काठमाण्डु, २५ भदौ-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालालाई शुक्रबार आयोजित एक कार्यक्रममा विशेष सम्मान गरेका छन् । मन्त्री रिजालले नेत्री कोइराला हालै एसियाली क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन आइक्यापको अध्यक्षमा निर्वाचित भएकोमा उनलाई सम्मान गरेका हुन् । नेपाल प्रेस युनियन,...
काठमाण्डु, २५ भदौ– नेपाली कांग्रेसका सभासद रामहरि खतिवडाले प्रधानमन्त्री तथा प्रमुख दलका नेताहरुले पटक पटक आह्वान गर्दा पनि वार्तामा नआएको भन्दै आन्दोलनकारी दलहरुप्रति आक्रोस व्यक्त गरेका छन् । संविधानसभाको शुक्रबारको बैठकमा सभासद खतिवडाले तराइ–मधेसमा आन्दोलन गरीरहेका दललाई कुन देशको प्रधानमन्त्रीले बोलाए वार्तामा आउने हो...
इलाम, २५ भदौ-जङ्गली च्याउ खाँदा शुक्रबार बिहान इलाम शान्तिडाँडाका एकै परिवारका चारजना बिरामी परेका छन् । बिहान खानासँगै च्याउ खाएका शान्तिडाँडा–६ का बाबु ५० वर्षीय काजीमान राई, ५२ वर्षीया उनकै श्रीमती फूलमाया, छोरा १८ वर्षीय सन्दीप र १३ वर्षीया छोरी सञ्जिता बिरामी परेका...
मुगु, २५ भदौ-जिल्ला वन कार्यालयले बेमौसममा सङ्कलनको अनुमति दिँदा जडीबुटी लोप हुन थालेका छन् । असोजदेखि कात्तिकसम्मका लागि सङ्कलन गर्न उपयुक्त रहेको भनी कार्यालयमा सूचना टाँस गरेको कटुकी नामक जडीबुटी साउन महिनामै सङ्कलन गर्नका लागि जिल्ला वन कार्यालयले पाँचवटा फार्मलाई सङ्कलनको अनुमति दिएको...
गौशाला, २५ भदौ- महोत्तरीको जलेश्वरमा शुक्रबार बिहान आन्दोलनकारीको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकको मृत्यु भएको छ । सशस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र पाण्डेका अनुसार आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई थप उपचारका लागि गाउँको बाटो हुँदै अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा महोत्तरी...
काठमाण्डु, २५ भदौ– आन्दोलनरत मधेस केन्द्रित दलहरुको माग अनुसार दुइ दिन संविधानसभाको प्रक्रिया स्थगन गरेर वार्ताको वातावरण बनाउन प्रमुख तीन दल सहमत भएका छन् । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको छलफलमा पूर्व निर्धारित कार्यतालिका...
भक्तपुर, २५ भदौ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सगरमाथा आरोहण गर्न लागेका पासाङ नाम्गेललाई झन्डा दिएर बिदाइ गरेका छन् । सगरमाथाको दक्षिण मोहडाबाट ८ हजार ५१६ मिटर अग्लो ल्योत्से हिमालको आरोहण गर्न चाहने नेपालका १० र दक्षिण कोरियाका छजना गरी १६ पर्वतारोहीको...
गोरखाबजार, २५ भदौ-जिल्ला प्रहरी कार्यालय गोरखाले विषाक्त पदार्थको प्रयोग गरी चोरी गर्दै आएकी गुल्मी खर्ककोट गाविसकी ४४ वर्षीया लालमाया पुनलाई पक्राउ गरेको छ । पोखरा उपमहानगरपालिका– १५ राम बजारबाट प्रहरीले पुनलाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको हो । पुनले पछिल्लो पटक असार २७...
काठमाण्डु, २५ भदौ– ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि संविधानसभामा जारी दफाबार छलफलमा भाग लिँदै सभासद्हरुले वार्ता र संवाद हुनु उचित भए पनि त्यसका नाममा संविधान बन्न नदिने खेल भएमा स्वीकार्य नहुनेमा धारणा राखे। सभासद् रञ्जुकुमारी झाले जारी हुने क्रममा रहेको संविधानलाई रोक्नु भनेको...
दोलखा, २५ भदौ-दोलखाको विकट गाविस लामाबगर र गौरीशङ्करमा रहेका दुई प्राविमा एक शिक्षक र एक विद्यार्थी रहेका छन् । यी विद्यालय भूकम्पले तहसनहस बनाएपछि अझै सञ्चालनमा आउन सकेका छैनन् । सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्माले उत्तरी क्षेत्र लामाबगर गाविसको ठोङ्ठोङ प्रावि र...
काठमाण्डु, २५ भदौ– संविधान निर्माणको प्रक्रिया आइतबारसम्म रोक्न प्रमुख तीन दल सहमति भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले संविधान निर्माणको प्रक्रिया दुइ दिन रोकेर असन्तुष्ट पक्षसँग वार्ता गर्ने निर्णय गरेको हो । बैठकमा तीन दलले आन्दोलनरत पक्षलाई पुनः वार्ताका लागि आह्वानसमेत...
काठमाण्डु, २५ भदौ-नेकपा एमालेका नेता तथा साहित्यकार प्रदीप नेपालले संविधान निर्माणका क्रममा वैदेशिक हस्तक्षेप बढेको टिप्पणी गरेका छन् । साहित्यकार सुमन सौरभको चौथो कृति ‘मृत्युसङ्ग्रह’ माथि लघुकथा समाजले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता नेपालले संविधान बनेमा नेपाल स्थिरतामा जान्छ भनी चिन्ता गर्ने मुलुकले...