२०७२ भदौ २९ गते १५:१७

काठमाण्डु, २९ भदौ– संविधानसभाले प्रतिनिधिसभा सदस्य २ सय ७५ जना रहने व्यवस्था पारित गरेको छ । परिमार्जित विधेयकको धारा ८४ मा प्रतिनिधिसभा गठन सम्बन्धी व्यवस्था उल्लेख छ । नयाँ व्यवस्था अनुसार नेपालको भूगोल र जनसंख्याको आधारमा कायम गरिएको १ सय ६५ निर्वाचन क्षेत्रबाट १–१...

सिरहामा निषेधाज्ञा हटाइयो

२०७२ भदौ २९ गते १५:०१

लहान, २९ भदौ-स्थानीय प्रशासनले विगत छ दिनदेखि सिरहाको नयाँ चोहर्वादेखि सिरहा नगरपालिकाको लच्कापुलसम्म लगाउँदै आएको निषेधाज्ञा मंगलबार बिहानदेखि हटाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले सो क्षेत्रको सुरक्षा अवस्था केही सामान्य बन्दै गएकाले मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाइएको जानकारी दिएका छन्...

प्रधानमन्त्री र मन्त्री बन्न स्नातकोत्तर उत्तिर्ण गर्नु नपर्ने

२०७२ भदौ २९ गते १४:५५

काठमाण्डु, २९ भदौ– प्रस्तावित संविधानको धारा ७८ मा प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण गरेको हुनु पर्ने संशोधन प्रस्ताव फिर्ता भएको छ । अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दर्ता गराएको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनुअघि नै फिर्ता भएपछि प्रधानमन्त्री र...

संविधानको परिमार्जित विधेयकको एक सय धारासम्म पारित

२०७२ भदौ २९ गते १४:५४

काठमाण्डु, २९ भदौ-संविधानसभाको मंगलबारको बैठकमा संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने क्रम जारी छ । अहिलेसम्म धारा ७६ देखि १०० सम्मलाई बैठकले पारित गरेको छ । विधेयकका धारा ७६ मा मन्त्रिपरिषद्को गठन, ७७ मा प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था, ७८ मा सङ्घीय...

सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव

२०७२ भदौ २९ गते १४:३९

परासी, २९ भदौ-नवलपरासीका अधिकांश सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गर्ने भनेका विभिन्न औषधिको अभाव भएको हो । सामान्य सिटामोलदेखि खोप, गर्भवती महिलाका लागि आवश्यक आइरन चक्कीसहित अधिकांश औषधिको अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । करिब ३५...

राष्ट्रपति बन्ने योग्यता चाहिँदैन ?

२०७२ भदौ २९ गते १४:३१

काठमाण्डु, २९ भदौ– प्रस्तावित नयाँ संविधानमा राष्ट्रपतिको योग्यता तोक्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संविधानको परिमार्जित विधेयकको धारा ६४ को उपधारा १ को राष्ट्रपतिको योग्यतासम्बन्धी धाराको क र ख मा सभासद श्याम श्रेष्ठले कम्तिमा स्नातक तह उत्तीर्ण भई ३५ वर्ष उमेर पूरा भएको...

बैठक रोकेर प्रधानमन्त्रीले सभासदलाई दर खुवाए

२०७२ भदौ २९ गते १४:२१

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले सभासदहरुलाई तीजको दर खुवाएका छन् । मंगलबारको संविधानसभा बैठक दिउँसो १ बजेदेखि २ बजेसम्म स्थगित गरेर प्रधानमन्त्री कोइरालाले संविधानसभा भवन नयाँ बानेश्वरस्थित लेत्से हलमा सभासदलाई दर खुवाएका हुन् । मुलुक धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेको अवस्थामा हिन्दु नारीहरुको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us