समाचार

नयाँ शैक्षिक पद्धतिको आवश्यकता रहेको विज्ञहरुको ठहर

२०७२ भदौ २४ गते १८:५४

काठमाण्डु, २४ भदौ-नेपालको शैक्षिक सुधार तथा विकासका लागि नयाँ शैक्षिक पद्धतिलाई अपनाउनुपर्नेमा बिहीबार यहाँ आयोजित कार्यक्रममा जोड दिइएको छ ।   छत्तीसौँ राष्ट्रिय शिक्षा दिवस र ४९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहीबार आयोजना गरेको ‘नेपालमा शिक्षाको विकास र...

यस्तो थियो विपी कोइराला सुतेको अन्तिम पलङ, तीस सालमा अपहरण गरेको हवाइजहाज पनि ल्याउने तयारी

२०७२ भदौ २४ गते १८:२३

काठमाण्डु, २४ भदौ-बिपी कोइरालाले जीवनको अन्तिम समयमा प्रयोग गर्नुभएको पलङ बिपी सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको छ ।   कोइरालाको १०१औँ जन्मजयन्तीको अवसर पारेर बिहीबार सुन्दरीजलमा आयोजना गरिएको कार्यक्रममा उनका कनिष्ठ पुत्र एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले सो पलङ सङ्ग्रहालय समितिलाई हस्तान्तरण गरेका...

स्वतन्त्रताको हकसम्बन्धी धाराप्रति महासंघको असहमति

२०७२ भदौ २४ गते १७:४४

काठमाण्डु, २४ भदौ-नेपाल पत्रकार महासङ्घले ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ को स्वतन्त्रताको हकसम्बन्धी विभिन्न धाराप्रति गम्भीर असहमति जनाएको छ ।   महासङ्घले बिहीबार विज्ञप्ति जारी गरी संशोधन प्रस्ताव संविधानसभामा दर्ता भइसकेको अवस्थामा त्यसको सुनुवाई गरी संशोधनमा दबाब दिन घोषणा गरेको दबाबमूलक विरोधका कार्यक्रमअन्तर्गत बिहीबार फेसबुकरट्वीटरलगायत...

लहानमा तनाब भएपछि दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन

२०७२ भदौ २४ गते १७:१६

लहान, २४ भदौ– संयुक्त लोकतान्त्रि मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बुधबार राति भएको झडप पछि तनावग्रस्त सिरहाको लहानलाई बिहीबार दिउँसो १ बजेबाट दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गरेको छ। लहानमा यसअघि निषेधित क्षेत्र घोषणा गरेपनि प्रदर्शन नरोकिएपछि दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचान गरिएको...

राप्रपा नेपालको मागप्रति तीन दल सकारात्मक, संविधान निर्माण प्रक्रियामा आउन आग्रह

२०७२ भदौ २४ गते १७:००

काठमाण्डु, २४ भदौ– प्रमुख तीन दलले राप्रपा नेपाल संविधानको प्रकृयामा फर्कन लिखित रुपमा आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्री निवासमा राप्रपा नेपालसहित प्रमुख तीन दलको बैठकमा राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामा सहयोग गर्न सकारात्मक भएको बताएपछि तीन दलले लिखित रुपमा आग्रह गरेका हुन् ।...

चीनतिर लागे एमाले महासचिव

२०७२ भदौ २४ गते १६:५१

काठमाण्डु, २४ भदौ-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेतृत्व गरेको पार्टीको प्रतिनिधिमण्डल छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने सद्भावना भ्रमणमा बिहीबार बेइजिङतर्फ प्रस्थान गरेको छ ।   प्रतिनिधिमण्डलले भदौ २५ र २६ गते बेइजिङमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वसँग दुई देश र दुई पार्टीको आपसी...

आगो लगाएर दिव्याको विभत्स हत्या !

२०७२ भदौ २४ गते १६:४३

पाल्पा, २४ भदौ-पाल्पा बौघागुम्हा– ३ छेर्लुङकी ५० वर्षीया दिव्याकुमारी दर्जीको हत्या भएको छ । उनको शव घरभित्रै जलाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घरभित्रै दिव्या मृत अवस्थामा बुधबार बेलुका करिब ७ बजे फेला परेको स्थानीयवासीले बताएका छन् ।  ...

संविधानसभा तीन दलको बन्धकमाः मधेसी नेताहरु

२०७२ भदौ २४ गते १६:३६

काठमाण्डु, २४ भदौ – आन्दोलनरत मधेसी दलका नेताहरुले सरकारले इमान्दार भएर वातावरण नबनाएसम्म वार्ता हुन नसक्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा उनीहरुले सेना परिचालन फिर्ता गरी बिगतमा भएका सहमतिको पालना गरेमात्र वार्ता गर्न सकिने बताए । मधेसी जनअधिकार फोरम नेपाल...

दुइ कम्युनिष्ट पार्टी एकीकरण

२०७२ भदौ २४ गते १६:१६

काठमाण्डु, २४ भदौ – माओवादी कम्युनिष्ट केन्द्र नेपाल र जनमुक्ति मोर्चा नेपालबीच पार्टी एकीकरण भएको छ । एकीकृत पार्टीको नाम माओवादी कम्युनिष्ट केन्द्र नेपाल राखिएको छ भने त्यसको अध्यक्षमा केन्द्रकै पूर्व अध्यक्ष डीएस महतालाई चुनिएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मुलुकले संविधानसभाबाट संविधान...

जापानी इन्सेफ्लाइटिसका कारण ६ वर्षीय बालकको मृत्यु

२०७२ भदौ २४ गते १६:१०

भीमदत्तनगर, २४ भदौ-कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीमा लामखुट्टेको टोकाइबाट लाग्ने जापानी इन्सेफ्लाइटिस रोग देखिएको छ ।   स्थानीय रामदत्त जोशी बिरामी भएर उपचारका लागि केही दिनअघि धनगढीस्थित सेती अञ्चल अस्पताल पुगेका थिए । उनलाई अस्पतालले इन्सेफ्लाइटिस रोग लागेको बताउँदै थप उपचारका लागि भारतको बरेली पठाएको वनकट्टीका...

बारपाकबासी भन्छन्, ‘सरकार बाटो बनाइदेउ, झुप्रो हामी आफै बनाउँछौँ’

२०७२ भदौ २४ गते १५:४०

गोरखाबजार, २४ भदौ-सडकको स्तरोन्नति गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने गोरखा बारपाकका भूकम्पपीडितले माग गरेका छन् ।   पुनःनिर्माणका लागि सामग्री ढुवानी गर्न स्तरीय मोटरबाटोको आवश्यकता परेको बारपाकीको भनाइ छ । एकाउन्न किलोमिटर कच्ची सडकलाई थप स्तरोन्नति गरेर पक्की बनाउनुपर्ने उनीहरुको माग छ ।...

अड्तीस प्रहरी कारबाहीमा

२०७२ भदौ २४ गते १५:२७

बागलुङ, २४ भदौ-सवारी दुर्घटना न्यून र अपराध नियन्त्रण गर्न धौलागिरि अञ्चल प्रहरी कार्यालय, बागलुङले छड्के अनुगमन सुरु गरेको छ ।   अञ्चल प्रहरीले आकस्मिक रुपमा सडक सुरक्षा चेक प्वाइन्ट खडा गरेर सवारी साधनको जाँचमा कडाइ गरेको हो ।   चाडपर्व नजिकिँदै जाँदा सवारी दुर्घटना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us