गोरखा, २२ वैशाख– गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् । आज बिहान गोरखा नगरपालिका –७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ । यात्रुबाहक बस भूकम्प पीडितलाई राहत...
लमजुङ, २२ वैशाख–कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट विस्थापित भएकाहरुलाई दीर्घकालिन पुर्नवासका लागि एकीकृत बस्ती विकास कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । उनले अब पालको सट्टामा कम्तीमा पनि जस्तापाताको व्यवस्था गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिले अल्पकालिन राहतका लागि पालहरु...
काठमाण्डु, २२ वैशाख–डिभी २०१६ को नतिजा सार्वजनिक भएको छ । सन् २०१४ अक्टुबरमा डिभी फारम भरेकाहरुको नतिजा अमेरिकाले प्रकाशनमा ल्याएको हो । नतिजाका लागि अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा हेर्नुपर्ने हुन्छ । नतिजा हेर्नका लागि द्धिभी भर्दा पाएको नम्बर । नामथर र जन्ममिति उल्लेख गर्नुपर्नेछ...
वीरगन्ज, २२ वैशाख–जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समिति पर्साको समन्वयमा र वीरगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा भूकम्पपीडितका लागि रु ३ करोड ५० लाखभन्दा बढीको राहत सामग्री जुटेको छ । स्थानीय विभिन्न गैरसरकारी सामाजिक सङ्घसंस्थाको सक्रियतामा वैशाख १४ देखि २० गतेसम्म सङ्कलन गरिएको उक्त मूल्यबराबरको...
काठमाण्डु, २२ वैशाख– भूकम्पविदहरुले कास्कीभन्दा पश्चिमको भूभागलाई केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प आउने भन्ने हल्ला अफवाह मात्र भएकाले ढुक्क हुन आग्रह गरेका छन् । सामाजिक सञ्चालमार्फत पश्चिम नेपालमा ठूलो भूकम्प आउने हल्ला चलेपछि त्यस क्षेत्रका सर्वसाधारण त्रसित भएका छन् । भूगर्भविद् तथा जियो टेक्निकल...
काठमाण्डु, २२ वैशाख– विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्यन ७ हजार ५ सय ५७ पुगेको छ । गृहमन्त्रालयले मंगलबार बिहान उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ५ सय ३६ पुगेको छ । यस अवधिमा १० हजार ७ सय १८ सरकारी घर तथा भवन...
गोरखा, २२ वैशाख– गोरखाका राजनीतिक दलहरुले भूकम्प पीडितको उद्धार तथा राहत वितरणको बहानामा भारतले नेपालको राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका छन् । सत्तारुढ नेपाली काँग्रेस, एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले विज्ञप्ति जारी गरी आफूखुसी नभई सरकारको मातहतमा राहत तथा उद्धारकार्य...
मुस्ताङ, २२ वैशाख – घमी गाविसका भूकम्पपीडितले अझै सरकारी राहत पाउन सकेका छैनन् । विनाशकारी भूकम्पका कारण घमी गाविसका घिलिङ गाउँ बढी प्रभावित बनेको छ । त्यस गाउँमा रहेको ४० घरमध्ये १९ पूर्ण र ६ आंशिक रुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन...
पर्वत, २२ वैशाख – विनाशकारी भूकम्पका कारण भौतिक क्षति पुगेको पर्वतको दक्षिणी क्षेत्रका बासिन्दाले १० दिनसम्म पनि पालसमेत पाउन सकेका छैनन् । भूकम्पका कारण विस्थापित बनेका पर्वतको उराम, बेउलीबासलगायत दुर्गम गाउँका बासिन्दाले पालसमेत पाउन नसकेका हुन् । भूकम्पपीडितका लागि पठाइएको पाल अपुग भएका...
नवलपरासी, २२ वैशाख – विनाशकारी भूकम्पपछि बन्द भएका शैक्षिक संस्थाहरु आइतबारदेखि खुले पनि पठनपाठन भएको छैन । भूकम्पपछि विद्यालयमा क्षति पुगेपछि बालबालिकामा मनोवैज्ञानिक त्रास देखिएकाले पठनपाठन नगरिएको हो । जिल्लामा ५० भन्दा बढी विद्यालयमा क्षति पुगेका कारण विद्यालयमा पठनपाठन नगरिएको जिल्ला शिक्षा कार्यालयले...
म्याग्दी, २२ वैशाख – म्याग्दीको बरङ्जामा रहेको जनप्रिय निमाविको भूकम्पका कारण भत्किएको भवन मर्मत गर्न अनेरास्ववियु म्याग्दीले सोमबार श्रमदान गरेका छन् । विनाशकारीे भूकम्पपछि भत्किएको तीनकोठे भवन मर्मतका लागि अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा रहेको १९ विद्यार्थीले श्रमदान गरेका हुन् । उनीहरुले...
भक्तपुरको क्षति हेर्न पनि हेलिकोप्टरकै प्रयोग काठमाण्डु, २२ वैशाख– भूकम्पको १० आंै दिनमा घाइते र प्रभावितहरुको हाल बुझ्न हेलिकोप्टरबाट सिन्धुपाल्चोक पुगेका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्री कोइरालाले पीडितहरुलाई दिइने राहतमा कुनै पनि विलम्ब र पक्षपात नगर्ने निर्देशन दिए । कोइराला हेलिकोप्टरबाट सिन्धुपाल्चोकको चौतार र लिस्तीकोटमा...