समाचार

करेन्ट लागेर चौधरीको मृत्यु

२०७२ भदौ २८ गते १३:१४

कलैया, २८ भदौ-बारा जिल्ला उमजन गाविसमा गएराति विद्युत् करेन्टबाट एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । उमजन गाविस–९ बस्ने श्री चौधरीको ११ वर्षीय छोरा कर्ण चौधरीले सोमबार बिहान करिब ३ बजे विद्युत् स्वीच थिच्दा करेन्ट लागी मृत्यु भएको छ ।...

सभासद अस्पतालमा, प्रस्ताव संविधानसभामा

२०७२ भदौ २८ गते १२:५७

काठमाण्डु, २८ भदौ– अनसन बसेका कारण बिरामी परेका बहुजन पार्टीका सभासद विश्वेन्द्र पासवान अस्पताल भर्ना भएपनि उनका प्रस्तावमाथि संविधानसभामा छलफल जारी छ । पासवान अस्पताल भर्ना भएपनि उनले संसद सचिवालयमा दर्ता गराएका संविधान संसोधानका प्रस्ताव भने बहुमतले अस्वीकृत भएका छन् । यस्तै सभासद रुकमिणी...

३१ दिनदेखि सप्तरी ठप्प, जनजीवन कष्टकर

२०७२ भदौ २८ गते १२:३२

सप्तरी, २८ भदौ – सीमांकनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको सोमबार ३१ दिन पूरा भएको छ । लगातारको बन्दका कारण सप्तरीको जनजीवन अत्यन्त कष्टकर हुनुको साथै बजार पूर्णरुपमा बन्द भएपछि दैनिक खाद्यान वस्तुमा महङ्गी बढेपछि उपभोक्ता मारमा परेका छन् ।...

संविधानसभामा ५३४ सभासद मात्र सहभागी

२०७२ भदौ २८ गते १२:२७

काठमाण्डु, २८ भदौ– संविधानसामा संविधानका प्रत्येक धारा पारित गर्ने क्रम जारी छ । आइतबारदेखि शुरु भएको प्रक्रियामा संविधानका प्रत्येक धारामा संसोधनकर्ताहरुको मागलाई मतदानमार्फत टुंगोमा प्र्याउने क्रम जारी छ । बैठकमा संविधानका विभिन्न धारा पारित गर्न ५३४ जना सभासद मात्र सहभागी छन् । संविधानसभामा हाल...

विदेशीको दबाबबाट मुक्त भएर संविधान निर्माण गर्नु सकारात्मक : नारायणकाजी

२०७२ भदौ २८ गते १२:२५

काठमाण्डु, २८ भदौ–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान निर्माणका क्रममा दलका नेताहरुले विदेशीको दबाबबाट मुक्त भएर निर्णय गर्नु सकारात्मक भएको बताएका छन् । आइतबार संविधानको धारामा मतदान सुरु भएपछि संविधान बन्ने पक्का भएको उल्लेख गर्दै उनले नेपाली जनताले दशकौंदेखि गर्दै आएको संघर्षले संविधान सम्भव...

कमल थापाले मत विभाजनको संख्या पुर्याउन सकेनन्

२०७२ भदौ २८ गते ११:५४

काठमाण्डु, २८ भदौ– मत विभाजनका लागि आवश्यक संख्या पुष्टि गर्न नसकेकाले राप्रपा संविधानसभाको सोमबारको बैठकमा आफ्नो प्रस्ताव ध्वनी मतले अस्वीकृत भएपछि मत विभाजनको माग गरेका थिए । थापाको मागलाई संविधानसभा कार्यसञ्चालन नियमावलीको नियम ४१ अनुसार ६१ जना अर्थात १० प्रतिशत संख्या आवश्यक पर्छ ।...

सडक अवरुद्ध हुँदा खाद्य संकट निम्तियो

२०७२ भदौ २८ गते ११:३१

सिन्धुपाल्चोक, २८ भदौ– भूकम्पका कारण चिराचिरा भएको जमिनमा पानी छिरेर पहिरो गएपछि सडक अवरुद्ध हुँदा सिन्धुपाल्चोक जिल्लाको उत्तर–पश्चिम क्षेत्रका दर्जनौँ गाविसमा दैनिक उपभोग्य वस्तुको ठूलो समस्या देखिन थालेको छ । पहिरोका कारण जिल्लाको तिपेनी, महादेव खोलालगायतका विभिन्न ठाउँमा गएको पहिरोका कारण दुई महिनादेखि मेलम्ची...

वीरगञ्जमा मधेसी मोर्चाको कार्यक्रम स्थलमा प्रहरी हस्तक्षेप, १२ भन्दा बढी नियन्त्रणमा

२०७२ भदौ २८ गते ११:२०

काठमाण्डु, २८ भदौ– वीरगञ्जको घण्टाघरमा मधेसी मोर्चाको कार्यक्रमस्थलमा प्रहरीले हस्तक्षेप गरेर दर्जनभन्दा बढी कार्यकर्तालाई निरन्त्रणमा लिएको छ । प्रहरीले निषेधाज्ञा जारी रहेको बेलामा सभा गर्न लागेको भन्दै मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।...

मंसिरसम्म भूकम्पपीडितलाई यथास्थानमा बस्न आग्रह

२०७२ भदौ २८ गते १०:४६

रसुवा, २८ भदौ– भूकम्पपछि रसुवामा गाउँ छोडी अन्यत्र बसेका विस्थापित परिवारलाई मंसिरसम्म यथास्थान नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार पुनर्वासको खाका नआउनजेल मंसिरसम्म हाल बसिरहेकै स्थान नछोड्न विस्थापित सबैसँग आग्रह गरिएको हो । भूकम्प पछि हाकु क्षेत्रका...

माइक्रो बसको ठक्करबाट युवतीको मृत्यु

२०७२ भदौ २८ गते १०:३७

पोखरा, २८ भदौ – पोखराको अमरसिंहचोकमा माइक्रो बसको ठक्करबाट आइतबार साँझ एक युवतीको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आइरहेको ना५ख ३४० नम्बरको माइक्रो बसले पोखराको छिनेडाँडाबाट पृथ्वीचोकतर्फ आइरहेको ग१० प७४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा सिमलचौर निवासी २३ वर्षीया जमुना पहारी अर्यालको मृत्यु...

प्रधानमन्त्री न्यूयोर्कबाट फर्केपछि नयाँ सरकार

२०७२ भदौ २८ गते ९:३७

काठमाण्डु, २८ भदौ– संविधान निर्माण हुने निश्चित भएपछि नयाँ सरकारको चर्चा पनि सुरु भएको छ । संविधान जारी भएलगत्तै संविधानसभा संसदमा रुपान्तर हुनेछ । रुपान्तरित संसदले हिउँदे अधिवेसन बोलाएर एकसातामा नयाँ सरकार गठन हुने भनिए पनि प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क...

सार्वजनिक यातायातमा खुलेआम लुट, तोके भन्दा बढी भाडा असुली

२०७२ भदौ २८ गते ८:२६

काठमाण्डु, २८ भदौ – सरकारले वैज्ञानिक भाडा दर लागु गरे पनि भाडा बढ्दा तत्काल बढ्ने र घट्दा नघट्ने समस्या देखिन थालेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा अनुगमन सुरु गरेको छ । पटकपटक पेट्रोलियम पदार्थको भाउ घटेपछि विभागले भदौ २३ गते निर्णय गरी २५ गतेदेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us