बुटवल, २२ चैत– अन्तर्राष्ट्रिय महत्वको निकाय लुम्बिनी विकास कोषमा उपाध्यक्षसहित चार सदस्य पद साढे दुई महिनाभन्दा बढी समयदेखि रिक्त हुँदा दैनिक काम प्रभावित भएको छ । कोषका पदाधिकारीसहित चार सदस्यको नियुक्ति हुन नसक्दा विकास कोष सञ्चालन समितिको बहुमत सङ्ख्या रिक्त हुन पुगेको छ ।...
कञ्चनपुर, २२ चैत– डडेल्धुरा जिल्लामा धूमपानजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा रोक लगाएको छ । किराना पसलसहित होटलमा विभिन्न किसिमका गुट्खा, सुर्ती, चुरोट खुल्ला रुपमा बिक्री वितरणमा रोक र तिनको बिक्री वितरण नियन्त्रणको अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको सहायक प्रजिअ करुणाकर अवस्थीले बताए...
वीरगञ्ज, २२ चैत– सरकारको निर्णयविरुद्ध गौरमा भइरहेको आन्दोलनमा प्रहरीले गरेको दमनप्रति सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले निन्दनीय र दुर्भाग्यपूर्ण रहेको बताएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले गौरमा जारी आन्दोलनप्रति एक्यबद्धता जनाउँदै पुलिस प्रशासनको व्यवहारप्रति घोर भत्र्सना गरेका हुन् । उनले...
सप्तरी, २२ चैत – टिकुलिया गाविस–९ स्थित पोखरीमा डुबेर स्थानीयवासी दुखन सदाकी पाँच वर्षीया छोरी काजलको आज मृत्यु भएको छ ।घर नजिकै रहेको पोखरीमा हजुरआमासँग घोंघी टिप्न जाँदा बालिका पोखरीमा डुबेको बताइएको छ । बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल...
रौतहट, २२ चैत– रौतहटको सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आइतबार बिहान ४ बजेदेखि हटाइएको छ । गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । यसैबीच...
गौशाला, २२ चैत – महोत्तरीको सोनामाई गाविसमा शनिबार साँझ खानेपानी पाइप जडान गर्ने क्रममा करेन्ट लागेर औरही गाविस–८ बस्ने २२ वर्षीय विपीन सदाको मृत्यु भएको छ । सोनामाई–२ का रजनी महराको घरमा जमिनमुनि गाडिएको फलामको पाइप निकाल्ने क्रममा घरमाथि रहेको बिजुलीको नाङ्गो तारमा...
चरीकोट, २१ चैत – समयमै दक्ष उपचार नपाउँदा यहाँका धेरै सुत्केरीको ज्यान जाने गरेको छ । जिरीमा जिल्ला अस्पताल र सदरमुकाम चरीकोटमा प्राथमिक स्वास्थ्य केन्द्र मात्र रहेकाले समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विसं २०६७ देखि हालसम्म ३२ सुत्केरीको ज्यान गइसकेको छ...
उदयपुर, २२ चैत– पञ्चवती–४ बस्ने रामबहादुर तामाङले आफ्ना २१ वर्षीय छोरा विलसनमाथि शनिबार साँझ खुकुरी प्रहार गरेका छन् । सामान्य विवाद भएको निुहँमा रामबहादुरले छोरालाई टाउकामा प्रहार गर्दा उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । खुकुरी प्रहारबाट घाइते विलसनलाई उपचारका...
काठमाण्डु, २१ चैत– काठमाण्डु लगायतका आसपासका क्षेत्रमा शनिबार एक्कासि हावा हुन्डरी र केही क्षण पानी परेको छ । शनिबार साँझपख चलेको हावा हुन्डरी र पानीका कारण जनजीवन प्रभावित भयो । करिब एक घण्टाजस्तो चलेको हावा हुन्डरीका कारण यातायात सेवा समेत प्रभावित भएको थियो ।...
काठमाण्डु, २१ चैत– एनेकपा माआवादीका अध्यक्ष प्रचण्डले सत्तापक्षीय दलहरु सहमतिको पक्षमा नभएको बताएका छन् । ३० दलीय मोर्चाद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । काँग्रेस–एमालेको रबैया हेर्दा आन्दोलनले दिर्घकालीन रुप लिन सक्ने बताउँदै प्रचण्डले यो आन्दोलन विगतका...
काठमाण्डुु, २१ चैत– उपचार गर्न जाने बहानामा फरार कैदी काठमाण्डु बौद्ध नयाँबस्ती बस्ने सिन्धुपाल्चोक फुल्चिङगढी–१ का ३२ वर्षीय पासाङ शेर्पालाई महानगरीय अपराध महाशाखाले शुक्रबार सातदोबाटोबाट पक्राउ गरेको छ । काठमाण्डु जिल्ला अदालतको गत असोज २८ गतेको फैसलाले लागूऔषध मुद्धामा १५ वर्ष कैद र ५...
इटहरी,२१ चैत- मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान जारीका लागि ठूला राजनीतिक दल एक कदम पछि हटे मात्र जनताले चाहेको संविधान जारी हुन सक्ने बताएका छन् । सुनसरी जिल्लाको सोनापुर– ७ छाताबेलीमा रहेको तवलेगुल स्लाम मदर्साको महिला छात्रावासको शनिबार भएको...