काठमाण्डु, २२ चैत– एमाले नेता रामनाथ ढकालको निधनका कारण एमालेले भोलि बागलुङमा गर्ने भनेको अन्तिम चुनावी सभा स्थगित भएको छ । यहि चैत २८ मा बागलुङ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको तयारीका क्रममा एमालेले भोलि चुनावी सभाको घोषणा गरेको थियो ।...
पाल्पा २२ चैत– आइतबार बुटवलको बागलुङ बुर्तिबाङका लागि छुटेको लु १ ख ४५५० नम्बरको ट्रक पल्टँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा ट्रकका सहचालक देबीनगर २ पाल्पाका २७ वर्षीय सुरज खाम्चाको मृत्यु भएको हो ।...
विराटनगर, २२ चैत– नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले हतियार माग्ने कुरा गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालापन देखाएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिटौलाले भने,‘ शान्ति प्रक्रियामा आएर लोकतान्त्रिक मूल्य मान्यता अंगालिसकेपछि...
काठमाण्डु, २२ चैत– एमाले अध्यक्ष केपी शर्मा ओली स्वाइन फ्लुका कारण निधन भएका नेता रामथान ढकालका परिवारलाई भेट्न गएनन् । ओली आइतबार दिनभर बालकोटस्थित निवासमा आराम गरेर बसे । दिवंगत नेता ढकालका परिवार भेटेर सान्त्वना दिन अधिकांश शीर्ष नेता धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए ।...
काठमाण्डु, २२ चैत– व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसियामा नेपाली कामदार ठगिनुमा नेपाली दूतावाससमेत दोषी रहेको प्रतिवेदन तयार पारेको छ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया पुगेर नेपाली कामदारहरुले भोग्नुपरेका समस्या अध्ययन गरी कामदारहरु ठगिनुमा दूतावास समेत दोषी रहेको...
काठमाण्डु, २२ चैत– स्वाइनफ्लुका कारण ग्रान्डी अस्पतालमा उपचाररत एमाले पोलिटव्यूरो सदस्य रामनाथ ढकालको आइतबार अपरान्ह मृत्यु भएको छ । स्वाइनफ्लुको संक्रमणका अतिरिक्त अन्य रोगहरु समेत देखिएका ढकाल चैत १५ गते राजधानीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । नेता ढकाल स्वाइनफ्लुका अतिरिक्त लिम्फो पोलिफिरेटिभ डिजिज,...
पोखरा, २२ चैत– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३० दलीय मोर्चाद्वारा घोषित तीन दिने आमहड्ताल फिर्ता नहुने बताएका छन् । पोखरामा आइतबार अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले कसैको दबाब वा धम्कीका भारमा आमहड्ताल नरोक्ने बताए । मोर्चाले सहमतिमै संविधान जारी गर्न सत्ता पक्षलाई...
काठमाण्डु, २२ चैत– नेकपा–माओवादीमा अध्यक्ष मोहन वैद्यलाई एमाओवादीसँग तत्काल पार्टी एकता नगर्न दबाब बढेको छ । एमाओवादी र नेकपा–माओवादीसहित माओवादी धारका दलहरुबीच एकताको चर्चा चलिरहेका बेला वैद्यमाथि एकता नगर्न दबाब बढेको हो । एकताका लागि भन्दै दुवै दलले केही समयअघि शीर्ष नेता सम्मिलित कार्यदलसमेत...
काठमाण्डु, २२ चैत– एसिड घटनाका दोषी जीवन विकको घर परिवारले जीवनको अपराध अनुसारको कारवाही पाउँनुपर्ने भन्दै आफूमाथि भएको जातिय विभेदमा पनि न्याय पाउनुपर्ने पर्ने माग गरेको छ । उनीहरुले एसिड छ्याप्नु अपराध भएको तर त्यो गर्न बाध्य पारिनुको कारण पनि खोजिनुपर्ने बताए । जीवनको...
वीरगन्ज,२२ चैत- नेपाली सञ्चारमाध्यममा सामाजिक समावेशीकरण र व्यावसायिक तथा सुरक्षित पत्रकारिताको विकास गर्ने उद्देश्यले ‘पत्रकारितामा लैङ्गिक समानता र पत्रकारहरुको सुरक्षा’ विषयको क्षेत्रीय कार्यशाला गोष्ठी आइतबार सुरु भएको छ । युनेस्कोको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घद्वारा आइतबार यहा आयोजित उक्त कार्यशाला गोष्ठीमा बारा,पर्सा,रौतहट,सर्लाही,मकवानपुर...
काठमाण्डु, २२ चैत– स्वाइन फ्लुका कारण ग्रान्डी अस्पतालमा दुई सातादेखि उपचाररत एमाले पोलिटव्यूरो सदस्य रामनाथ ढकालको आइतबार निधन भएको छ । उनको ढकाललाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनको आइतबार अपरान्ह १ः ३० बजे निधन भएको हो । निधन भएका ढकालको...
चौतारा,२२ चैत- शनिबार साँझ आएको हुरी बतासले रुखको हाँगा भाँच्चिएर खस्दा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ । पाल्चोक गाविस–४ निवासी ४७ वर्षीया बुदुमाया तामाङलाई आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै रहेको उत्तिसको हाँगा भाँच्चिएर टाउकोमा लागेको र उनको घटनास्थलमा मृत्यु भएको जिल्ला...