रौतहट, २१ चैत– गौरबाट मालपोत, नापी कार्यालय बिस्तार गर्ने निर्णय विरुद्ध आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खटेको शसस्त्र प्रहरीको भ्यानले ठक्कर दिँदा गौरमा एकजनाको मृत्यु भएको छ । शनिबार बिहान शसस्त्रको बा १ झ ७३३ नम्बरको प्रहरीको भ्यानले ठक्कर दिँदा गौर–१० सबगढाका ६१ वर्षीय...
चरीकोट, २१ चैत– भीमेश्वर नगरपालिका–१० लेकटोल निवासी सुशीला तामाङले कान्छी श्रीमती भित्र्याएर आफूलाई हेला गरेको झोकमा आफ्नै ट्रकमा आगजनी गरेकी छिन् । श्रीमान् सोमबहादुर तामाङले कान्छी ल्याएको र आफूसँग नबसेको भन्दै बा१ख ८२६६ नम्बरको ट्रकमा आगो लगाउँदा करिब रु १० लाखबराबरको क्षति भएको प्रहरीले...
जनकपुर, २१ चैत– जनकपुरमा एक निर्माणधीन घरमा काम गरिरहेका ४ जना कामदारको करेन्ट लागेर मृत्यु भएको छ । जनकपुर_१६ स्थित मनोज यादवको निर्माणाधीन घरमा काम गरिरहेका चार मजदुरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर धनुषाको औरहीका अरुण साह, बैंग्गा शिवपुरका...
वीरगंज, २१ चैत–उपप्रधानमन्त्री प्रकाशमान सिंहले माओवादी र मधेशवादी पार्टीको नियत नै संविधान निर्माणमा बाध पु¥याउने रहेको बताएका छन् । शनिबार वीरगञ्जमा प्रेस यूनियनले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै सिंहले भने,‘एमाओवादी संविधानसभामा बलियो हुँदा उसले संविधान जारी गर्न सकेन, अब हामी त्यो गल्ति दोहो¥याउँने पक्षमा छैनौं...
काठमाण्डु, २१ चैत – सरकारले प्रवेशाज्ञा (भिसा) जारी प्रक्रियामा निजी क्षेत्रलाई संलग्न गराउने प्रस्ताव गरे पनि भिसा आवेदन जाँच वा जारीमा उक्त क्षेत्रको कुनै भूमिका नहुने स्पष्ट गरेको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णय कार्यान्वयनबारे गृह मन्त्रालयले समितिलाई गत मंगलबार पठाएको...
नुवाकोट, २१ चैत– नुवाकोटको ओखरपौवाबाट बसमा सागसब्जी लिएर राजधानी गइरहेका किसानलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि स्थानीयले पासाङल्हामु राजमार्गको ओखरपौवा खण्ड अवरोध गरेका छन् । रानीपौवाबाट काठमाण्डु गइरहेको बा१ख ९१७० नम्बरको बसमा सागसब्जी लिएर गएका किसानलाई तीनपिप्लेमा प्रहरीले बसमा सागसब्जी बोक्न पाइँदैन भनेर चालक...
जाजरकोट, २१ चैत – सडक यताबाट लैजाने कि उताबाट भन्ने विवादले जाजरकोट–जुम्ला सडक निर्माण रोकिएको दुई वर्ष भएको छ । जिल्लाको ढिमे गाविस र लहँ, रामीडाडाँ गाविसका वासीन्दाले आ–आफ्नो क्षेत्र हुँदै सडक निर्माण हुनु पर्ने अड्डी लिँदा सडकको काम रोकिएको हो । जिल्ला सदरमुकामबाट...
नुवाकोट, २१ चैत– नुवाकोटको प्रसिद्ध तथा सबैभन्दा ठूलो पर्वको रूपमा मनाइने ‘सिन्दुरे जात्रा’को विशेष रौनक सुरु भएको छ । फागु पूर्णिमाको दिन बाह्रभाइले भैरवी देवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई सिन्दुरे जात्राको विधिवत सुरुवात गर्छन् । वैशाख पूर्णिमा अर्थात सिन्दुरे जात्रा महोत्सव चाहिँ...
चितवन, २१ चैत–एमालेका महासचिव ईश्वर पोखरेलले देश टुक्राउने मुद्दामा एमालेले समर्थन नगर्ने बताएका छन् । शनिबार बिहान प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले माओवादीले जातीय राज्यका नाममा तराइ र पहाडलाई टुक्राएर रज्या बनाउन खोजेको भन्दै एमालेले त्यस्तो कुरामा समर्थन नगर्ने बताएका हुन्...
काठमाण्डु, २१ चैत–संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीचमा सार्थक संवादको थालनी भए थप केही दिनका लागि प्रक्रिया रोक्न सकिने बताएका छन् । संविधानसभाको बैठक ढाकिएको २३ गते आउन २ दिनमात्र बाँकी रहँदा पनि दलहरुबीचमा संवादको थालनी हुन् नसक्नु दुखद् भएको भन्दै नेम्वाङले आफ्नो प्रथकिता सहमति...
भक्तपुर, २१ चैत – सरकारले सेवाग्राहीको बढी चाप हुने सरकारी निकायमा गत पुस १ गतेदेखि सुरु गरेको १२ घण्टे सेवाअन्तर्गत बिहानीको सेवा प्रभावहीन भएको छ । सेवाग्राहीको मुख्य चाप रहने जिल्लाको मालपोत र नापी कार्यालय मै सेवाग्राही नआएपछि बिहानको सेवा प्रभावहीन भएको हो...
मोरङ, २१ चैत – नेपाल तथा भारतबीचको व्यापारलाई सहजीकरण गर्न मोरङको बुधनगर गाविसमा बनाउन लागिएको एकीकृत भन्सार जाँच चौकी अलपत्र अवस्थामा पुगेको छ । नेपालतर्फबाट भारतलाई जग्गा उपलब्ध गराउन भइरहेको ढिलाइका कारण जाँच चौकी निर्माण कार्य हुन सकिरहेको छैन । भारत सरकारको सहयोगमा...